
लन्डन । भारतको गुजरात राज्यको मुख्य शहर अहमदाबादबाट २४२ जना यात्रु लिएर बेलायतको ग्याटविक विमानस्थलतर्फ आउँदै गरेको बोइङ ७८७–८ ड्रिमलाइनर दुर्घटनामा बिहीबार रातिसम्म २०४ जनाको शव फेला छन् । सेनाको सहयोगमा उद्धार टोलीले अहिलेसम्म २०४ जनाको शव फेला पारेको छ, जसमा विमान र दुर्घटना आसपासका क्षेत्रका मानिस पनि हताहत भएका भेटिएका छन् ।
विमान बिहीबार दिउँसो उडेको केही समयपछि अहमदाबाद शहरस्थित एक बस्तीमा खसेको थियो । विमानमा १६९ भारतीय, ५३ बेलायती, सात पोर्चुगाली र एक क्यानेडियाली नागरिक रहेको एयर इन्डियाले जनाएको छ । विमानमा दुई जना पाइलटसहित १० जना चालक दलका सदस्य पनि थिए ।
करिब ८० लाख मानिसको बसोबास रहेको अहमदाबादको भीडभाड युक्त आवासीय क्षेत्रमा रहेको चिकित्सक र उनीहरूका परिवारको भवनमा विमान ठोक्किएको थियो । कृष्ण नाम गरेका एक चिकित्सकका अनुसार “जहाजको नाक र अगाडिको पाङ्ग्रा क्यान्टिन भवनमा खसेको थियो जहाँ विद्यार्थीहरूले खाजा खाइरहेका थिए । उहाँले आफूले १५ देखि २० वटा जलेको शव देखेको र आफू र उनका सहकर्मीले करिब १५ जना विद्यार्थीको उद्धार गरेको बताउनुभयो ।
शहरका एक प्रहरी आयुक्तले सुरुमा एएफपीलाई त्यहाँ कोही पनि जीवित नभएको बताए पनि गुजरात राज्यका स्वास्थ्य अधिकारीले पछि त्यहाँ एक जनालाई जीवितै उद्धार गरेको बताउनुभएको थियो । भारतको उड्डयन मन्त्रालयले सबै उड्डयन र आपतकालीन प्रतिक्रिया एजेन्सीहरूलाई ‘छिटो र समन्वयात्मक कार्य गर्न’ तैनाथ गरेको छ। अर्को सूचना जारी नभएसम्मका लागि सबै उडान स्थगित गरिएको छ ।
यसैबीच, बेलायत र अमेरिकाले आफ्ना भारतीय समकक्षीलाई सहयोग गर्न हवाई दुर्घटना अनुसन्धान टोली पठाउने बताएका छन् ।
विमान दुर्घटनापूति दुःख व्यक्त गर्दै एयर इन्डियाको लगानीकर्ता टाटा समूहले प्रत्येक मृतकका परिवारलाई एक करोड भारु (एक लाख १७ हजार अमेरिकी डलर) आर्थिक सहयोग गर्ने घोषणा गरेको छ ।
झापाली समाज यूकेमा नयाँ कार्यसमिति चयन, अध्यक्षमा टंक भट्टराई
काठमाडौँमा सुरु भयो नेपाली कांग्रेसको विशेष महाधिवेशन
चर्चित गायक तथा अभिनेता प्रशान्त तामाङको निधन
नेपाली कांग्रेसको विशेष महाधिवेशन आइतबारदेखि काठमाडौंमा, महामन्त्रीद्वयको अगुवाइ
रास्वपासँगको एकता १२ दिनमै तोडिएपछि उज्यालो नेपाल पार्टीको अध्यक्षमा घिसिङ