
लन्डन । बेलायतमा म्याग्दी प्रवासी संघको प्रस्तुतिमा सातौं मोना यूके भलिबल टुर्नामेन्ट-२०२५ आउँदो जून २१ मा हुने भएको छ ।
म्याग्दी समाज यूके र म्याग्दी भलिबल क्लब यूकेको संयुक्त आयोजनामा रस्मूर सेन्टस् एफसीमा मोना यूके भलिबल प्रतियोगिता हुन लागेको हो । खेल बिहान साढे ८ बजेदेखि सुरु हुने छ ।
टुर्नामेन्टमा पुरुष, महिला, भेट्रान र छेलो समेटिएका छन् । पुरुष विधातर्फ प्रथम पुरस्कार २ हजार पाउन्ड, दोस्रो १३ सय पाउन्ड प्रदान गरिने आयोजकले जनाएको छ । यस्तै महिलातर्फ प्रथम १२ सय पाउन्ड, दोस्रो पुरस्कार ८ सय पाउन्ड तथा भेट्रानको प्रथम पुरस्कार ११ सय र दोस्रो पुरस्कार ७ सय पाउन्ड रहेको छ । छेलोको विजेताले १ सय ५० पाउन्ड प्रथम पुरस्कार पाउनेछ ।
यस्तै वेस्ट प्लेयर, वेस्ट लिबिरो, वेस्ट क्लकर, वेस्ट सेटर र वेस्ट हिटर हुने खेलाडीले समेत पुरस्कार पाउनेछन् ।
टिम दर्ता पुरुष २ सय पाउन्ड, महिला/भेट्रानको १ सय ५० पाउन्ड र छेलोको १० पाउन्ड शुल्क रहेको छ ।
बेलायतमा जलवायु सङ्कट गहिरिँदै
सदनमा मन्त्रीहरू नियमित उपस्थित हुन श्रम संस्कृति पार्टीको माग
रुसी तेलसम्बन्धी नयाँ प्रतिबन्ध कार्यान्वयनमा बेलायत सरकारको ढिलाइ
नेपाल मगर संघको १३ औँ राष्ट्रिय महाधिवेशन काठमाडौंमा
क्यालिफोर्नियामा भीषण आगलागी, १७ हजार विस्थापित
‘लाहुरेनी सौन्दर्य’ भित्र के के रैछन् त ? [प्रतिक्रिया]
ई–बिडिङ प्रकरणमा पूर्वमन्त्री विक्रम पाण्डेसहित ११ जनालाई धरौटीमा छाड्न आदेश
बेलायतको बदलिँदो राजनीति : जनता किन खोज्दैछन् नयाँ विकल्प ?
ध्यान शिविरहरु संचालन गर्न स्वामी आनन्द अर्हत लन्डनमा
बेलायतमा २४ औं गोर्खा कपमा ५६ टिम भिड्ने, ३ लाख ५० हजार पाउन्डभन्दा बढी खर्च हुने अनुमान