
लण्डन । गोरखा भूतपूर्व सैनिकहरूको समस्याका बारेमा नेपाल र बेलायत सरकारबीच एकवर्ष पछि वार्ता भएको छ ।
दुई सरकारका प्रतिनिधिहरूका साथै गोर्खा भूतपूर्व सैनिकहरूको समेत उपस्थितिमा आज बेलायतको लण्डनस्थित नेपाली दुताबासमा प्राविधिक समितिको वार्ता सम्पन्न भएको हो ।
वार्तामा नेपाली पक्षको नेतृत्व उपनियोग प्रमुख विपिन दुवाडीले गर्नुभएको थियो । दुवाडीका साथै सैनिक सहजचरी कर्णेल अनुप शाह पनि सरिक हुनुहुन्थ्यो । बेलायत सरकारका तर्फबाट जी स्मिथ, सि सिलह, कर्णेल डी रबिन्सन, ए हाइपर र जी हस्टेड सहभागी हुनुहुन्थ्यो ।
गोर्खा भूतपूर्व सैनिकहरूका तर्फबाट मेजरत्रय जुदबहादुर गुरुङ, टिकेन्द्रदल देवान र उदयबहादुर गुरुङ, सत्याग्राहीहरू ज्ञानराज राई, धन गुरुङ र पुष्पा राना घले, गोर्खा भूतपूर्व सैनिक संघ (गेसो) सभापति कृष्णकुमार राई, बिजीनेसाका सभापति केशबहादुर गुरुङ, वार्ताकार धर्मबहादुर तामाङ सहभागी थिए ।
वार्ताकार धर्मबहादुर तामाङका अनुसार आजको वार्तामा एक मात्र विषय पेन्सनका बारेमा छलफल भएको थियो । गोर्खाहरूका तर्फबाट शुरुमा मेजर जुदबहादुर गुरुङले धारणा राख्न शुरु गरेपछि बाँकी सबै जनालाई धारणा राख्ने मौका दिइएको थियो ।
उपनियोग प्रमुख दुवाडीले पनि गोर्खाहरूका पक्षमा प्रखर रूपमा धारणा राखेको तामाङले जानकारी दिनुभयो ।
बेलायती सरकारका प्रतिनिधिहरूले वार्तामा उठाइएका विषयहरूलाई उपल्लो तहमा पुर्याई जवाफ पठाउने बताएका थिए ।
गोर्खा भूतपूर्व सैनिकहरूको गुनासोका बारेमा बेलायत र नेपालबीच केही वर्षयता सरकारस्तरमा वार्ता भइरहेको छ । पछिल्लोपटक सो वार्ता गतवर्ष जुन ११ मा भएको थियो । त्यसयता नेपाली दुताबासमा राजदुत तथा कुटनीतिज्ञहरूको बदली भएपछि वार्ता भएको थिएन ।
डा.सुमाया राईको पुस्तक ‘जिन्दगी फूल सम्झे फूलै हो’ लन्डनमा विमोचन
बेलायतमा २४ औं गोर्खा कपमा ५६ टिम भिड्ने, ३ लाख ५० हजार पाउन्डभन्दा बढी खर्च हुने अनुमान
आदिवासी जनजातिको सवाल सम्बोधन हुने गरी पहल गर्ने काँग्रेसको प्रतिबद्धता
बेलायतमा डुप्सीङ्ग रिन्पोछेद्वारा बीसीसी गुम्बामा प्रवचन
कङ्गोमा इबोला प्रकोपः दर्जनौंको मृत्यु, विश्व स्वास्थ्य सङ्गठनद्वारा आपतकाल घोषणा
गैरआवासीय नेपाली नागरिकतासम्बन्धी विधेयकमा गोर्खा शब्द राखिएकोमा सीएनसीबीजीको आपत्ति
आदिवासी जनजातीका मुद्दामा नेपाल सरकार गम्भीर छ : कार्यवहाक राजदूत दुवाडी
पहिचान पुरस्कारका लागि कृति आह्वान, जेठ मसान्तसम्म समयसीमा
एनआरएनएको नर्दन आयरल्यान्ड बैठक : सल्लाहकार थपियो, विधान संयोजन समिति पुनर्गठन
एसोसिएसन अफ नेप्लिज ओरिजिनको नवौँ अन्तरराष्ट्रिय शाखा क्यानाडामा