लन्डन । लिम्बुवानको पहिचान, इतिहास, भाषा र संस्कृतिको संरक्षण तथा प्रवर्द्धनमा लामो समयदेखि बेलायतमा सक्रिय लिम्बुवान नागरिक समाज यूकेले आगामी असार २१ गते (जुलाई ५, २०२५) शनिबारका दिन प्रतिष्ठित काङ्सोरे पुरस्कार स्वर्गीय इमानसिंह चेम्जोङलाई मरणोपरान्त प्रदान गर्ने भएको छ।
इतिहासकार, साहित्यकार, भाषाविद्, लिपिकार, दर्शनविद् तथा अनुसन्धाता चेम्जोङको इतिहास, भाषा, लिपि, अनुसन्धान र लिम्बुवान राजनीतिक चेतनाको जग निर्माणमा पुर्याएको अतुलनीय योगदानलाई कदर गर्दै समाजले यो निर्णय गरेको हो। पुरस्कारको राशी नगद एक लाख रुपैयाँ र सम्मानपत्र (ताम्रपत्र) रहेको छ। लिम्बुवान नागरिक समाज यूकेका अध्यक्ष छत्र वनेम र सहसचिव अमित थेवेले जारी गरेको प्रेस विज्ञप्तिमा सो जानकारी दिइएको छ ।
लिम्बुवान नागरिक समाज यूके सन् २००९ मा स्थापना भई साढे एक दशकभन्दा बढी समयदेखि लिम्बुवान स्वायत्तताको पक्षमा सामाजिक अभियान चलाउँदै आएको संस्था हो। यस समाजले सन् २०२२ मा पहिलोपटक याक्थुङ भाषा र सिरिजङ्गा लिपिको प्रचार तथा चार दशकदेखि लिम्बुवानको मुद्दामा सक्रिय वीर नेम्वाङलाई काङ्सोरे पुरस्कार प्रदान गरेको थियो।
हरेक तीन वर्षमा वितरण गरिने काङ्सोरे पुरस्कार लिम्बुवानका वीर योद्धा सेनापति काङ्सोरे लिम्बुको स्मृतिमा स्थापना गरिएको हो। काङ्सोरेले सन् १७७४ मा अरुण र सभाया खोलाको दोभानमा गोरखाली सेनासँगको युद्धमा सहादत प्राप्त गरेका थिए।
यस वर्षको पुरस्कार समारोहमाथि ध्यान दिँदै आयोजक संस्थाले विजयपुर नगरी धरानमा आयोजना हुने कार्यक्रमलाई लिम्बुवान आन्दोलन र चेतनाको ऐतिहासिक दस्तावेजका रूपमा समेत प्रस्तुत गर्ने तयारी गरेको जनाएको छ।
डा.सुमाया राईको पुस्तक ‘जिन्दगी फूल सम्झे फूलै हो’ लन्डनमा विमोचन
बेलायतमा २४ औं गोर्खा कपमा ५६ टिम भिड्ने, ३ लाख ५० हजार पाउन्डभन्दा बढी खर्च हुने अनुमान
आदिवासी जनजातिको सवाल सम्बोधन हुने गरी पहल गर्ने काँग्रेसको प्रतिबद्धता
बेलायतमा डुप्सीङ्ग रिन्पोछेद्वारा बीसीसी गुम्बामा प्रवचन
कङ्गोमा इबोला प्रकोपः दर्जनौंको मृत्यु, विश्व स्वास्थ्य सङ्गठनद्वारा आपतकाल घोषणा
गैरआवासीय नेपाली नागरिकतासम्बन्धी विधेयकमा गोर्खा शब्द राखिएकोमा सीएनसीबीजीको आपत्ति
आदिवासी जनजातीका मुद्दामा नेपाल सरकार गम्भीर छ : कार्यवहाक राजदूत दुवाडी
पहिचान पुरस्कारका लागि कृति आह्वान, जेठ मसान्तसम्म समयसीमा
एनआरएनएको नर्दन आयरल्यान्ड बैठक : सल्लाहकार थपियो, विधान संयोजन समिति पुनर्गठन
एसोसिएसन अफ नेप्लिज ओरिजिनको नवौँ अन्तरराष्ट्रिय शाखा क्यानाडामा