
लन्डन । गैरआवासीय नेपाली संघ यूकेको राष्ट्रिय समन्वय परिषद् (एनआरएनए यूके)को २०२५–२०२७ कार्यकालका लागि हुने निर्वाचनमा अध्यक्ष पदमा चार जनासहित ५५ जनाको उम्मेदवारी परेको छ।
निर्वाचन समितिका प्रमुख आयुक्त रामशरण सिम्खडाका अनुसार आइतबार सम्पन्न मनोनयन दर्तामा अध्यक्ष पदका लागि राजेन्द्र पुडासैनी, मनिष खत्री, गोविन्द खरेल र काशीराम भण्डारीले उम्मेदवारी दिनुभएको हो । उम्मेदवारी दर्ताको समय बिहान १० बजेदेखि बेलुकी ५ बजेसम्म तय गरिएको थियो ।
खुला उपाध्यक्षतर्फ दुई पदका लागि पाँच जनाले उम्मेदवारी दर्ता गराएका छन्। समावेशी महिला उपाध्यक्ष, कोषाध्यक्ष, सहकोषाध्यक्ष, युवा संयोजक, महिला संयोजक र महिला सचिव पदमा भने एक–एक जना मात्र उम्मेदवार परेकाले ती पदहरू निर्विरोध भएका छन्।
महासचिव पदमा दुई जना तथा सचिवतर्फ दुई पदका लागि तीन जनाको उम्मेदवारी परेको निर्वाचन समितिले जनाएको छ ।
स्कटल्यान्डबाट प्रतिनिधित्व गर्ने उपाध्यक्ष पदमा दुई उम्मेदवारी परेका छन् भने वेल्स र नर्दन आयरल्यान्डबाट प्रतिनिधित्व गर्ने उपाध्यक्षहरू निर्विरोध भएका छन्।
तीन जना सदस्य चयन हुनेमा चार जनाले उम्मेदवारी दिएको अन्तर्राष्ट्रिय समन्वय परिषद् (आईसीसी) सदस्य पदमा प्रतिस्पर्धा हुने भएको छ । त्यस्तै, १२ कार्यकारी सदस्यका लागि १४ जनाले मनोनयन दर्ता गराएका छन् ।
प्रमुख आयुक्त सिम्खडाका अनुसार स्कटल्यान्ड र वेल्स राज्य समन्वय परिषद्का सम्पूर्ण पदाधिकारी निर्विरोध निर्वाचित भइसकेका छन्। आयरल्यान्डमा भने अध्यक्ष पदका लागि मात्र उम्मेदवारी दर्ता भएको छ।
निर्वाचन समितिका अनुसार उम्मेदवारको जाँचपछिको प्रारम्भिक नामावली सोमबार दिउँसो ३ बजे प्रकाशित गरिनेछ । त्यसपछि २४ घण्टाभित्र दाबी तथा विरोध पेस गर्न सकिने व्यवस्था गरिएको छ।
एनआरएनए यूकेको नयाँ नेतृत्वका लागि २६ जुलाईमा अनलाइन मतदान हुने तय गरिएको छ। निर्वाचनको समुचित सञ्चालनका लागि सिम्खडा नेतृत्वमा तीन सदस्यीय निर्वाचन समिति गठन गरिएको छ, जसमा श्याम लुइँटेल सदस्य सचिव र राजन खकुराल सदस्य हुनुहुन्छ ।
नेपाली कांग्रेस सभापति थापाद्वारा राजीनामा
लन्डनमा ए स्टार नेपाल बास्केटबल लिगको पाँचौँ संस्करण सुरु
यस्ता छन् एनआरएनएको नयाँ कार्यसमितिको पहिलो बैठकका निर्णयहरु
एनआरएनए आईसीसीको नयाँ कार्यसमितिमा बेलायतबाट अध्यक्ष र प्रवक्तासहित १० जना निर्वाचित
द्वन्द्वका कारण विस्थापन र भोकमरी दुबै बढ्दै : संयुक्त राष्ट्र
भूतपूर्व गोर्खा समस्याबारे लन्डनमा सोमबार फेरि त्रिपक्षीय वार्ता हुने
एनआरएनएको नयाँ नेतृत्वका लागि डा. शर्मा, बज्राचार्य र शेरचनको उम्मेदवारी [सूची]
युद्ध अन्त्यका लागि इरानका तीन शर्त
नेपाल आदिवासी जनजाति महासंघको ११औँ महाधिवेशन चैत ५ र ६ मा हुने
बेलायती मन्त्री सीमा मल्होत्रासँग नेपाली कार्यवाहक राजदूत विपिन दुवाडीको भेटवार्ता