
लन्डन । बेलायतमा आगामी १६ अगस्ट २०२५ मा दोस्रो संस्करणको काव्य–सन्ध्या हुने भएको छ ।
साहित्य संगालो बेलायत र नेपाली बुक्स यूकेको आयोजनामा अल्डरसटस्थित सुसी मोटो रेस्टुराँमा काव्य-सन्ध्या हुने भएको हो ।अघिल्लो वर्ष सेप्टेम्बर २८ मा अल्डरसटमै पहिलोपटक कविता वाचन कार्यक्रम भएको थियो ।
यस वर्षको कार्यक्रममा आठजना कविले प्रस्तुति दिनेछन् । साहित्य संगालो यूकेका संयोजक साहित्यकार केदार संकेतका अनुसार सारंगी र टुङ्गनाको धुनमा कविहरूले कविता वाचन गर्नेछन् । ‘हामीले कार्यक्रमलाई पुरै साहित्यमय बनाउने सोचेका छौँ । प्रमुख अतिथि, माला, खादा र कुनै औपचारिक उल्झनबिना विशुद्ध कवितामय साँझ बनाउने तयारी गरेका छौँ’, संकेतले भने ।
कविहरूले आफ्ना तीन–तीन थान कविता नेपाली मौलिक बाजा—टुङ्गना र सारंगीको साथमा प्रत्यक्ष प्रस्तुत गर्ने उनले बताए ।
गत वर्ष कविता वाचन गरेका कविहरूमा नरेश काङमाङ राई,डा.सङ्गीता स्वेच्छा, जीवन तिवारी, शान्ति लिम्बु, निर्भीकजङ्ग रायमाझी, खुपेन सुनुवार, मुकेश राई, डा. रूपक श्रेष्ठ, रहेका थिए ।
स्कटल्यान्डसँग नेपाल पराजित
नेपालमय बन्यो सान् फ्रान्सिस्को [तस्बिरहरु]
एनआरएनएले भन्यो – ‘नेपाल सरकारको नीति तथा कार्यक्रम स्वागतयोग्य’
तमु धीं यूकेले गर्यो गोर्खा कपमा मुख्य विधातर्फ ४० टिम पुर्याउने घोषणा, टिम दर्ताको समय मे १६ सम्म
नेपाल सरकारको नीति तथा कार्यक्रमः गैरआवासीय नेपालीको सहभागिता विस्तार गरिने