
लन्डन । गैरआवासीय नेपाली व्यवसायी तथा समाजसेवी सुजन कटवाल बेलायती सरकारको प्रतिष्ठित एमबिई पदकबाट सम्मानित हुनुभएको छ । बेलायती राजाको जन्मोत्सवको अवसरमा सार्वजनिक विभिन्न अवार्डको सूचीमा कटवाल प्रतिष्ठित ‘मेम्बर अफ द अर्डर अफ द ब्रिटिस एम्पायर’ (एमबीइ) बाट सम्मानित हुनुभएको हो ।
कटवाललाई समाजसेवामार्फत समुदायमा पुर्याएको विशिष्ट योगदानका लागि यो सम्मान प्रदान गरिएको हो । उहाँले कोरोनाकालमा दुई लाख ५० हजारभन्दा बढीलाई निःशुल्क खाना उपलब्ध गराउनुभएको थियो भने अन्य विभिन्न सामाजिक कार्यमार्फत समुदायको हितमा महत्त्वपूर्ण भूमिका खेल्नुभएको थियो ।
कटवाल केही महिनाअघि मात्रै बेलायतको एकसय प्रभावशाली व्यक्तिको सूचीमा समेत पर्नुभएको थियो । सन् १९१७ मा राजा जर्ज पाँचौँले स्थापना गरेको एमबिई अवार्ड समाजको लागि दीर्घकालीन रूपमा प्रभाव पार्ने र अरूको लागि महत्त्वपूर्ण योगदान पुर्याउने उदाहरणीय व्यक्तिलाई राजदरबारले प्रदान गर्दै आएको छ ।
एक हजार २०० जना विभिन्न क्षेत्रमा विशिष्ट योगदान गरेका मानिसलाई राजाको जन्मोत्सवको अवसरमा विभिन्न पदकबाट विभूषित गरिएको हो । त्यसमा पदक प्राप्त गर्ने महिलाको सङ्ख्या ४८ प्रतिशत छ । यसअघि गत वर्ष कीर्तिमानी आरोही पूर्वगोर्खा हरि बुढामगर र सन् २०१८ मा निर्मल पुर्जाले पनि यो सम्मान प्राप्त गर्नुभएको थियो ।
बेलायतको साउथ लन्डनस्थित पानस गोर्खा रेष्टुराँका सञ्चालक कटुवाल पानस हेल्पिङ ह्यान्डस् च्यारिटीमार्फत समाजसेवामा सक्रिय हुनुहुन्छ । सिटी अफ लन्डनबाट ‘फ्रिडम अफ द सिटी अफ लन्डन’ अवार्डसमेत पाउनुभएका सुजनको सामाजिक संस्था हेल्पिङ ह्यान्डस्ले ‘प्वाइन्ट्स अफ लाइट’ अवार्ड समेत जित्न सफल भएको थियो । नेपालको विराटनगरमा जन्मिएका कटुवाल सन् १९९८ मा बेलायत आउनुभएको थियो ।
डा.सुमाया राईको पुस्तक ‘जिन्दगी फूल सम्झे फूलै हो’ लन्डनमा विमोचन
बेलायतमा २४ औं गोर्खा कपमा ५६ टिम भिड्ने, ३ लाख ५० हजार पाउन्डभन्दा बढी खर्च हुने अनुमान
आदिवासी जनजातिको सवाल सम्बोधन हुने गरी पहल गर्ने काँग्रेसको प्रतिबद्धता
बेलायतमा डुप्सीङ्ग रिन्पोछेद्वारा बीसीसी गुम्बामा प्रवचन
कङ्गोमा इबोला प्रकोपः दर्जनौंको मृत्यु, विश्व स्वास्थ्य सङ्गठनद्वारा आपतकाल घोषणा
गैरआवासीय नेपाली नागरिकतासम्बन्धी विधेयकमा गोर्खा शब्द राखिएकोमा सीएनसीबीजीको आपत्ति
आदिवासी जनजातीका मुद्दामा नेपाल सरकार गम्भीर छ : कार्यवहाक राजदूत दुवाडी
पहिचान पुरस्कारका लागि कृति आह्वान, जेठ मसान्तसम्म समयसीमा
एनआरएनएको नर्दन आयरल्यान्ड बैठक : सल्लाहकार थपियो, विधान संयोजन समिति पुनर्गठन
एसोसिएसन अफ नेप्लिज ओरिजिनको नवौँ अन्तरराष्ट्रिय शाखा क्यानाडामा