
लन्डन । बेलायतमा बसोबास गर्ने इलामेलीहरूको साझा संस्था इलाम सोसाइटी यूकेले आगामी २६ जुलाई २०२५, शनिबारका दिन वार्षिक भेटघाट कार्यक्रम आयोजना गर्ने भएको छ ।
कार्यक्रम एम्पायर हल, अल्डरसटमा दिउँसो १२ देखि साँझ ८ बजेसम्म हुने समाजका महासचिव यम गुरुङले जानकारी दिनुभयो । सो अवसरमा इलामेली कलाकारहरूको प्रस्तुति रहनेछ भने विशेष अतिथि कलाकारको समेत सांगीतिक प्रस्तुति समावेश गरिने आयोजकले जनाएको छ ।
कार्यक्रममा इलामेली आमा–बुबा, दाजुभाइ, दिदीबहिनी, भाञ्जा–भाञ्जीलगायत सबैलाई सहभागी भई कार्यक्रम भव्य र सफल पार्न अनुरोध गरिएको छ । कार्यक्रममा सहभागी हुन इच्छुकहरूले थप जानकारी चाहिएमा महासचिव यम गुरुङ, उपाध्यक्षहरु धन राई, मीरा गुरुङ र मुख्य संयोजक कृष्णवीर तामाङ तामाङलाई सम्पर्क गर्न सकिने जनाइएको छ ।
इलाम समाज बेलायतका अनुसार कार्यक्रमको उद्देश्य बेलायतमा रहेका इलामेलीहरूबीच आपसी भेटघाट, भाइचारा र सांस्कृतिक सम्बन्ध विस्तार गर्नु हो । समाजले बर्सेनि भेटघाट कार्यक्रम गर्दै आएको छ ।
बेलायतमा ६/५ गोर्खा राईफल्सले ७८औं स्थापना दिवस मनायो
पदम गुरुङले पाए ननिटन काउन्सिलबाट ‘फ्रिम्यान अफ द बरो’ को सम्मान
युएईले दियो २ सय ६७ नेपालीलाई आममाफी
बेलायतको नेपाली दुताबासमा विद्यार्थीका समस्याबारे सम्मेलन
मानवसेवा आश्रम युकेको साधारणसभा जुलाई १९मा
एनआरएनए प्रतिनिधिमण्डलद्वारा परराष्ट्रमन्त्री बालानन्द शर्मासँग भेट
अमेरिकामा भीषण आँधी : ११ हजार ४०० भन्दा बढी उडान रद्द
स्याङ्जा समाज यूकेको अध्यक्षमा रुपा गुरुङ सर्वसम्मत चयन
महाराष्ट्रका उपमुख्यमन्त्री अजित पवारको चार्टर विमान दुर्घटनामा निधन
ग्लास्गो नेपाली एसोसिएसन स्कटल्यान्डको अध्यक्षमा रामप्रसाद कँडेल चयन