
लन्डन । अन्तर्राष्ट्रिय नेपाली साहित्य समाज (अनेसास) यूकेले प्रदान गर्दै आएको सुप्रमा–ईप्रमा पुरस्कार २०२५ का लागि पुस्तक पठाउन आह्वान गरिएको छ । नेपाली भाषामा जुन २०२३ देखि मे २०२५ भित्र प्रकाशित भएका कुनै पनि विधाका उत्कृष्ट कृति पठाउन सकिनेछ।
पुरस्कारका लागि इच्छुक लेखक, प्रकाशक वा प्रतिनिधिले पुस्तकका ३ प्रति आगामी जुलाई १० (२०७५ असार २५) भित्र पठाइसक्नुपर्ने अनेसास यूके अध्यक्ष राज श्रेष्ठले जानकारी दिनुभयो । पुरस्कारमा सम्मानपत्रसहित ५०१ स्टर्लिङ पाउन्ड राशिको व्यवस्था गरिएको छ ।
पुरस्कार समर्पण कार्यक्रम आगामी अगस्टमा लन्डनमा हुनेछ । पुस्तक पठाउने ठेगाना बेलायतमा अनेसास यूके अध्यक्ष राज श्रेष्ठ र नेपालमा एपेक नेपाल, काठमाडौं रहेको छ ।
स्कटल्यान्डसँग नेपाल पराजित
नेपालमय बन्यो सान् फ्रान्सिस्को [तस्बिरहरु]
एनआरएनएले भन्यो – ‘नेपाल सरकारको नीति तथा कार्यक्रम स्वागतयोग्य’
तमु धीं यूकेले गर्यो गोर्खा कपमा मुख्य विधातर्फ ४० टिम पुर्याउने घोषणा, टिम दर्ताको समय मे १६ सम्म
नेपाल सरकारको नीति तथा कार्यक्रमः गैरआवासीय नेपालीको सहभागिता विस्तार गरिने