लन्डन । हितकाजी गुरुङ नेतृत्वको गैर आवासीय नेपाली संघ (एनआरएनए) यूकेले यही जून २५ भित्र सदस्यता लिन अपिल गरेको छ ।
एनआरएनए निर्वाचन समितिले एमआइएस प्रणालीमार्फत सदस्यता लिने अन्तिम मिति २५ जुन, २०२५, राति ११:५९ सम्म भएको जनाएको हो । समितिले आइओएस तथा एन्ड्रोयड स्मार्ट फोनमा स्मार्ट एनआरएनए एप डाउनलोड गरी सदस्यता बन्न सकिने जनाएको छ ।
नवीकरणका लागि अत्यावश्यक बाहेक कागजात पुनः दिइरहनु पर्ने झन्झट यसपटक नरहेको समितिको भनाइ छ । स्मार्ट एनआरएनए एपमार्फत सदस्यता शुल्क तिरेको प्रमाण राखे पञ्चात सदस्यता तत्कालै स्वीकृत हुने पनि समितिले जनाएको छ ।
संघको मतदान अनलाइनमार्फत २६ जुलाई र राष्ट्रिय महाधिवेशन २७ जुलाई, २०२५ मा तय छ ।