
लन्डन । नेपाली दूतावास लन्डनको आयोजनामा स्कटल्यान्डमा पहिलोपटक ‘नेपाली मेला २०२५’ भव्य रूपमा सम्पन्न भएको छ । सोमबार जुन २३ तारिखमा एडिनबर्गको वेष्ट प्रिन्सेस स्ट्रिट गार्डेन्समा सम्पन्न मेलाको उद्देश्य नेपाली कला, संस्कृति, भाषा, भेषभूषा र पर्यटन प्रवर्द्धन गर्नु रहेको नेपाली राजदूत चन्द्रकुमार घिमिरेले जानकारी दिनुभयो ।
राजदूत घिमिरेले स्कटल्यान्डमा पहिलोपटक नेपाली मेला आयोजना गर्न पाएकोमा प्रसन्नता व्यक्त गर्दै आगामी दिनमा बेलायतका अन्य सहरहरूमा पनि यस्ता कार्यक्रमहरू सञ्चालन गर्ने बताउनुभयो ।
मेलामा परम्परागत नेपाली नृत्य, लोकगीत, पहिरन, परिकार, हस्तकला तथा पर्यटनसम्बन्धी सूचना केन्द्र लगायतका विविध कार्यक्रम प्रस्तुत गरिएको थियो । बालबालिकाका लागि रमाइला खेलकुद तथा अन्य मनोरञ्जनात्मक गतिविधिहरू समेत सञ्चालन गरिएको थियो ।
कार्यक्रममा गायिका सुनिता दुलाल, गायक धिरज राई, भूमिका शाह तथा स्थानीय कलाकारहरूले गीत–संगीत प्रस्तुत गर्नुभएको थियो ।
यसैबीच, मेलास्थलमै दूतावासका उपनियोग प्रमुख विपिन दुवाडी तथा अन्य अधिकारीहरूद्वारा राहदानी तथा कन्सुलर सेवा प्रदान गरिएको थियो। उपनियोग प्रमुख दुवाडीले यस्ता सेवा भविष्यमा पनि निरन्तर उपलब्ध गराइने बताउनुभयो ।
स्थानीय नेपाली संघसंस्थाहरूको समन्वयमा सम्पन्न मेलामा स्कटल्यान्डका कानुनमन्त्री, वरिष्ठ राजनीतिज्ञ तथा बेलायतका विभिन्न क्षेत्रबाट नेपाली समुदायको उल्लेखनीय सहभागिता रहेको थियो ।
मेलामा नेपाली परिकारका स्टल, हस्तकलाका सामग्रीहरू, नेपाली उत्पादनहरूको प्रदर्शनी, समुदायको झाँकी, पञ्चेबाजासहित सांस्कृतिक प्रस्तुति तथा नेपाल चिनाउने विविध सामग्रीहरू समेत समावेश गरिएको थियो ।

डा.सुमाया राईको पुस्तक ‘जिन्दगी फूल सम्झे फूलै हो’ लन्डनमा विमोचन
बेलायतमा २४ औं गोर्खा कपमा ५६ टिम भिड्ने, ३ लाख ५० हजार पाउन्डभन्दा बढी खर्च हुने अनुमान
आदिवासी जनजातिको सवाल सम्बोधन हुने गरी पहल गर्ने काँग्रेसको प्रतिबद्धता
बेलायतमा डुप्सीङ्ग रिन्पोछेद्वारा बीसीसी गुम्बामा प्रवचन
कङ्गोमा इबोला प्रकोपः दर्जनौंको मृत्यु, विश्व स्वास्थ्य सङ्गठनद्वारा आपतकाल घोषणा
गैरआवासीय नेपाली नागरिकतासम्बन्धी विधेयकमा गोर्खा शब्द राखिएकोमा सीएनसीबीजीको आपत्ति
आदिवासी जनजातीका मुद्दामा नेपाल सरकार गम्भीर छ : कार्यवहाक राजदूत दुवाडी
पहिचान पुरस्कारका लागि कृति आह्वान, जेठ मसान्तसम्म समयसीमा
एनआरएनएको नर्दन आयरल्यान्ड बैठक : सल्लाहकार थपियो, विधान संयोजन समिति पुनर्गठन
एसोसिएसन अफ नेप्लिज ओरिजिनको नवौँ अन्तरराष्ट्रिय शाखा क्यानाडामा