कराची । पाकिस्तानको दक्षिणी भागमा तीन दिनसम्म गर्मीको लहर फैलँदा ५०० भन्दा बढी व्यक्तिको मृत्यु भएको जानकारी अधिकारीहरूले मङ्गलबार दिएका छन् । यहाँका अस्पतालमा आपत्काल घोषणा भएको अवस्थामा स्वास्थ्यकर्मीहरू बिरामीको उपचारमा युद्धस्तरमा कार्यरत रहेका छन् ।
मर्नेको सङ्ख्या पाकिस्तानको आर्थिक केन्द्र र बन्दरगाहयुक्त नगर कराचीमा बढी रहेको बताइएको छ । दुई करोड जनसङ्ख्यायुक्त यस नगरमा तापक्रम यस साताको अन्त्यमा ४५ डिग्री सेल्सियस रहेको यस प्रान्तका वरिष्ठ स्वास्थ्य अधिकारी सबिर मेमोनले बताए ।
उनले यस गर्मीको लरहरका कारण सरकारी अस्पतालमा मर्नेको सङ्ख्या ५०० नाघेको बताए । उनले यो सङ्ख्या अझै बढ्नसक्ने उल्लेख गरे ।
करिब २० करोड जनता र त्यसमा बहुसङ्ख्यक मुसलमान बसोबास गर्ने यस मुलुकमा इस्लामिक धार्मिक महिना रमजान परिरहेको समयमा यी मृत्यु भएका हुन् । यस समयमा सूर्योदयदेखि सूर्यास्तसम्म खाना तथा पानी उपयोगमा प्रतिवन्ध लगाइन्छ ।
कराचीको सबैभन्दा ठूलो अस्पतालका एक डक्टर सेमी जमालीले आफूहरूले करिब तीन हजार बिरामीको उपचार गरेको बताए ।
उनले अस्पतालमा आएका वा ल्याइएका २०० भन्दा बढी व्यक्तिको मृत्यु भएको बताए ।
पाकिस्तानको सबैभन्दा ठूलो कल्याणकारी संस्था एदी वेल्फेयर अर्गनाइजेसनले आफ्ना दुई शवगृहमा ४०० भन्दा बढी शव आएको जानकारी दिएको छ ।
एदीका प्रवक्ता अनवर काजमीले गत तीन दिनमा दुई शवगृहमा ४०० भन्दा बढी शव आएका र शवगृहको क्षमता नाघेको बताए ।
कराचीमा विद्युत आपूर्तिको अभावका कारण पानी आपूर्ति प्रभावित भएको छ । यसका कारण लाखौँ ग्यालन पानी उपभोक्तामा पु¥याउन नसकिएको सरकारी पानी आपूर्ति संस्थाले जानकारी दिएको छ ।
पाकिस्तानमा जलवायु कार्यालयले मङ्गलबार कराचीको तापक्रम ४४.५ डिग्री सेल्सियस कायम रहेको जानकारी दिएको छ । यस संस्थाले मङ्गलबार साँझ आँधी आउने अनुमान गरेको छ ।
यहाँको प्रान्तीय सरकारले यसबीच सार्वजनिक बिदा घोषणा गरेको छ र यहाँका वासिन्दालाई घरमै बस्न अभिप्रेरित गरेको छ । मर्नेमा प्रायः दिउँसो घरबाहिर काम गर्ने श्रमिक परेको एक अधिकारीले बताए ।
केही स्थानीय वासिन्दाले आफूलाई गर्मीबाट जोगाउन एक अर्कालाई पानी छ्यापाछ्याप गरिरहेको देखिएको छ ।
प्रमुख धर्मगुरु ताहिर असराफीले लूको जोखिममा पर्नसक्ने व्यक्तिलाई वर्त नलिन आग्रह गरेका छन् । उनले आफूहरूले टेलिभिजन च्यानलमार्फत जोखिममा रहेका र विशेष गरी कराचीमा अवस्था निकै नराम्रो भएकाले वर्त नलिन आग्रह गरेको बताए ।
उनले इस्लाममा वर्तको सर्त तोकिएको र धार्मिक ग्रन्थ कुरानले पनि वर्त लिननसक्ने बिरामी र यात्रीले वर्त ढिलो गर्नसक्ने र बिरामी पर्नसक्ने कमजोर तथा प्रौढ व्यक्तिले वर्त लिन नहुने उल्लेख गरेको बताए ।
राष्ट्रिय प्राकृतिक व्यवस्थापन प्राधिकरणका एक अधिकारीले प्रान्तका सबै अस्पतालमा लू उपचार केन्द्र खोलिने बताए । छिमेकी भारतमा गर्मीको लहरका कारण दुई हजार भन्दा बढी व्यक्तिको मृत्यु भएपछि पाकिस्तानमा पनि यस्तो अवस्था देखिएको हो ।
नेपाली कांग्रेसको प्रतिज्ञापत्रमा गैरआवासीय नेपालीका मुद्दा
सहारा यूकेद्वारा तीन विद्यालयमा ९ लाख रुपैयाँको अक्षय कोष स्थापना
मार्सल ल प्रकरण : दक्षिण कोरियाका पूर्वराष्ट्रपति युन दोषी ठहर
बेलायतवासी आङ्बुहाङको काठमाडौंमा रहेको जग्गा नक्कली धनीपुर्जा बनाएर बेच्न खोज्ने तीन पक्राउ
एनआरएनए यूकेले चन्दा उठाएर नेपाल पठायो विद्यार्थी विवेकानन्द मण्डलको शव
एनबीसी यूकेले २२ फेब्रुअरीमा घरेलु हिंसाविरुद्ध सचेतनामूलक वेबिनार आयोजना गर्ने, देवमान र लक्ष्मी प्रमुख वक्ता
भूतपूर्व गोर्खा सैनिकहरुका माग सम्बोधन गर्न छलफल जारी : बेलायतको रक्षा मन्त्रालय
‘द भ्वाइस अफ नेपाल’ सिजन ७ को उपाधि नीताकुमारी थापा मगरलाई
युरोप र बेलायतबीचको सम्बन्ध सुधारका लागि नेताहरूको जोड
पोखरा अन्तरराष्ट्रिय म्याराथनको उपाधि केन्याका जुलियसलाई