
लन्डन । बेलायतमा म्याग्दी प्रवासी संघको प्रस्तुतिमा सातौं मोना यूके भलिबल टुर्नामेन्ट-२०२५ आउँदो जून २१ मा हुने भएको छ ।
म्याग्दी समाज यूके र म्याग्दी भलिबल क्लब यूकेको संयुक्त आयोजनामा रस्मूर सेन्टस् एफसीमा मोना यूके भलिबल प्रतियोगिता हुन लागेको हो । खेल बिहान साढे ८ बजेदेखि सुरु हुने छ ।
टुर्नामेन्टमा पुरुष, महिला, भेट्रान र छेलो समेटिएका छन् । पुरुष विधातर्फ प्रथम पुरस्कार २ हजार पाउन्ड, दोस्रो १३ सय पाउन्ड प्रदान गरिने आयोजकले जनाएको छ । यस्तै महिलातर्फ प्रथम १२ सय पाउन्ड, दोस्रो पुरस्कार ८ सय पाउन्ड तथा भेट्रानको प्रथम पुरस्कार ११ सय र दोस्रो पुरस्कार ७ सय पाउन्ड रहेको छ । छेलोको विजेताले १ सय ५० पाउन्ड प्रथम पुरस्कार पाउनेछ ।
यस्तै वेस्ट प्लेयर, वेस्ट लिबिरो, वेस्ट क्लकर, वेस्ट सेटर र वेस्ट हिटर हुने खेलाडीले समेत पुरस्कार पाउनेछन् ।
टिम दर्ता पुरुष २ सय पाउन्ड, महिला/भेट्रानको १ सय ५० पाउन्ड र छेलोको १० पाउन्ड शुल्क रहेको छ ।
एनपिएल दोस्रो संस्करणको उपाधि लुम्बिनी लायन्सलाई
नेकपा एमालेको ११औँ महाधिवेशन भव्य समारोहबीच भक्तपुरमा उद्घाटन
नेपालमा थप चार मन्त्री नियुक्त
बेलायतको अर्थतन्त्र आगामी वर्ष सुस्त गतिमा वृद्धि हुन्छ : बीसीसी
नेपालका अर्थमन्त्रीसँग एनआरएनएको छलफल, विकास कोषका लागि नियमावली परिमार्जन गरिने
बेलायतको प्रोपर्टी मार्केटमा हुँदै गरेको परिवर्तनमा बारेमा निशुल्क वेभिनार
हङकङको आगलागीमा बितिन् एनआरएनए युकेका पूर्व अध्यक्ष अशोक श्रेष्ठकी पत्नी
बेलायतमा नेपाली विद्यार्थीलाई आफ्नो कारले ठक्कर दिएको र्यापर स्यामुएको स्वीकार
दर्शकको मन जित्ने आशा गरिएको अर्को चलचित्र ‘मिरमिरे’ आउँदै
पोखरा अन्तर्राष्ट्रिय विमानस्थल निर्माणमा अनियमितता प्रकरण : ५ जना पूर्वमन्त्रीसहित ५५ जनाविरुद्ध भ्रष्टाचार मुद्दा