
लन्डन । मगर महिला संघ यूके स्विन्डन शाखाले ब्रेस्ट क्यान्सर (स्तन क्यान्सर) च्यारिटीका लागि २२ सय ५३ पाउन्ड संकलन गरेको छ । शाखाले परोपकारी अभियानअन्तर्गत १ जुनदेखि ३० जुन २०२५ सम्म दौड, साइक्लिङ तथा वाकिङमा ७०० किलोमिटर दूरीको चुनौती पार गर्दै उक्त सहयोग संकलन गर्न सफल भएको शाखा अध्यक्ष सरस्वती थापा मगरले जानकारी दिनुभयो । संघले प्रारम्भमा २ हजार पाउन्ड संकलन गर्ने लक्ष्य राखेको थियो ।
अभियानमा सहभागीहरूले ७०० किलोमिटर दूरी पार गर्ने लक्ष्य राखे पनि अन्त्यमा कुल ९२९ किलोमिटर दूरी पार गर्दै उल्लेखनीय सफलता हासिल गर्नुभएको हो । संघकी अध्यक्ष सरस्वती थापा मगरको नेतृत्वमा सञ्चालित अभियानमा मालती थापा मगर, अन्जु राना मगर, ज्ञानु थापा मगर, सनम पुन मगर, रिमा पचभैया मगर र रोजी तिलिजा मगर सहभागी हुनुहुन्थ्यो ।
अध्यक्ष थापा मगरले अघिल्ला वर्षहरूमा पनि डिमेन्सिया, ग्रेट अर्मन्ड स्ट्रिट हस्पिटल, म्याकमिलन क्यान्सर र मेन्टल हेल्थका लागि च्यारिटी फन्ड संकलन गर्नुभएको थियो । यो उहाँको पाँचौँ वर्षको परोपकारी अभियान हो । अध्यक्ष थापा मगरसहित सम्पूर्ण टिमले अभियानमा बेलायतवासी दाजुभाइ, दिदीबहिनी, मित्रहरूलगायत कार्यस्थलका सहकर्मीहरूबाट प्राप्त साथ, सहयोग र प्रेरणाका लागि आभार व्यक्त गरेको छ ।
बेलायतमा ६/५ गोर्खा राईफल्सले ७८औं स्थापना दिवस मनायो
पदम गुरुङले पाए ननिटन काउन्सिलबाट ‘फ्रिम्यान अफ द बरो’ को सम्मान
युएईले दियो २ सय ६७ नेपालीलाई आममाफी
बेलायतको नेपाली दुताबासमा विद्यार्थीका समस्याबारे सम्मेलन
मानवसेवा आश्रम युकेको साधारणसभा जुलाई १९मा
एनआरएनए प्रतिनिधिमण्डलद्वारा परराष्ट्रमन्त्री बालानन्द शर्मासँग भेट
अमेरिकामा भीषण आँधी : ११ हजार ४०० भन्दा बढी उडान रद्द
स्याङ्जा समाज यूकेको अध्यक्षमा रुपा गुरुङ सर्वसम्मत चयन
महाराष्ट्रका उपमुख्यमन्त्री अजित पवारको चार्टर विमान दुर्घटनामा निधन
ग्लास्गो नेपाली एसोसिएसन स्कटल्यान्डको अध्यक्षमा रामप्रसाद कँडेल चयन