
लन्डन । उज्वेकिस्तानमा जारी एएफसी महिला एसियन कप छनोट अन्तर्गत लाओसविरुद्धको खेलमा नेपाल विजयी भएको छ । नेपालले लाओसलाई ९–० गोलअन्तरले पराजित गरेको हो । नेपालका लागि पहिलो पटक कप्तानी गरेकी सावित्रा भण्डारी ‘साम्बा’ एक्लैले चार गोल गरिन् । यस्तै अनिता बस्नेत, सरु लिम्बू, अनिता केसी र रश्मीकुमारी घिसिङले एक एक गोल गरिन् । लाओसले एउटा आत्मघाती गोल गरेको थियो ।
नेपालले पहिलो हाफमा २–० गोलको अग्रता लिएको थियो । सावित्रा भण्डारी ‘साम्बा’ले कप्तानी गरेको खेलमा नेपालले पहिलो हाफमा लाओस विरुद्ध २–० गोलको अग्रता लिएको छ । नेपालले खेलको सुरुआतमा नै अग्रता बनायो । खेलको १२औँ मिनेटमा अनिताले गोल गरिन् । सविता राना मगरको क्रसमा साम्बाको हेडरपछि उनले गोल गरिन् । यस्तै खेलको ४४औँ मिनेटमा नेपालका लागि अनिताको क्रसमा सावित्राले गोल गरिन् ।
दोस्रो हाफमा नेपालले थप ६ गोल गरेको थियो । खेल सुरु भएको दोस्रो मिनेटमै नेपालका लागि सरु लिम्बूले गोल गरिन् । यस्तै खेलको ५५औँ मिनेटमा साम्बाले व्यक्तिगत दोस्रो गोल गरिन् । उनले खेललाई ४–० गोलको अवस्थामा पुर्याइन् । लगत्तै रश्मीकुमारी घिसिङले गोल गरिन् । नेपालले खेलको ७५औँ मिनेटमा साम्बाले ह्याट्रिक पूरा गरिन् । त्यसको एक मिनेटपछि साम्बाले नै व्यक्तिगत चौथो गोल गर्दै नेपाललाई ६–० गोलको अग्रता दिलाइन् ।
यस्तै खेलको ८३औँ मिनेटमा नेपालका लागि अनिता केसीले गोल गरिन् । नेपालले ८–० गोलको अग्रता बनायो । खेलको ८८औँ मिनेटमा साम्बाको प्रहार लाओसका खेलाडीको खुट्टामा लाग्दै गोलमा परिणत भयो । योसँगै नेपालले तीन अङ्क जोडेको छ । आजको खेल नेपालले १००औँ अन्तर्राष्ट्रिय खेल हो । नियमित कप्तान तथा गोलकिपर एन्जिला तुम्बाप्पो सुब्बालाई आज आराम गर्न दिइएको थियो । नेपाल रहेको समूह ‘एफ’ मा लाओसका साथै उज्वेकिस्तान र श्रीलङ्का रहेका छन् ।
बेलायतमा जलवायु सङ्कट गहिरिँदै
सदनमा मन्त्रीहरू नियमित उपस्थित हुन श्रम संस्कृति पार्टीको माग
रुसी तेलसम्बन्धी नयाँ प्रतिबन्ध कार्यान्वयनमा बेलायत सरकारको ढिलाइ
नेपाल मगर संघको १३ औँ राष्ट्रिय महाधिवेशन काठमाडौंमा
क्यालिफोर्नियामा भीषण आगलागी, १७ हजार विस्थापित
‘लाहुरेनी सौन्दर्य’ भित्र के के रैछन् त ? [प्रतिक्रिया]
ई–बिडिङ प्रकरणमा पूर्वमन्त्री विक्रम पाण्डेसहित ११ जनालाई धरौटीमा छाड्न आदेश
बेलायतको बदलिँदो राजनीति : जनता किन खोज्दैछन् नयाँ विकल्प ?
पूर्वगृहमन्त्री सुधन गुरुङका सम्बन्धमा छानबिन गर्न समिति गठन
तीन दिने वज्रसत्व महासाधनाका लागि लन्डन आइपुगे धर्मगुरु लुङ्गरिक रिन्पोछे