
फार्नबोरो । बाग्लुङ्गे समाज यूकेको वार्षिक भेटघाट कार्यक्रम भव्य र सभ्य रुपमा सम्पन्न भएको छ ।
शनिबार ५ जुलाई २०२५ मा फार्नबोरोस्थित सामुयल कोडी स्पोर्ट्स कलेजमा अध्यक्ष खड्क थापाको अध्यक्षतामा वार्षिक भेटघाट कार्यक्रम सम्पन्न भएको हो । कार्यक्रमको उद्घाटन समाजका ज्येष्ठ सदस्य ८७ वर्षीय तुलबहादुर श्रीस मगर, अध्यक्ष खड्क थापा र पूर्वअध्यक्ष छविमाया पुनले संयुक्त रूपमा मैनबत्ती बालेर गर्नुभएको थियो । उद्घाटनको अवसरमा भिम थापा कोओर्डिनेटर रहेको नौमती बाजाले पनि नहरा लगाएर साथ दिइरहेको थियो ।

महासचिव जित पुनले सुरक्षा जानकारी दिँदै प्रारम्भ गर्नुभएको कार्यक्रममा विशेष अतिथिका रूपमा नेपाल उद्योग वाणिज्य महासंघका अध्यक्ष चन्द्रप्रसाद ढकालको उपस्थिति रह्यो । अन्य अतिथिहरुमा पुन मगर समाज यूकेका पूर्वअध्यक्ष तेज राम्जाली, मोना यूकेका उपाध्यक्ष विष्णु भण्डारी, गुल्मी समाज यूकेका अध्यक्ष रुद्र थापा मगर, लोक तथा दोहोरी गीत प्रतिष्ठान यूके शाखाका अध्यक्ष लक्ष्मण राना मगर सहभागी हुनुहुन्थ्यो।
कार्यक्रम संयोजक तथा उपाध्यक्ष गुमानसिंह थापाले स्वागत मन्तव्य दिनुभएको थियो। त्यसपछि आयोजित सम्मान कार्यक्रममा उच्च शिक्षा हासिल गरेका विद्यार्थीहरू, ज्येष्ठ नागरिक, नौमती बाजा समूह र बाग्लुङ्गे भलिबल टोलीलाई सम्मान गरिएको थियो । उहाँहरुलाई समाजका अध्यक्ष खाथा र प्रमुख अतिथि ढकालले खादा र सम्मानपत्र हस्तान्तरण गर्नुभयो ।
आमन्त्रित कलाकार युवराज मगरले सम्पूर्ण कार्यसमिति, पूर्वअध्यक्षहरु र सल्लाहकारहरुलाई आफ्नै नाममा रहेको युवराज फाउण्डेसनमार्फत मायाको चिनो प्रदान गर्दै दोसल्ला ओडाइ सबैलाई सम्मान गर्नु भएको थियो । सम्पूर्ण लेडिज टिमलाई घलेकी प्रदान गर्दै सम्मान गर्नुभएको थियो ।

