
काठमाडौँ । नेपाल–बेलायत संसदीय मैत्री समूहको पहिलो बैठक सम्पन्न भएको छ । बैठकको संयोजन प्रतिनिधिसभा सदस्य विराजभक्त श्रेष्ठले गर्नुभएको थियो । संयोजक श्रेष्ठले नेपाल र बेलायतबीचको दीर्घकालीन सम्बन्धलाई अझ सुदृढ बनाउने उद्देश्यसहित संसदीय मैत्री समूहलाई थप सक्रिय र प्रभावकारी बनाउने निर्णय भएको जानकारी दिनुभयो ।
बैठकमा समूहका सदस्य सांसदहरूबीच नेपाल–बेलायत सम्बन्धका विविध आयामहरूबारे छलफल भएको थियो । संयोजक श्रेष्ठले समूहले आगामी दिनमा दुवै देशका सांसदहरूबीच नियमित संवाद, अनुभव आदानप्रदान र आपसी समझदारी अभिवृद्धि गर्ने कार्यक्रमलाई प्राथमिकता दिने जानकारी दिनुभयो ।
बैठकमा दुई देशबीचको ऐतिहासिक सम्बन्धलाई थप गहिरो बनाउँदै संसदीय कूटनीतिलाई संस्थागत र सशक्त बनाउन अग्रसर हुने प्रतिबद्धता व्यक्त गरिएको छ । नेपाल–बेलायत संसदीय मैत्री समूहले आगामी दिनमा दुवै देशका हितमा काम गर्ने रणनीतिसहित योजनाबद्ध गतिविधि सञ्चालन गर्ने तयारी गरेको छ ।
अमेरिकी एयरलाइन्सले एक हजार उडान रद्द गर्यो, सरकारी बन्दको असर बढ्दै
हङकङ इन्टरनेशनल सिक्सेस प्रतियोगिता : नेपालद्वारा भारत ९२ रनले पराजित
नेपाली कांग्रेस नेता एवं पूर्वमन्त्री अफताव आलमको निधन
११ राजदूत फिर्तासँगै परराष्ट्रकै कर्मचारीलाई तोकियो कार्यवाहक, बेलायतमा दुवाडी
‘जारी २: सङ अफ च्याब्रुङ’ र ‘मन बिनाको धन’ एकसाथ प्रदर्शनमा
बेलायतमा ८ नोभेम्बरमा जीआरएनसीको ‘रिमेम्बरेन्स डे’समारोह
लन्डन जाने रेलमा छुरा प्रहार : ९ जना गम्भीर घाइते, दुई संदिग्ध पक्राउ
बेलायतसहित देशका नेपाली राजदूत फिर्ता बेलाउने सरकारको निर्णय कार्यान्वयन नगर्न सर्वोच्चको आदेश
नेपाल बाहिर रहेका नेपालीलाई मतदान अधिकार प्रदान गर्ने विषयमा छलफल
आइसिसी विश्वकप क्रिकेट लिग-२ : नेपाल अमेरिकासँग ४ विकेटले पराजित