
लन्डन । पूर्वमुख्यमन्त्री एवं नेकपा एमाले महासचिव शंकर पोखरेल बिहीबार दोहा प्रस्थान गर्नुभएको छ । उहाँ बिहीबार १९ जून २०२५ मा लन्डनस्थित हिथ्रो विमानस्थल हुँदै दोहा प्रस्थान गर्नुभएको हो ।
शुक्रबार दोहमा सम्बोधन गर्ने र २२ जूनमा काठमाडौं पुग्ने नेता भक्त गुरुङले जानकारी दिनुभयो । नेता पोखरेलको बिदाइका लागि प्रवासी नेपाली मञ्च यूकेका नवनिर्वाचित अध्यक्ष पशुपति पोखरेलसहित पदाधिकारी, सदस्य, नेता भक्त गुरुङसहित कार्यकर्ता, शुभेच्छुक, आफन्तलगायत पुगेका थिए ।
पोखरेल बेलायत रहँदा लन्डन हाईगेटस्थित कार्ल मार्क्सको समाधिमा पुष्पगुच्छा अर्पण,वेष्टमिन्स्टर संसद् भवन, वेष्टमिन्स्टर हल, हाउस अफ कमन्स, हाउस अफ लर्ड्स, लण्डन थेम्स रिभर,स्याण्डर्स, क्याम्बर्ली,फार्नबोरो, फ्लीट,मिचेटस्थित तमु धीं यूकेको भवन भ्रमण तथा अवलोकन, गोर्खा प्यालेस, चाइनिज ओरेन्टियल,पिपल मर्गेजलगायत नेपालीको व्यवसाय अवलोकन, अल्डरसट टाउन, प्रिन्सेस गार्डेनमा ज्येष्ठ नागरिकहरूसँग भेटघाट, पहिलो भीसी कुलबहादुर थापाको सालिक अवलोकन, नेपाली दूतावास लन्डनको रिसेप्सनमा सहभागी हुनुभएको थियो ।
उहाँ एमाले पोलिटब्युरो सदस्यसमेत रहेकी पत्नी सुजिता शाक्य, एमाले केन्द्रीय सदस्य एवं तुलसीपुर उपमहानगरपालिकाका पूर्वमेयर घनश्याम पाण्डेसहित प्रवासी नेपाली मञ्च यूकेको नवौं अधिवेशनका लागि बेलायत आउनुभएको थियो ।
अमेरिकी डलरको भाउ हालसम्मकै उच्च बिन्दुमा, युके पाउन्ड कति ?
बेलायतमा ज्यान गुमाएका युविन तामाङको परिवारलाई धरान समाज यूकेद्वारा ६ लाख २७ हजारभन्दा बढी सहयोग
इन्डोनेशियामा बाढी र पहिरोबाट मृत्यु हुने सङ्ख्या ५०२ पुग्यो, ५०८ जना अझै बेपत्ता
नोभेम्बरमा बेलायतबाट नेपाल गए ७ हजार १८९ पर्यटक
नेपाली कांग्रेसको महाधिवेशन पुस २६ देखि २८ गतेसम्म हुने