त्यस्तै नितु पुनले मायाको चिनो स्वारूप मखमलको दोसल्ला र सिता परियारले नेपालको राष्ट्रिय झन्डा अङ्कित टोकन दियर सम्मान गर्नुभएको थियो ।
सोही भेटघाट कार्यक्रममा समाजकी पूर्वअध्यक्ष छविमाया पुनको प्रस्तुतिमा युवराज मगर र तारा श्रीस मगरको स्वर रहेको ‘युकेको लाहुरे’ गीतले १.७ मिलियन भ्यूज पुगेको उपलक्षमा छविमाया पुन र युवराज मगरले केक काटेर हर्सोल्लास मनाउनुभएको थियो । युवराज मगरको आफ्नै युट्युब च्यानल १ लाख सबस्क्राईबर पुगेको उपलक्ष्यमा युटुबले प्रदान गर्ने प्लेग पहिलोपटक प्रदर्शन सार्वजनिक गरिएको थियो ।
सांस्कृतिक कार्यक्रमको आकर्षण
कार्यक्रमको प्रमुख आकर्षणका रूपमा रहेको सांगीतिक कार्यक्रम सांस्कृतिक सचिव लक्ष्मण रानाको संयोजनमा सम्पन्न भयो । बाग्लुङ्गे समाज यूकेको इतिहासमै पहिलो पटक १३ जना चर्चित कलाकारहरुले एउटै मञ्चबाट सांगीतिक प्रस्तुति दिए । नितु पुनको एकल प्रस्तुतिदेखि लिएर चर्चित गायक युवराज मगर र गायिका सिता परियारको धमाकेदार प्रस्तुतिसम्म, दर्शकदीर्घा रमाएका थिए । त्यसपछि स्थानीय कलाकारहरू सन्तोष पुन र भाबी मगरका साथसाथै अतिथि कलाकारहरू अनुपा मगर, जुना श्रीस मगर, शर्मिला बिसी, देवी घर्ती मगर, कालिका रोका मगर, राजेश बर्देवा, बालचन्द्र बराल र स्रिष्टी मगरले समेत प्रस्तुतिहरू दिनुभयो ।

बीचबीचमा नृत्य, समूह नृत्य, नचरी, नौमती बाजाको धुन र महिला पदाधिकारीहरुद्वारा सञ्चालित राफल ड्रले कार्यक्रम झनै रोचक बनाएको थियो। राफल ड्रको प्रथम पुरस्कार (आधा तोला सुन) द प्यालेस रेस्टुरेन्ट, दोस्रो पुरस्कार २४० पाउन्ड जय श्रीकृष्ण ज्वेलर्स, तेस्रो पुरस्कार १५० पाउन्ड नविन एण्ड नविन ज्वेलर्सले प्रायोजन गरेका थिए ।
कार्यक्रम अन्त्यतिर झ्यामरे गीतको मौलिक भाकाले दर्शकहरूलाई झनै तान्यो । बालबालिकादेखि वृद्धसम्म सबै झ्यामरेको तालमा रमाए । करिब रातको १० बजे सफासफाइ गर्दै कार्यक्रम औपचारिक रूपमा समापन गरियो ।
अध्यक्ष खड्क थापाले कार्यक्रम सफल पार्न सहयोग गर्ने सबै अतिथि, अमन्त्रित कलाकार, प्राविधिक सहयोगी, प्रवेश व्यवस्थापक, भोजन संयोजक, महिला पदाधिकारी, र स्पोन्सरहरूप्रति आभार प्रकट गर्नुभयो। कार्यक्रममा बाग्लुङ्गे मात्र नभई गैरबाग्लुङ्गे समुदायको समेत उल्लेखनीय सहभागिता र उत्साहजनक उपस्थिति थियो ।


बेलायतमा ६/५ गोर्खा राईफल्सले ७८औं स्थापना दिवस मनायो
पदम गुरुङले पाए ननिटन काउन्सिलबाट ‘फ्रिम्यान अफ द बरो’ को सम्मान
युएईले दियो २ सय ६७ नेपालीलाई आममाफी
बेलायतको नेपाली दुताबासमा विद्यार्थीका समस्याबारे सम्मेलन
मानवसेवा आश्रम युकेको साधारणसभा जुलाई १९मा
एनआरएनए प्रतिनिधिमण्डलद्वारा परराष्ट्रमन्त्री बालानन्द शर्मासँग भेट
अमेरिकामा भीषण आँधी : ११ हजार ४०० भन्दा बढी उडान रद्द
स्याङ्जा समाज यूकेको अध्यक्षमा रुपा गुरुङ सर्वसम्मत चयन
महाराष्ट्रका उपमुख्यमन्त्री अजित पवारको चार्टर विमान दुर्घटनामा निधन
ग्लास्गो नेपाली एसोसिएसन स्कटल्यान्डको अध्यक्षमा रामप्रसाद कँडेल चयन