
लन्डन । पुन मगर समाज यूकेले ११औं वार्षिक भेटघाट तथा सांस्कृतिक पर्व भूमे पूजा-२०२५ धुमधामका साथ मनाएको छ ।
द फेयर वे फार्नबोरोमा पुन मगर समाज यूकेका अध्यक्ष बलबहादुर पुर्जाको अध्यक्षतामा २८ जूनमा आयोजित कार्यक्रम मगर संघ यूकेका अध्यक्ष लालबहादुर पुन (लालु)को अध्यक्षतामा सम्पन्न भएको हो ।
धौलागिरि नौमती बाजा र पुर्ख्यौली नाचले बढाई गर्दै प्रमुख अतिथिलगायत अतिथिलाई स्वागत गरेर मुख्य भूमे पूजा थानदेखि जङ्गलको थानसम्म अत्यन्तै रोचक र मातृभूमिमै रहेको भान गराउँदै सबैले पूजा गर्नुभएको थियो ।
सम्पूर्ण कुलपितृको स्मरण गर्दै घरमा भित्र्याउने, भूमि खुशी बनाउने र रोग व्याधी नलागोस्, अन्नबालीको सह बसोस, दैवी प्रकोप नलागोस्र गृहलक्ष्मीको बास होस् र सम्पूर्ण प्राणी जगतकै भलो होस् भनि पुजा गर्छन् । मुख्य थानमा रातो शक्तिको रुप र सेतो शुभको प्रतीक रहेको झन्डा र झन्डा मुनि थानमा पूजा गर्ने र त्यो पूजा जङ्गलको थानमा लागि बलि चढाउने चलन रहेको (बेलायतमा खर्बुजा बली चढाएको) र नयाँ पुस्तालाई हस्तान्तरण गर्न संस्कार, संस्कृति बचाइराख्न ऐतिहासिक पूजा गरिएको संस्थापक अध्यक्ष बल पुर्जा मगरले जानकारी दिनुभएको छ ।

प्रमुख अतिथिको शुभकामना मन्तव्यपछि संस्थाका अध्यक्ष पुर्जाले आमन्त्रित पाहुना र कार्यक्रम सफल बनाउन अहोरात्र सहयोग गर्नुहुने, प्रत्येक्ष अप्रत्यक्ष आर्थिक सहयोग गर्नुहुने सबैलाई धन्यवाद र शुभकामना दिनुभएको थियो ।
कार्यक्रम संचालन सचिव तुलचन्द्र तिलिजा पुनले गर्नुभएको थियो । नयाँ सदस्य बनेका र कुनै पनि क्षेत्रमा प्रगति हासिल र पदोन्नति भएकालाई प्रमाणपत्रसहित स्वागत सम्मान गरिएको थियो ।
कार्यक्रममा आरुसी पुन, रोज अधिकारी, जेनी चोचाङ्गे, अस्मिका, हेमा, टीकादेवी र स्मीता पुन, जस्लीन पुन, देजी पाइजा, अन्जना, गीता, सोनिया पुन र मिलन थापालगायतले नाच देखाउनुभएको थियो ।
कार्यक्रमको अन्त्यसम्म नेपालबाट आउनुभएका कलाकारहरु प्रेमविवश घर्ती, अनुपा रोका, रमिला बुढा मगर, गगन पुनले मनोरञ्जन दिलाउनुभएको थियो ।

विदेशमा रहेर पनि आफ्नो मातृभुमीमा पुर्खाहरुले जे जसरी मनाए सोही तरिकाले विधिपुर्वक मनाउदै आफ्नो मौलिक पन भावी सन्ततिहरुमा हस्तान्तरण गर्ने किसिमले मनाएको र भुमे पुजा अत्यन्तै भव्य र अविस्मरणीय रहेको, सस्थाका सचिव तुल चन्द्र तिलिजाले जानकारी दिएका छन् ।
कार्यक्रममा नेपाली राजदूतावास लन्डनबाट तृतीय सचिव झुपलाल पुन, मगर संघ यूकेका संरक्षक घन थापा, कृष्णा थापालगायत मगर संघ यूकेका पूर्वअध्यक्षहरु कुलबहादुर थापा, दुत पुन, नेम थापा, सुनिल राना, सीता पुर्जा पुन, तमुधीं यूकेका उपाध्यक्ष कमल गुरुङ, खाम भाषी अध्यक्ष लिला पुन, बागलुङ समाज यूकेका अध्यक्ष खड्ग थापा, पूर्वअध्यक्ष छविमाया पुन, मगर संघ यूकेका ट्रस्टी, पूर्वट्रस्टीहरु, मेजर शान्ता पुन, मेजर राम पुनलगायत विभिन्न संघ संस्थाका अध्यक्ष र प्रतिनिधिहरु तथा बेलायतवासी नेपालीहरुको बाक्लो उपस्थिति थियो ।





तस्बिर सौजन्य : गोमा राना
जनवरीमा बेलायतबाट नेपाल गए ३ हजार ९७३ पर्यटक
बेलायतमा ६/५ गोर्खा राईफल्सले ७८औं स्थापना दिवस मनायो
पदम गुरुङले पाए ननिटन काउन्सिलबाट ‘फ्रिम्यान अफ द बरो’ को सम्मान
युएईले दियो २ सय ६७ नेपालीलाई आममाफी
बेलायतको नेपाली दुताबासमा विद्यार्थीका समस्याबारे सम्मेलन
एनआरएनए प्रतिनिधिमण्डलद्वारा परराष्ट्रमन्त्री बालानन्द शर्मासँग भेट
अमेरिकामा भीषण आँधी : ११ हजार ४०० भन्दा बढी उडान रद्द
स्याङ्जा समाज यूकेको अध्यक्षमा रुपा गुरुङ सर्वसम्मत चयन
महाराष्ट्रका उपमुख्यमन्त्री अजित पवारको चार्टर विमान दुर्घटनामा निधन
ग्लास्गो नेपाली एसोसिएसन स्कटल्यान्डको अध्यक्षमा रामप्रसाद कँडेल चयन