
लन्डन । गैरआवासीय नेपाली संघ (एनआरएनए) यूकेको १२औं कार्यसमितिको निर्वाचन (२०२५–२०२७) का लागि उम्मेदवारहरूको पहिलो नामावली सार्वजनिक गरिएको छ। निर्वाचन समितिका अनुसार, यो नामावली जुलाई १३ तारिख साँझ ५ बजेसम्म प्राप्त सबै उम्मेदवारी दर्ताका आधारमा तयार गरिएको हो । अध्यक्ष पदका लागि राजेन्द्र पुडासैनी, मनिष खत्री, गोविन्द खरेल र काशीराम भण्डारीले उम्मेदवारी दिनुभएको छ ।
निर्वाचन समितिका प्रमुख आयुक्त रामशरण सिम्खडा र सदस्यसचिव श्याम लुइँटेलद्वारा हस्ताक्षरित सूचनामा उम्मेदवारसम्बन्धी कुनै दाबी/विरोध भएमा जुलाई १५ साँझ ५ बजेसम्म लिखित रूपमा इमेल ([email protected]) मार्फत बुझाउन सकिने उल्लेख छ। निर्धारित समयपछि प्राप्त हुने कुनै पनि उजुरी मान्य नहुने स्पष्ट गरिएको छ।
यस पटकको निर्वाचन जुलाई २६ का दिन मध्याह्न १२:०० बजेदेखि राति १०:०० बजेसम्म अनलाइन माध्यमबाट हुने जनाइएको छ। निर्वाचन समितिका सदस्य सचिव श्याम लुइँटेलले निर्वाचन प्रकृयामा सहभागी सबै उम्मेदवार, मतदाता र सहयोगीहरूलाई आभार प्रकट गर्दै पारदर्शी र सफल निर्वाचनका लागि सबैको निरन्तर सहयोग अपेक्षा गरिएको बताउनुभएको छ ।
एनआरएनए यूकेको निर्वाचन समितिमा रामशरण सिम्खडा प्रमुख आयुक्त रहनुभएको छ भने श्याम लुइँटेल सदस्यसचिव, बिमल गुरुङ, राजन खकुरेल र बिक्रम भट्टराई सदस्य हुनुहुन्छ ।



डा.सुमाया राईको पुस्तक ‘जिन्दगी फूल सम्झे फूलै हो’ लन्डनमा विमोचन
बेलायतमा २४ औं गोर्खा कपमा ५६ टिम भिड्ने, ३ लाख ५० हजार पाउन्डभन्दा बढी खर्च हुने अनुमान
आदिवासी जनजातिको सवाल सम्बोधन हुने गरी पहल गर्ने काँग्रेसको प्रतिबद्धता
बेलायतमा डुप्सीङ्ग रिन्पोछेद्वारा बीसीसी गुम्बामा प्रवचन
कङ्गोमा इबोला प्रकोपः दर्जनौंको मृत्यु, विश्व स्वास्थ्य सङ्गठनद्वारा आपतकाल घोषणा
गैरआवासीय नेपाली नागरिकतासम्बन्धी विधेयकमा गोर्खा शब्द राखिएकोमा सीएनसीबीजीको आपत्ति
आदिवासी जनजातीका मुद्दामा नेपाल सरकार गम्भीर छ : कार्यवहाक राजदूत दुवाडी
पहिचान पुरस्कारका लागि कृति आह्वान, जेठ मसान्तसम्म समयसीमा
एनआरएनएको नर्दन आयरल्यान्ड बैठक : सल्लाहकार थपियो, विधान संयोजन समिति पुनर्गठन
एसोसिएसन अफ नेप्लिज ओरिजिनको नवौँ अन्तरराष्ट्रिय शाखा क्यानाडामा