
लन्डन । तमुधीं यूकेले आगामी २४ अगस्ट आइतबार क्याम्पर्टन पार्कमा १६औँ नेपाली मेला आयोजना गर्ने भएको छ ।
नेपाली दूतावास लन्डनको सहकार्यमा हुने नेपाली मेला तयारी सुरु भइसकेको तमुधीं यूकेका उपाध्यक्ष तथा मेला संयोजक कमल गुरुङले जानकारी दिनुभयो । उहाँले नेपालका विभिन्न जातजातिको संस्कृति, भेषभूषा र परम्परा चिनारी गराउन हरेक वर्ष तमुधीं यूकेले मेला आयोजना गरिँदै आएको बताउनुभयो ।
मेलामा सांस्कृतिक झाँकी, मौलिक नाचगान, एम्बासडर कप र एनआरएनए कप प्रतियोगिता हुने छन् । विजेता टोलीलाई नगद तथा आकर्षक पुरस्कार दिइनेछ ।
मेलामा ६/७ वटा रेस्टुरेन्टमार्फत नेपाली खानाका परिकार, नेपाली कपडाका स्टल, गहना र अन्य सामग्रीका स्टलहरू साथै नेपाली व्यवसाय प्रवर्द्धनका स्टलहरू रहनेछन् । गत वर्ष ९० हाराहारी स्टल राखिएको जनाउँदै उहाँले बेलायतमा नेपाली व्यवसायी बढेकाले स्टलहरु पनि बढ्ने अनुमान रहेको बताउनुभयो ।
मेलामा प्रस्तुति दिन नेपालबाट थुप्रै कलाकार आउनेछन् भने नेपाल विद्युत् प्राधिकरणका निवर्तमान कार्यकारी निर्देशक कुलमान घिसिङको विशेष उपस्थिति रहने तमुधीं यूकेले जनाएको छ । मेला बिहान १० देखि राति ८ बजेसम्म सञ्चालन हुनेछ । टिकट शुल्क ५ पाउन्ड तय गरिएको छ । तर ८० वर्षभन्दा माथिका ज्येष्ठ नागरिक र अपांगता भएका व्यक्तिहरूलाई निःशुल्क प्रवेशको व्यवस्था गरिने छ ।
संयोजक गुरुङले सबै नेपाली संघसंस्था र समुदायलाई झाँकी तथा मौलिक नाच लिएर सहभागिता जनाउन आग्रह गर्नुभएको छ ।
मेलाको नारा ‘हाम्रो संस्कृति, हाम्रो पहिचान, हाम्रो गौरव’ तय गरिएको छ । गोर्खा प्यालेसले खाना व्यवस्थापन गर्नेछ ।
जनवरीमा बेलायतबाट नेपाल गए ३ हजार ९७३ पर्यटक
बेलायतमा ६/५ गोर्खा राईफल्सले ७८औं स्थापना दिवस मनायो
पदम गुरुङले पाए ननिटन काउन्सिलबाट ‘फ्रिम्यान अफ द बरो’ को सम्मान
युएईले दियो २ सय ६७ नेपालीलाई आममाफी
बेलायतको नेपाली दुताबासमा विद्यार्थीका समस्याबारे सम्मेलन
एनआरएनए प्रतिनिधिमण्डलद्वारा परराष्ट्रमन्त्री बालानन्द शर्मासँग भेट
अमेरिकामा भीषण आँधी : ११ हजार ४०० भन्दा बढी उडान रद्द
स्याङ्जा समाज यूकेको अध्यक्षमा रुपा गुरुङ सर्वसम्मत चयन
महाराष्ट्रका उपमुख्यमन्त्री अजित पवारको चार्टर विमान दुर्घटनामा निधन
ग्लास्गो नेपाली एसोसिएसन स्कटल्यान्डको अध्यक्षमा रामप्रसाद कँडेल चयन