
लन्डन । सफल महिला उद्यमी डा.रक्षा थापाले गैर आवासीय नेपाली संघ (एनआरएनए) यूकेको उपाध्यक्ष पदमा स्वतन्त्र उम्मेदवारी घोषणा गर्नुभएको छ । साउथ ह्यारोस्थित गोल्डेनसीप रेस्टुरेन्टमा बिहीबार १० जुलाईमा आयोजित एक कार्यक्रममार्फत उहाँले औपचारिक घोषणा गर्नुभएको हो ।
माया सपोर्टेड लिभिङकी निर्देशकसमेत रहेकी डा.थापाले आफू राजनीतिबाहेक स्वतन्त्र रूपमा उम्मेदवार बनेको स्पष्ट पार्नुभयो । उहाँले ११ बुँदे प्रतिबद्धता सार्वजनिक गर्दै संस्थागत सुधार, युवा सशक्तिकरण, महिला नेतृत्व, गोर्खा आन्दोलनमा ऐक्यबद्धता, नागरिकता निरन्तरता, भाषा-संस्कृति संरक्षण लगायतका विषयमा पहल गर्ने जनाउनुभएको छ ।
कार्यक्रममा विभिन्न संघसंस्थाका अगुवाहरूले थापालाई शुभकामना दिँदै नेतृत्वका लागि योग्य उम्मेदवारको रूपमा समर्थन जनाउनुभएको थियो ।
एनआरएनए यूकेको १२ औं महाधिवेशनअन्तर्गत यही २६ जुलाईमा अनलाइनमार्फत मतदान हुँदैछ ।
डा.सुमाया राईको पुस्तक ‘जिन्दगी फूल सम्झे फूलै हो’ लन्डनमा विमोचन
बेलायतमा २४ औं गोर्खा कपमा ५६ टिम भिड्ने, ३ लाख ५० हजार पाउन्डभन्दा बढी खर्च हुने अनुमान
आदिवासी जनजातिको सवाल सम्बोधन हुने गरी पहल गर्ने काँग्रेसको प्रतिबद्धता
बेलायतमा डुप्सीङ्ग रिन्पोछेद्वारा बीसीसी गुम्बामा प्रवचन
कङ्गोमा इबोला प्रकोपः दर्जनौंको मृत्यु, विश्व स्वास्थ्य सङ्गठनद्वारा आपतकाल घोषणा
गैरआवासीय नेपाली नागरिकतासम्बन्धी विधेयकमा गोर्खा शब्द राखिएकोमा सीएनसीबीजीको आपत्ति
आदिवासी जनजातीका मुद्दामा नेपाल सरकार गम्भीर छ : कार्यवहाक राजदूत दुवाडी
पहिचान पुरस्कारका लागि कृति आह्वान, जेठ मसान्तसम्म समयसीमा
एनआरएनएको नर्दन आयरल्यान्ड बैठक : सल्लाहकार थपियो, विधान संयोजन समिति पुनर्गठन
एसोसिएसन अफ नेप्लिज ओरिजिनको नवौँ अन्तरराष्ट्रिय शाखा क्यानाडामा