
लन्डन । नेपाली दूतावास लन्डनको आयोजनामा स्कटल्यान्डमा पहिलोपटक ‘नेपाली मेला २०२५’ भव्य रूपमा सम्पन्न भएको छ । सोमबार जुन २३ तारिखमा एडिनबर्गको वेष्ट प्रिन्सेस स्ट्रिट गार्डेन्समा सम्पन्न मेलाको उद्देश्य नेपाली कला, संस्कृति, भाषा, भेषभूषा र पर्यटन प्रवर्द्धन गर्नु रहेको नेपाली राजदूत चन्द्रकुमार घिमिरेले जानकारी दिनुभयो ।
राजदूत घिमिरेले स्कटल्यान्डमा पहिलोपटक नेपाली मेला आयोजना गर्न पाएकोमा प्रसन्नता व्यक्त गर्दै आगामी दिनमा बेलायतका अन्य सहरहरूमा पनि यस्ता कार्यक्रमहरू सञ्चालन गर्ने बताउनुभयो ।
मेलामा परम्परागत नेपाली नृत्य, लोकगीत, पहिरन, परिकार, हस्तकला तथा पर्यटनसम्बन्धी सूचना केन्द्र लगायतका विविध कार्यक्रम प्रस्तुत गरिएको थियो । बालबालिकाका लागि रमाइला खेलकुद तथा अन्य मनोरञ्जनात्मक गतिविधिहरू समेत सञ्चालन गरिएको थियो ।
कार्यक्रममा गायिका सुनिता दुलाल, गायक धिरज राई, भूमिका शाह तथा स्थानीय कलाकारहरूले गीत–संगीत प्रस्तुत गर्नुभएको थियो ।
यसैबीच, मेलास्थलमै दूतावासका उपनियोग प्रमुख विपिन दुवाडी तथा अन्य अधिकारीहरूद्वारा राहदानी तथा कन्सुलर सेवा प्रदान गरिएको थियो। उपनियोग प्रमुख दुवाडीले यस्ता सेवा भविष्यमा पनि निरन्तर उपलब्ध गराइने बताउनुभयो ।
स्थानीय नेपाली संघसंस्थाहरूको समन्वयमा सम्पन्न मेलामा स्कटल्यान्डका कानुनमन्त्री, वरिष्ठ राजनीतिज्ञ तथा बेलायतका विभिन्न क्षेत्रबाट नेपाली समुदायको उल्लेखनीय सहभागिता रहेको थियो ।
मेलामा नेपाली परिकारका स्टल, हस्तकलाका सामग्रीहरू, नेपाली उत्पादनहरूको प्रदर्शनी, समुदायको झाँकी, पञ्चेबाजासहित सांस्कृतिक प्रस्तुति तथा नेपाल चिनाउने विविध सामग्रीहरू समेत समावेश गरिएको थियो ।

जनवरीमा बेलायतबाट नेपाल गए ३ हजार ९७३ पर्यटक
बेलायतमा ६/५ गोर्खा राईफल्सले ७८औं स्थापना दिवस मनायो
पदम गुरुङले पाए ननिटन काउन्सिलबाट ‘फ्रिम्यान अफ द बरो’ को सम्मान
युएईले दियो २ सय ६७ नेपालीलाई आममाफी
बेलायतको नेपाली दुताबासमा विद्यार्थीका समस्याबारे सम्मेलन
एनआरएनए प्रतिनिधिमण्डलद्वारा परराष्ट्रमन्त्री बालानन्द शर्मासँग भेट
अमेरिकामा भीषण आँधी : ११ हजार ४०० भन्दा बढी उडान रद्द
स्याङ्जा समाज यूकेको अध्यक्षमा रुपा गुरुङ सर्वसम्मत चयन
महाराष्ट्रका उपमुख्यमन्त्री अजित पवारको चार्टर विमान दुर्घटनामा निधन
ग्लास्गो नेपाली एसोसिएसन स्कटल्यान्डको अध्यक्षमा रामप्रसाद कँडेल चयन