
लन्डन । बेलायतमा बसोबास गर्ने इलामेलीहरूको साझा संस्था इलाम सोसाइटी यूकेले आगामी २६ जुलाई २०२५, शनिबारका दिन वार्षिक भेटघाट कार्यक्रम आयोजना गर्ने भएको छ ।
कार्यक्रम एम्पायर हल, अल्डरसटमा दिउँसो १२ देखि साँझ ८ बजेसम्म हुने समाजका महासचिव यम गुरुङले जानकारी दिनुभयो । सो अवसरमा इलामेली कलाकारहरूको प्रस्तुति रहनेछ भने विशेष अतिथि कलाकारको समेत सांगीतिक प्रस्तुति समावेश गरिने आयोजकले जनाएको छ ।
कार्यक्रममा इलामेली आमा–बुबा, दाजुभाइ, दिदीबहिनी, भाञ्जा–भाञ्जीलगायत सबैलाई सहभागी भई कार्यक्रम भव्य र सफल पार्न अनुरोध गरिएको छ । कार्यक्रममा सहभागी हुन इच्छुकहरूले थप जानकारी चाहिएमा महासचिव यम गुरुङ, उपाध्यक्षहरु धन राई, मीरा गुरुङ र मुख्य संयोजक कृष्णवीर तामाङ तामाङलाई सम्पर्क गर्न सकिने जनाइएको छ ।
इलाम समाज बेलायतका अनुसार कार्यक्रमको उद्देश्य बेलायतमा रहेका इलामेलीहरूबीच आपसी भेटघाट, भाइचारा र सांस्कृतिक सम्बन्ध विस्तार गर्नु हो । समाजले बर्सेनि भेटघाट कार्यक्रम गर्दै आएको छ ।
डा.सुमाया राईको पुस्तक ‘जिन्दगी फूल सम्झे फूलै हो’ लन्डनमा विमोचन
बेलायतमा २४ औं गोर्खा कपमा ५६ टिम भिड्ने, ३ लाख ५० हजार पाउन्डभन्दा बढी खर्च हुने अनुमान
आदिवासी जनजातिको सवाल सम्बोधन हुने गरी पहल गर्ने काँग्रेसको प्रतिबद्धता
बेलायतमा डुप्सीङ्ग रिन्पोछेद्वारा बीसीसी गुम्बामा प्रवचन
कङ्गोमा इबोला प्रकोपः दर्जनौंको मृत्यु, विश्व स्वास्थ्य सङ्गठनद्वारा आपतकाल घोषणा
गैरआवासीय नेपाली नागरिकतासम्बन्धी विधेयकमा गोर्खा शब्द राखिएकोमा सीएनसीबीजीको आपत्ति
आदिवासी जनजातीका मुद्दामा नेपाल सरकार गम्भीर छ : कार्यवहाक राजदूत दुवाडी
पहिचान पुरस्कारका लागि कृति आह्वान, जेठ मसान्तसम्म समयसीमा
एनआरएनएको नर्दन आयरल्यान्ड बैठक : सल्लाहकार थपियो, विधान संयोजन समिति पुनर्गठन
एसोसिएसन अफ नेप्लिज ओरिजिनको नवौँ अन्तरराष्ट्रिय शाखा क्यानाडामा