
लन्डन । नेपाली चर्चित खेलाडी सावित्रा भण्डारी ‘साम्बा’ बेलायत आउनुभएको छ ।
तमुधीं यूकेको आयोजनामा मे २५ तारिखमा हुने गोर्खा कप फुटबल प्रतियोगितामा सहभागी हुन साम्बा बिहीबार साँझ लन्डनस्थित हिथ्रो एयरपोर्टमा ओर्लिनुभएको हो । उहाँलाई एयरपोर्टमा गोर्खा कप आयोजक तमुधीं यूकेका अध्यक्ष जुमकाजी गुरुङ, उपाध्यक्ष कमल गुरुङ, सचिव विमल गुरुङ, खेल सचिव दीपक घले, तमुधीं यूके आमा समूह अध्यक्ष कमलादेवी गुरुङ, तमुधीं यूके सल्लाहकार तथा एनआरएनए आईसीसी सदस्य दिलरास गुरुङ, सहारा यूके अध्यक्ष कृष्ण गुरुङ, निवर्तमान अध्यक्ष ले.रि कुसाङ गुरुङलगायतले स्वागत गर्नुभएको थियो ।
फ्रान्समा व्यावसायिक रुपमा फुटबल खेलिरहनुभएकी उहाँ फ्रान्सबाट सिधै लन्डन आउनुभएको हो । गोर्खा कपको २३औँ संस्करण २५ मे आइतबार अल्डरसटस्थित क्वीन्स एभिन्यू खेल मैदानमा हुनेछ ।
गोर्खा कपको तयारी अन्तिम चरणमा पुगेको तमुधिं यूकेले जनाएको छ । खेल बिहान ९.३० बजेबाटै खेल सुरु भई साँझ ८ बजे समापन हुनेछ ।

नेपाल सरकारले अब दुई कार्यदिनभित्रै राहदानी उपलब्ध गराउने
यात्रुलाई अमर्यादित व्यवहार गर्ने ट्याक्सी र चालकलाई पोखरा अन्तरराष्ट्रिय विमानस्थलमा प्रवेशमा रोक
नेपाली दूतावास लन्डनमा पहिलो पटक ध्यान शिविर आयोजना, करिब ४० जना सहभागी
आइसीसी महिला टी–२० विश्वकप ग्लोबल छनोट:खेल तालिका सार्वजनिक
अमेरिकामा भएको नेपाली गायन र नृत्य प्रतियोगितामा आर्या र खुसी विजयी
लन्डनमा नयाँ शैक्षिक प्रविधि प्लेटफर्म ‘टेडुनेट’ सार्वजनिक
नेकपा एमालेको अध्यक्षमा ओली र महासचिवमा पोखरेल निर्वाचित
बेलायत पठाउने भन्दै ५२ लाख ठगी गर्ने पोखराका बराइली पक्राउ
नेकपा एमालेको ११ औं महाधिवेशन : धमाधम मतगणना, कसलाई कति मत ?
६ वर्षे एमबीबीएसको पूर्ण छात्रवृत्तिका लागि एनआरएनएद्वारा आवेदन आह्वान