काठमाडौँ । ‘विपत्विरुद्ध हामी लड्न सक्छौँ’ भन्ने नाराका साथ मंगलबार राजधानीमा ‘ओलम्पिक डे’ मनाइएको छ ।
नेपाल ओलम्पिक कमिटी, स्पोट्र्स फर अल कमिसनको आयोजनामा नेपालमा पनि ‘ओलम्पिक डे’ मनाउन सुरु गरिएको थियो । मोर्डन ओलम्पिक गेम्स जन्म भएको सम्झनामा २३ जुनलाई विश्वभरका २०५ राष्ट्रले ‘ओलम्पिक डे’का रूपमा मनाउँछन् । सन् १८९४ जुन २३ मा अन्तर्राष्ट्रिय ओलम्पिक कमिटी (आइओसी) विधिवत् रूपमा स्थापना भएको थियो ।
लगनखेलस्थित नेपाल आर्मी स्पोट्र्स एन्ड फिजिकल टे«निङ सेन्टरमा ओलम्पियन, खेलाडी, विद्यार्थी, खेल पदाधिकारी तथा खेलप्रेमीको उपस्थितिमा ‘ओलम्पिक डे’ मनाइएको हो ।
नेपालमा ११ दिनसम्म विभिन्न खेलकुद, सांस्कृतिक र शैक्षिक गतिविधिसहित ३२ कार्यक्रम गरी ओलम्पिक डे मनाइएको कमिसनका प्रमुख विष्णुगोपाल श्रेष्ठले बताए । ओलम्पिक डे को विशेष समापन समारोहमा नेपालका ओलम्पियन जितबहादुर केसी, सङ्गीना वैद्य, कमल अधिकारी, राजेन्द्र भण्डारी, चन्द्रकला थापा, देवु थापा, फूलमाया क्याप्छाकी, पुष्पराज ओझा, प्रवीण तुलाधर र टीकाराम श्रेष्ठले ओलम्पिक मसाल लिएर मार्चपास गरेका थिए ।
सो अवसरमा युवा तथा खेलकुदमन्त्री पुरुषोत्तम पौडेलले नेपालले २०२० सम्म ओलम्पिक खेलमा पदम जित्ने तयारी गरिरहेको बताउँदै सन् २०१६ मा ब्राजिलमा हुने ओलम्पिक खेलमा नेपालको उत्साहजनक सहभागिता हुने विश्वास व्यक्त गरे ।
नेपाल ओलम्पिक कमिटीका अध्यक्ष धु्रवबहादुर प्रधानले कुनै पनि भेदभावबिना खेलकुदमा सहभागिता वृद्धि गर्ने र खेलाडीको स्तरवृद्धि गर्ने उद्देश्यले ओलम्पिक डे मनाउन थालिएको जानकारी दिए । नेपालका लागि जापानी राजदूत मासाइ ओगावाले १९६४ पछि २०२० मा जापानले ओलम्पिक खेल आयोजना गर्ने अवसर पाएको बताए ।
नेपालका लागि ब्राजिलका राजदूत मारिया टेरेसाले सन् २०१६ को रियो ओलम्पिकका लागि नेपाललाई निम्तो दिँदै नेपाललाई प्रवेशाज्ञा प्रक्रिया सहज रहेको उल्लेख गरे ।
कार्यक्रममा ओलम्पिक सङ्ग्रहालयका अध्यक्ष क्षितिजअरुण श्रेष्ठलाई कमिटीको मानार्थ सदस्यता प्रदान तथा मार्चपासमा सहभागी नौ ओलम्पियनलाई सम्मान गरिएको थियो । सो अवसरमा गायिका कुन्ती मोक्तान, गायक सत्यराज आचार्य र रोज मोक्तानले साङ्गीतिक प्रस्तुति दिएका थिए ।
यस्तो छ नेपालमा मन्त्रीहरुको मर्यादाक्रम हेरफेर, गुरुङ पाँचौंमा घटुवा
चन्द्र उडानपछि फर्किंदै आर्टेमिस टोली
पूर्वप्रधानमन्त्री ओली र पूर्वगृहमन्त्री लेखकलाई बिहीबारभित्र अनुसन्धान पूरा नभएमा हिरासत मुक्त गर्न सर्वोच्चको आदेश
इरान र अमेरिकाबीच ४५ दिने युद्ध विराम प्रस्ताव
नेपाल पत्रकार महासङ्घ र सञ्चारमन्त्री तिमिल्सिनाबीच सरकारी विज्ञापनसम्बन्धी छलफल
जितबहादुर सिंजाली मगर साहित्य प्रतिष्ठानद्वारा विभिन्न पुरस्कार घोषणा
लन्डन दूतावासमा २५ अप्रिलमा नेपाली बालबालिकाका लागि ‘वान चाइल्ड, वान प्लान्ट’ कार्यक्रम हुने
भूपू गोर्खाहरूलाई नागरिकको दर्जामा राख्न नेपाल सरकारसँग सांसद हर्कराज राईको माग
संसद्मा रवि लामिछानेको उद्घोष – ‘एकपटकको नेपाली सधैंको नेपाली’को वाचा पूरा गरेरै छाड्छौं
एनआरएनएले प्रवासी नेपाली श्रमिकका लागि १० अप्रिलमा मानसिक स्वास्थ्य सचेतना कार्यक्रम गर्ने