
लन्डन । भारतको गुजरात राज्यको मुख्य शहर अहमदाबादबाट २४२ जना यात्रु लिएर बेलायतको ग्याटविक विमानस्थलतर्फ आउँदै गरेको बोइङ ७८७–८ ड्रिमलाइनर दुर्घटनामा बिहीबार रातिसम्म २०४ जनाको शव फेला छन् । सेनाको सहयोगमा उद्धार टोलीले अहिलेसम्म २०४ जनाको शव फेला पारेको छ, जसमा विमान र दुर्घटना आसपासका क्षेत्रका मानिस पनि हताहत भएका भेटिएका छन् ।
विमान बिहीबार दिउँसो उडेको केही समयपछि अहमदाबाद शहरस्थित एक बस्तीमा खसेको थियो । विमानमा १६९ भारतीय, ५३ बेलायती, सात पोर्चुगाली र एक क्यानेडियाली नागरिक रहेको एयर इन्डियाले जनाएको छ । विमानमा दुई जना पाइलटसहित १० जना चालक दलका सदस्य पनि थिए ।
करिब ८० लाख मानिसको बसोबास रहेको अहमदाबादको भीडभाड युक्त आवासीय क्षेत्रमा रहेको चिकित्सक र उनीहरूका परिवारको भवनमा विमान ठोक्किएको थियो । कृष्ण नाम गरेका एक चिकित्सकका अनुसार “जहाजको नाक र अगाडिको पाङ्ग्रा क्यान्टिन भवनमा खसेको थियो जहाँ विद्यार्थीहरूले खाजा खाइरहेका थिए । उहाँले आफूले १५ देखि २० वटा जलेको शव देखेको र आफू र उनका सहकर्मीले करिब १५ जना विद्यार्थीको उद्धार गरेको बताउनुभयो ।
शहरका एक प्रहरी आयुक्तले सुरुमा एएफपीलाई त्यहाँ कोही पनि जीवित नभएको बताए पनि गुजरात राज्यका स्वास्थ्य अधिकारीले पछि त्यहाँ एक जनालाई जीवितै उद्धार गरेको बताउनुभएको थियो । भारतको उड्डयन मन्त्रालयले सबै उड्डयन र आपतकालीन प्रतिक्रिया एजेन्सीहरूलाई ‘छिटो र समन्वयात्मक कार्य गर्न’ तैनाथ गरेको छ। अर्को सूचना जारी नभएसम्मका लागि सबै उडान स्थगित गरिएको छ ।
यसैबीच, बेलायत र अमेरिकाले आफ्ना भारतीय समकक्षीलाई सहयोग गर्न हवाई दुर्घटना अनुसन्धान टोली पठाउने बताएका छन् ।
विमान दुर्घटनापूति दुःख व्यक्त गर्दै एयर इन्डियाको लगानीकर्ता टाटा समूहले प्रत्येक मृतकका परिवारलाई एक करोड भारु (एक लाख १७ हजार अमेरिकी डलर) आर्थिक सहयोग गर्ने घोषणा गरेको छ ।
नेपाली कांग्रेस सभापति थापाद्वारा राजीनामा
लन्डनमा ए स्टार नेपाल बास्केटबल लिगको पाँचौँ संस्करण सुरु
यस्ता छन् एनआरएनएको नयाँ कार्यसमितिको पहिलो बैठकका निर्णयहरु
एनआरएनए आईसीसीको नयाँ कार्यसमितिमा बेलायतबाट अध्यक्ष र प्रवक्तासहित १० जना निर्वाचित
द्वन्द्वका कारण विस्थापन र भोकमरी दुबै बढ्दै : संयुक्त राष्ट्र
भूतपूर्व गोर्खा समस्याबारे लन्डनमा सोमबार फेरि त्रिपक्षीय वार्ता हुने
युद्ध अन्त्यका लागि इरानका तीन शर्त
नेपाल आदिवासी जनजाति महासंघको ११औँ महाधिवेशन चैत ५ र ६ मा हुने
बेलायती मन्त्री सीमा मल्होत्रासँग नेपाली कार्यवाहक राजदूत विपिन दुवाडीको भेटवार्ता
‘स्ट्रेट अफ हर्मुज’बारे अर्को हप्ता लन्डनस्थित आइएमओको मुख्यालयमा ‘विशेष सत्र’