
बेलायतमा बसोबासरत सेवानिवृत्त ब्रिटिस आर्मी एवं साहित्यकार विजय हितानद्वारा लिखित उपन्यास ‘लाहुरेको रेलिमाई’लाई अरनिको अन्तर्राष्ट्रिय पुरस्कार-२०७९ प्रदान गरिएको छ ।
काठमाडौंमा शुक्रबार एक समारोहबीच प्रसिद्ध साहित्यकार तथा नेपाल प्रज्ञा प्रतिष्ठानका पूर्वकुलपति बैरागी काइँलाले लेखक हितानलाई पुरस्कार हस्तान्तरण गर्नुभएको हो । पुरस्कार राशि २ लाख रुपैयाँ र सम्मानपत्र रहेको छ ।
गीतसंगीतमार्फत नेपाली जातित्वको जागरणमा लागेका मास्टर मित्रसेनको जीवनकथामा आधारित आख्यान लाहुरेको रेलिमाईले प्रथम विश्वयुद्धको विदारक एवं कारुणिक चित्रण प्रस्तुत गरेको छ । त्यससँगै उहाँको सङ्घर्षपूर्ण जीवन र उहाँ बाँचेको समाजका अनेक पाटाहरूलाई पनि यस उपन्यासले प्रभावशाली र प्रमाणिकरूपमा उद्घाटित गरेको छ ।
गैरआवासीय नेपाली संघको अरनिको अन्तर्राष्ट्रिय पुरस्कार व्यवस्थापन समितिका संयोजक हिक्मत थापाले २४ डिसेम्बर २०२३ विज्ञप्ति जारी गर्दै २०७९ सालभरिमा प्रकाशित विविध विधाका नेपाली वाङ्मयका कृतिमध्ये हितानको उपन्यास लाहुरेको रेलिमाईलाई पुरस्कार प्रदान गर्ने निर्णय भएको जानकारी गराउनुभएको थियो । समितिले गैरआवासीय नेपाली साहित्यकारद्वारा लेखिएका नेपाली भाषाका कृतिहरूमध्ये सर्वश्रेष्ठ एक कृतिलाई हरेक वर्ष दुई लाख नगद राशि र सम्मानपत्रसहित अरनिको अन्तर्राष्ट्रिय पुरस्कार प्रदान गर्दै आएको छ ।
पहिलो पटक २०७७ सालमा यो पुरस्कार हरि अधिकारीको संकलित गद्य रचनालाई प्रदान गरिएको थियो । त्यसैगरी २०७८ सालको पुरस्कार चेतनाथ आचार्यको उपन्यास रुइबालाई प्रदान गरिएको थियो ।
उक्त पुरस्कार नेपाली भाषा, साहित्य, कला र संस्कृतिको अन्तर्राष्ट्रियस्तरमा प्रवर्द्धन गर्ने उद्देश्यले प्रथम गैर आवासीय नेपाली राष्ट्रिय विभूति कलाकार अरनिको नाममा गैरआवासीय नेपाली संघ भाषा,साहित्य समितिले स्थापना गरेको हो । समिति अध्यक्ष हिक्मत थापाको अध्यक्षतामा भएको कार्यक्रम सञ्चालन कवि/मुक्तककार रमेश पौड्यालले गरेका थिए । कार्यक्रममा आख्यानकार नयनराज पाण्डे, पूर्वआईजीपी दुर्जकुमार राई, पूर्वजेनेरल बाबुकृष्ण कार्कीलगायतको उपस्थिति थियो ।
नेपाल सरकार मन्त्रिपरिषद्द्वारा जेनजी आन्दोलनका मृतक ४५ जनालाई सहिद घोषणा [नामावलीसहित]
बेलायतमा ८ नोभेम्बरमा जीआरएनसीको ‘रिमेम्बरेन्स डे’समारोह
नेपालका राष्ट्रपति पौडेल कतारतर्फ प्रस्थान
बेलायतसहित देशका नेपाली राजदूत फिर्ता बेलाउने सरकारको निर्णय कार्यान्वयन नगर्न सर्वोच्चको आदेश
नेपाल बाहिर रहेका नेपालीलाई मतदान अधिकार प्रदान गर्ने विषयमा छलफल
बेलायतको ननिटनका मेयर भूतपूर्व गोर्खा क्याप्टेन सारू सिंहदरबारमा सम्मानित
‘हिडन भ्याली’मा अलपत्र परेका तीन बेलायती महिलासहित १२ स्वदेशी पर्यटकको उद्धार प्रयास जारी : नेपाली सेना
बेलायतमा सवारी दुर्घटनामा नेपाली युवक मारेको अभियोगमा चर्चित र्यापर पक्राउ
श्रेष्ठ नेतृत्वको एनआरएनएले पुनर्निर्माण गरेको उपत्यका ट्राफिक प्रहरी ‘कन्ट्रोल रुम’ हस्तान्तरण
सन् २०३० भित्र चन्द्रमामा मानव पठाउने चीनको लक्ष्य