
काठमाडौँ । बेलायतवासी साहित्यकार विजय हितानको नयाँ कृति ‘मलाई आर्यघाट लगेर नजलाउनु’ तयार भएको छ ।
हितानको उक्त पर्या कवितासंग्रह कृति नेपाली पर्या साहित्य प्रतिष्ठानको आयोजनामा तथा साहित्य पोष्टको सह–आयोजनामा शनिबार ३१ मे २०२५ मा प्रज्ञा प्रतिष्ठानमा हुने ‘दशौं वातावरण साहित्य गोष्ठी’ मा लोकार्पण गर्ने कार्यक्रम छ । वातावरणीय सरोकार बोकेको यस कवितासंग्रहले प्रकृति, जीवन, र वातावरणीय परिवर्तनबारे गहिरो अनुभूति र चिन्तन प्रस्तुत गरेको छ । लेखक हितानले वातावरण विज्ञानमा स्नातक गर्नुभएको छ र उहाँ लामो समयदेखि वातावरणीय संरक्षणका क्षेत्रमा सक्रिय हुनुहुन्छ ।
गोष्ठीमा पर्या निबन्ध प्रतियोगितामा सहभागी १०८ निबन्धमध्येबाट छनोट गरिएका उत्कृष्ट ३२ निबन्धहरूको संग्रह पनि सार्वजनिक गरिने आयोजकले जनाएका छन् । तिनैमध्ये प्रथम, दोस्रो र तेस्रो स्थान हासिल गर्ने निबन्धकारहरूलाई पुरस्कारसहित सम्मान गरिनेछ भने बाँकी २९ प्रतियोगीलाई पनि प्रशंसापत्र प्रदान गरिनेछ ।
कार्यक्रमका प्रमुख अतिथि प्राज्ञ डा.अभि सुवेदी रहनुहुनेछ भने विशेष अतिथिका रूपमा ज्ञानबहादुर क्षत्री रहनुहुनेछ ।
गोष्ठीका की–नोट स्पिकरका रूपमा डा.गोविन्दराज भट्टराई तथा वक्ताका रूपमा डा. गीता त्रिपाठी र डा.अशोक थापा हुनुहुनेछ ।
कार्यक्रमको संयोजन लेखक विजय हितान स्वयंले गर्नुभएको हो । आयोजकका अनुसार यो गोष्ठीले वातावरण र साहित्यबीचको सम्बन्धलाई अझ मजबुत बनाउने लक्ष्य राखेको छ ।
स्कटल्यान्डसँग नेपाल पराजित
नेपालमय बन्यो सान् फ्रान्सिस्को [तस्बिरहरु]
एनआरएनएले भन्यो – ‘नेपाल सरकारको नीति तथा कार्यक्रम स्वागतयोग्य’
तमु धीं यूकेले गर्यो गोर्खा कपमा मुख्य विधातर्फ ४० टिम पुर्याउने घोषणा, टिम दर्ताको समय मे १६ सम्म
नेपाल सरकारको नीति तथा कार्यक्रमः गैरआवासीय नेपालीको सहभागिता विस्तार गरिने