नयाँ दिल्ली, १० असार । भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीले बिहीबार सबैका लागि घर नामको एक नयाँ तर महत्वाकांक्षी कार्यक्रमको सुरुवात गरेका छन् ।
मोदीले सबैका लागि घर तथा स्मार्ट सिटी (राम्रो सहर) नामक एक कार्यक्रम सुरुवात गरेका हुन् ।
राजधानी नयाँ दिल्लीमा बिहीबार आयोजित एक कार्यक्रममा उनले भने, “सबैलाई आफ्नै घर हुनु भनेको एक सपना जस्तै हो । त्यो सपनाको घर केबल छाना र पर्खालको मात्र होइन घर नै हो ।”
“गरिब नागरिकले घरको सपना देखिरहेको हुन्छ र उसले त्यो घरका लागि आफूले परिश्रम पनि चाहेको हुन्छ तर पनि त्यो सम्भव थिएन होला तर अब सम्भव हुन्छ– उनले भने।
सबैका लागि घर भारतीय वर्तमान सरकारको एक महत्वाकांक्षी कार्यक्रम हो र यसले सबै भारतीय नागरिकलाई घरको कल्पना गरेको छ ।
यस कार्यक्रमलाई त्यहाँका विश्लेषकहरुले असम्भव भनेका छन् । सोही असम्भव कार्यक्रमको सुरुवात मोदीले गरेको विश्लेषकको टिप्पणी छ ।