
लन्डन । बेलायत भ्रमणमा रहेका पोखरा हेम्जास्थित जङ्गचुब छोयलिङ गुम्बाका गुरु हिज इमिनेंस दुप्सेङ रिन्पोछेले अल्डरसटस्थित बीसीसी गुम्बामा धार्मिक प्रवचन दिनुभएको छ । गत ६ जुलाई २०२५, आइतबारका दिन, उहाँले कर्म र त्यसका परिणाम सम्बन्धमा प्रवचन दिनुभएको हो ।
उक्त अवसरमा बीसीसी यूकेको अध्यक्ष आङदावा शेर्पाले बीसीसी यूकेको तर्फबाट हालसम्म सञ्चालन गरिएका विभिन्न सामाजिक, धार्मिक तथा परोपकारी कार्यहरूको जानकारी गराउँदै रिन्पोछेलाई स्वागत गर्नुभएको थियो । बीसीसी यूकेको कार्यसमिति र आमाहरूले रिन्पोछे गुरुलाई मण्डला अर्पण गर्नुभएको थियो ।
त्यस्तै, अध्यक्ष आङदावा शेर्पा र आमा प्रमुख जगना गुरुङले रिन्पोछेको परियोजनाहरूको सहयोगार्थ बीसीसी यूकेको तर्फबाट एक हजार पाउन्ड हस्तान्तरण गर्नुभएको थियो ।
कार्यक्रममा बीसीसी यूकेको प्रमुख लामा खेन्पो सेनाङ, खेन्पो फुर्तेम्बा, लोपोन सोनमलगायत अतिथि गुरूहरूको समेत सहभागिता रहेको थियो ।
सोही कार्यक्रममा बीसीसी यूकेका संरक्षक, हिज होलिनेस १४औं दलाई लामाको ९०औं जन्मोत्सव समेत भव्य रूपमा मनाइएको थियो । बीसीसी यूकेको उपाध्यक्ष मेजर हितमान गुरुङले हिज होलिनेसको जीवनी संक्षेपमा प्रस्तुत गर्दै लामो आयुको पूजा र प्रार्थनासहित जन्मोत्सवको शुभकामना व्यक्त गर्नुभएको थियो ।
साथै, बीसीसी यूकेको उपाध्यक्ष एवं कार्यक्रम संयोजक रोबिन गुरुङले कार्यक्रमको अन्त्यमा रिन्पोछेसहित सहभागी सबैलाई धन्यवाद ज्ञापन गर्नुभएको थियो ।
कार्यक्रममा बीसीसी यूकेको संस्थापक अध्यक्ष लेफ्टन काजी शेर्पा, पूर्वअध्यक्षहरू लेफ्टन नारायणप्रसाद गुरुङ बीईएम, नरेश गुरुङ, धर्म तामाङ, हर्क गुरुङ, प्रमुख सल्लाहकार मेजर खुशीमान गुरुङ, संस्थापक आमा प्रमुख ज्ञानुमाया गुरुङ, निवर्तमान आमा प्रमुख उर्मिला गुरुङलगायत कार्यसमिति सदस्य, आमाहरू तथा बेलायतका विभिन्न स्थानमा बसोबास गर्ने भक्तजनहरूको उल्लेखनीय उपस्थिति रहेको थियो।
हिज इमिनेंस दुप्सेङ रिन्पोछेको प्रवचन, हिज होलिनेस १४औं दलाई लामाको ९०औं जन्मोत्सव तथा दोर्जे लुङ्ग्रीक रिन्पोछेद्वारा झिन्सेक पूजा आयोजित गरिएको उक्त दिन मानव सभ्यताको लागि विशेष रहन गएको आयोजकले जनाएको छ ।
बीसीसी यूकेको अध्यक्ष आङदावा शेर्पाको अध्यक्षतामा सम्पन्न उक्त कार्यक्रमको सञ्चालन महासचिव मेजर कुमार गुरुङ एमभीओले गर्नुभएको थियो ।
जर्मनीका राष्ट्रपति स्टेनमेयर बेलायत भ्रमणमा
बेलायतमा नेपाली पण्डितलाई बालयौन दुराचारको अभियोगमा २५ वर्ष जेल
अमेरिकी डलरको भाउ हालसम्मकै उच्च बिन्दुमा, युके पाउन्ड कति ?
बेलायतमा ज्यान गुमाएका युविन तामाङको परिवारलाई धरान समाज यूकेद्वारा ६ लाख २७ हजारभन्दा बढी सहयोग
इन्डोनेशियामा बाढी र पहिरोबाट मृत्यु हुने सङ्ख्या ५०२ पुग्यो, ५०८ जना अझै बेपत्ता
हङकङमा विशाल आवासीय कम्प्लेक्समा भीषण आगलागी, ४४ जनाको मृत्यु
सुन तस्करी प्रकरण : पूर्वसभामुख महरा २० लाख धरौटीमा रिहा
आप्रवासनका लागि बेलायत आउने व्यक्तिको सङ्ख्या ६९ प्रतिशतले घट्यो
रोयल बरो अफ ग्रीनविच नेप्लिज सोसाइटीमा संरक्षक र सल्लाहकार मनोनीत
लगातारको भारी वर्षापछि श्रीलङ्कामा भीषण बाढी–पहिरो, ५६ जनाको मृत्यु