
लन्डन । बेलायतमा आगामी १६ अगस्ट २०२५ मा दोस्रो संस्करणको काव्य–सन्ध्या हुने भएको छ ।
साहित्य संगालो बेलायत र नेपाली बुक्स यूकेको आयोजनामा अल्डरसटस्थित सुसी मोटो रेस्टुराँमा काव्य-सन्ध्या हुने भएको हो ।अघिल्लो वर्ष सेप्टेम्बर २८ मा अल्डरसटमै पहिलोपटक कविता वाचन कार्यक्रम भएको थियो ।
यस वर्षको कार्यक्रममा आठजना कविले प्रस्तुति दिनेछन् । साहित्य संगालो यूकेका संयोजक साहित्यकार केदार संकेतका अनुसार सारंगी र टुङ्गनाको धुनमा कविहरूले कविता वाचन गर्नेछन् । ‘हामीले कार्यक्रमलाई पुरै साहित्यमय बनाउने सोचेका छौँ । प्रमुख अतिथि, माला, खादा र कुनै औपचारिक उल्झनबिना विशुद्ध कवितामय साँझ बनाउने तयारी गरेका छौँ’, संकेतले भने ।
कविहरूले आफ्ना तीन–तीन थान कविता नेपाली मौलिक बाजा—टुङ्गना र सारंगीको साथमा प्रत्यक्ष प्रस्तुत गर्ने उनले बताए ।
गत वर्ष कविता वाचन गरेका कविहरूमा नरेश काङमाङ राई,डा.सङ्गीता स्वेच्छा, जीवन तिवारी, शान्ति लिम्बु, निर्भीकजङ्ग रायमाझी, खुपेन सुनुवार, मुकेश राई, डा. रूपक श्रेष्ठ, रहेका थिए ।
जर्मनीका राष्ट्रपति स्टेनमेयर बेलायत भ्रमणमा
बेलायतमा नेपाली पण्डितलाई बालयौन दुराचारको अभियोगमा २५ वर्ष जेल
अमेरिकी डलरको भाउ हालसम्मकै उच्च बिन्दुमा, युके पाउन्ड कति ?
बेलायतमा ज्यान गुमाएका युविन तामाङको परिवारलाई धरान समाज यूकेद्वारा ६ लाख २७ हजारभन्दा बढी सहयोग
इन्डोनेशियामा बाढी र पहिरोबाट मृत्यु हुने सङ्ख्या ५०२ पुग्यो, ५०८ जना अझै बेपत्ता
हङकङमा विशाल आवासीय कम्प्लेक्समा भीषण आगलागी, ४४ जनाको मृत्यु
सुन तस्करी प्रकरण : पूर्वसभामुख महरा २० लाख धरौटीमा रिहा
आप्रवासनका लागि बेलायत आउने व्यक्तिको सङ्ख्या ६९ प्रतिशतले घट्यो
रोयल बरो अफ ग्रीनविच नेप्लिज सोसाइटीमा संरक्षक र सल्लाहकार मनोनीत
लगातारको भारी वर्षापछि श्रीलङ्कामा भीषण बाढी–पहिरो, ५६ जनाको मृत्यु