लन्डन । लिम्बुवानको पहिचान, इतिहास, भाषा र संस्कृतिको संरक्षण तथा प्रवर्द्धनमा लामो समयदेखि बेलायतमा सक्रिय लिम्बुवान नागरिक समाज यूकेले आगामी असार २१ गते (जुलाई ५, २०२५) शनिबारका दिन प्रतिष्ठित काङ्सोरे पुरस्कार स्वर्गीय इमानसिंह चेम्जोङलाई मरणोपरान्त प्रदान गर्ने भएको छ।
इतिहासकार, साहित्यकार, भाषाविद्, लिपिकार, दर्शनविद् तथा अनुसन्धाता चेम्जोङको इतिहास, भाषा, लिपि, अनुसन्धान र लिम्बुवान राजनीतिक चेतनाको जग निर्माणमा पुर्याएको अतुलनीय योगदानलाई कदर गर्दै समाजले यो निर्णय गरेको हो। पुरस्कारको राशी नगद एक लाख रुपैयाँ र सम्मानपत्र (ताम्रपत्र) रहेको छ। लिम्बुवान नागरिक समाज यूकेका अध्यक्ष छत्र वनेम र सहसचिव अमित थेवेले जारी गरेको प्रेस विज्ञप्तिमा सो जानकारी दिइएको छ ।
लिम्बुवान नागरिक समाज यूके सन् २००९ मा स्थापना भई साढे एक दशकभन्दा बढी समयदेखि लिम्बुवान स्वायत्तताको पक्षमा सामाजिक अभियान चलाउँदै आएको संस्था हो। यस समाजले सन् २०२२ मा पहिलोपटक याक्थुङ भाषा र सिरिजङ्गा लिपिको प्रचार तथा चार दशकदेखि लिम्बुवानको मुद्दामा सक्रिय वीर नेम्वाङलाई काङ्सोरे पुरस्कार प्रदान गरेको थियो।
हरेक तीन वर्षमा वितरण गरिने काङ्सोरे पुरस्कार लिम्बुवानका वीर योद्धा सेनापति काङ्सोरे लिम्बुको स्मृतिमा स्थापना गरिएको हो। काङ्सोरेले सन् १७७४ मा अरुण र सभाया खोलाको दोभानमा गोरखाली सेनासँगको युद्धमा सहादत प्राप्त गरेका थिए।
यस वर्षको पुरस्कार समारोहमाथि ध्यान दिँदै आयोजक संस्थाले विजयपुर नगरी धरानमा आयोजना हुने कार्यक्रमलाई लिम्बुवान आन्दोलन र चेतनाको ऐतिहासिक दस्तावेजका रूपमा समेत प्रस्तुत गर्ने तयारी गरेको जनाएको छ।
जनवरीमा बेलायतबाट नेपाल गए ३ हजार ९७३ पर्यटक
बेलायतमा ६/५ गोर्खा राईफल्सले ७८औं स्थापना दिवस मनायो
पदम गुरुङले पाए ननिटन काउन्सिलबाट ‘फ्रिम्यान अफ द बरो’ को सम्मान
युएईले दियो २ सय ६७ नेपालीलाई आममाफी
बेलायतको नेपाली दुताबासमा विद्यार्थीका समस्याबारे सम्मेलन
एनआरएनए प्रतिनिधिमण्डलद्वारा परराष्ट्रमन्त्री बालानन्द शर्मासँग भेट
अमेरिकामा भीषण आँधी : ११ हजार ४०० भन्दा बढी उडान रद्द
स्याङ्जा समाज यूकेको अध्यक्षमा रुपा गुरुङ सर्वसम्मत चयन
महाराष्ट्रका उपमुख्यमन्त्री अजित पवारको चार्टर विमान दुर्घटनामा निधन
ग्लास्गो नेपाली एसोसिएसन स्कटल्यान्डको अध्यक्षमा रामप्रसाद कँडेल चयन