
लन्डन । नेपाली चर्चित खेलाडी सावित्रा भण्डारी ‘साम्बा’ बेलायत आउनुभएको छ ।
तमुधीं यूकेको आयोजनामा मे २५ तारिखमा हुने गोर्खा कप फुटबल प्रतियोगितामा सहभागी हुन साम्बा बिहीबार साँझ लन्डनस्थित हिथ्रो एयरपोर्टमा ओर्लिनुभएको हो । उहाँलाई एयरपोर्टमा गोर्खा कप आयोजक तमुधीं यूकेका अध्यक्ष जुमकाजी गुरुङ, उपाध्यक्ष कमल गुरुङ, सचिव विमल गुरुङ, खेल सचिव दीपक घले, तमुधीं यूके आमा समूह अध्यक्ष कमलादेवी गुरुङ, तमुधीं यूके सल्लाहकार तथा एनआरएनए आईसीसी सदस्य दिलरास गुरुङ, सहारा यूके अध्यक्ष कृष्ण गुरुङ, निवर्तमान अध्यक्ष ले.रि कुसाङ गुरुङलगायतले स्वागत गर्नुभएको थियो ।
फ्रान्समा व्यावसायिक रुपमा फुटबल खेलिरहनुभएकी उहाँ फ्रान्सबाट सिधै लन्डन आउनुभएको हो । गोर्खा कपको २३औँ संस्करण २५ मे आइतबार अल्डरसटस्थित क्वीन्स एभिन्यू खेल मैदानमा हुनेछ ।
गोर्खा कपको तयारी अन्तिम चरणमा पुगेको तमुधिं यूकेले जनाएको छ । खेल बिहान ९.३० बजेबाटै खेल सुरु भई साँझ ८ बजे समापन हुनेछ ।

बेलायतमा जलवायु सङ्कट गहिरिँदै
सदनमा मन्त्रीहरू नियमित उपस्थित हुन श्रम संस्कृति पार्टीको माग
रुसी तेलसम्बन्धी नयाँ प्रतिबन्ध कार्यान्वयनमा बेलायत सरकारको ढिलाइ
नेपाल मगर संघको १३ औँ राष्ट्रिय महाधिवेशन काठमाडौंमा
क्यालिफोर्नियामा भीषण आगलागी, १७ हजार विस्थापित
‘लाहुरेनी सौन्दर्य’ भित्र के के रैछन् त ? [प्रतिक्रिया]
ई–बिडिङ प्रकरणमा पूर्वमन्त्री विक्रम पाण्डेसहित ११ जनालाई धरौटीमा छाड्न आदेश
बेलायतको बदलिँदो राजनीति : जनता किन खोज्दैछन् नयाँ विकल्प ?
ध्यान शिविरहरु संचालन गर्न स्वामी आनन्द अर्हत लन्डनमा
बेलायतमा २४ औं गोर्खा कपमा ५६ टिम भिड्ने, ३ लाख ५० हजार पाउन्डभन्दा बढी खर्च हुने अनुमान