
लन्डन । बेलायतका पूर्वप्रधानमन्त्री ऋषि सुनकलाई अमेरिकी बहुर्राष्ट्रिय बैंक गोल्डम्यान स्यास समूहले वरिष्ठ सल्लाहकारका रूपमा नियुक्त गरेको छ । उहाँले यसअघि पनि सो संस्थामा विभिन्न पदमा कार्यभार सम्हाल्नुभएको थियो ।
वर्तमान भूराजनीतिक तथा नियामकीय अनिश्चितताबीच बैंकहरूले अनुभवी नीति निर्माताहरूलाई आफ्नो टोलीमा समावेश गर्न थालेका छन् । यसै सन्दर्भमा, गोल्डम्यानले सुनकलाई पुनः आबद्ध गरेको हो ।
सन् २०२२ को अक्टोबरदेखि सन् २०२४ को जुलाईसम्म बेलायतका प्रधानमन्त्रीको जिम्मेवारी वहन गर्नुभएका सुनक भारतीय मूलका हुनुहुन्छ । वाल स्ट्रिट बैंकमा दुई दशकको अनुभवपछि उहाँ पुनः गोल्डम्यानमा आबद्ध हुनुभएको हो ।
गोल्डम्यान स्यासका प्रमुख कार्यकारी अधिकृत (सीईओ) श्री डेभिड सोलोमनज्यूले विज्ञप्ति जारी गरी, सुनकले विश्वभरका ग्राहकहरूलाई महत्त्वपूर्ण विषयहरूमा सल्लाह दिने र उहाँको अद्वितीय दृष्टिकोणले समष्टिगत आर्थिक तथा भूराजनीतिक परिप्रेक्ष्यलाई उजागर गर्ने विश्वास व्यक्त गर्नुभएको छ ।
डा.सुमाया राईको पुस्तक ‘जिन्दगी फूल सम्झे फूलै हो’ लन्डनमा विमोचन
बेलायतमा २४ औं गोर्खा कपमा ५६ टिम भिड्ने, ३ लाख ५० हजार पाउन्डभन्दा बढी खर्च हुने अनुमान
आदिवासी जनजातिको सवाल सम्बोधन हुने गरी पहल गर्ने काँग्रेसको प्रतिबद्धता
बेलायतमा डुप्सीङ्ग रिन्पोछेद्वारा बीसीसी गुम्बामा प्रवचन
कङ्गोमा इबोला प्रकोपः दर्जनौंको मृत्यु, विश्व स्वास्थ्य सङ्गठनद्वारा आपतकाल घोषणा
गैरआवासीय नेपाली नागरिकतासम्बन्धी विधेयकमा गोर्खा शब्द राखिएकोमा सीएनसीबीजीको आपत्ति
आदिवासी जनजातीका मुद्दामा नेपाल सरकार गम्भीर छ : कार्यवहाक राजदूत दुवाडी
पहिचान पुरस्कारका लागि कृति आह्वान, जेठ मसान्तसम्म समयसीमा
एनआरएनएको नर्दन आयरल्यान्ड बैठक : सल्लाहकार थपियो, विधान संयोजन समिति पुनर्गठन
एसोसिएसन अफ नेप्लिज ओरिजिनको नवौँ अन्तरराष्ट्रिय शाखा क्यानाडामा