
लन्डन । मगर महिला संघ यूके स्विन्डन शाखाले ब्रेस्ट क्यान्सर (स्तन क्यान्सर) च्यारिटीका लागि २२ सय ५३ पाउन्ड संकलन गरेको छ । शाखाले परोपकारी अभियानअन्तर्गत १ जुनदेखि ३० जुन २०२५ सम्म दौड, साइक्लिङ तथा वाकिङमा ७०० किलोमिटर दूरीको चुनौती पार गर्दै उक्त सहयोग संकलन गर्न सफल भएको शाखा अध्यक्ष सरस्वती थापा मगरले जानकारी दिनुभयो । संघले प्रारम्भमा २ हजार पाउन्ड संकलन गर्ने लक्ष्य राखेको थियो ।
अभियानमा सहभागीहरूले ७०० किलोमिटर दूरी पार गर्ने लक्ष्य राखे पनि अन्त्यमा कुल ९२९ किलोमिटर दूरी पार गर्दै उल्लेखनीय सफलता हासिल गर्नुभएको हो । संघकी अध्यक्ष सरस्वती थापा मगरको नेतृत्वमा सञ्चालित अभियानमा मालती थापा मगर, अन्जु राना मगर, ज्ञानु थापा मगर, सनम पुन मगर, रिमा पचभैया मगर र रोजी तिलिजा मगर सहभागी हुनुहुन्थ्यो ।
अध्यक्ष थापा मगरले अघिल्ला वर्षहरूमा पनि डिमेन्सिया, ग्रेट अर्मन्ड स्ट्रिट हस्पिटल, म्याकमिलन क्यान्सर र मेन्टल हेल्थका लागि च्यारिटी फन्ड संकलन गर्नुभएको थियो । यो उहाँको पाँचौँ वर्षको परोपकारी अभियान हो । अध्यक्ष थापा मगरसहित सम्पूर्ण टिमले अभियानमा बेलायतवासी दाजुभाइ, दिदीबहिनी, मित्रहरूलगायत कार्यस्थलका सहकर्मीहरूबाट प्राप्त साथ, सहयोग र प्रेरणाका लागि आभार व्यक्त गरेको छ ।
डा.सुमाया राईको पुस्तक ‘जिन्दगी फूल सम्झे फूलै हो’ लन्डनमा विमोचन
बेलायतमा २४ औं गोर्खा कपमा ५६ टिम भिड्ने, ३ लाख ५० हजार पाउन्डभन्दा बढी खर्च हुने अनुमान
आदिवासी जनजातिको सवाल सम्बोधन हुने गरी पहल गर्ने काँग्रेसको प्रतिबद्धता
बेलायतमा डुप्सीङ्ग रिन्पोछेद्वारा बीसीसी गुम्बामा प्रवचन
कङ्गोमा इबोला प्रकोपः दर्जनौंको मृत्यु, विश्व स्वास्थ्य सङ्गठनद्वारा आपतकाल घोषणा
गैरआवासीय नेपाली नागरिकतासम्बन्धी विधेयकमा गोर्खा शब्द राखिएकोमा सीएनसीबीजीको आपत्ति
आदिवासी जनजातीका मुद्दामा नेपाल सरकार गम्भीर छ : कार्यवहाक राजदूत दुवाडी
पहिचान पुरस्कारका लागि कृति आह्वान, जेठ मसान्तसम्म समयसीमा
एनआरएनएको नर्दन आयरल्यान्ड बैठक : सल्लाहकार थपियो, विधान संयोजन समिति पुनर्गठन
एसोसिएसन अफ नेप्लिज ओरिजिनको नवौँ अन्तरराष्ट्रिय शाखा क्यानाडामा