
काठमाडौँ । मानव तस्करसँग सेटिङको आरोपमा पक्राउ परेका गृह मन्त्रालयका सहसचिव तीर्थराज भट्टराई केही घण्टामै छुटेका छन् ।
अख्तियार दुरुपयोग अनुसन्धान आयोगले बोलाएको बखत उपस्थित हुने गरी भट्टराईलाई बुधबार राति कागज गराएर छोडेको हो । उनलाई बिहीबार अख्तियारमा उपस्थित हुन निर्देशन दिइएको छ ।
भिजिट भिसाको आवरणमा मानव तस्करसँग सेटिङ गरेर नेपालीलाई विभिन्न मुलुक पठाएको आरोपमा अनुसन्धानका लागि उनलाई अख्तियारले बुधबार दिउँसो नियन्त्रणमा लिएको थियो । त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थल कार्यालयका प्रमुख अध्यागमन अधिकृत रहेका भट्टराई मंगलबार बेलुका आकस्मिक रुपमा गृह मन्त्रालयमा तानिएका थिए ।
अख्तियारले भट्टराईलाई पक्राउ गर्नुअघि विमानस्थल अध्यागमन कार्यालयबाट कम्प्युटरलगायत विद्युतीय डिभाइस र कागजातसमेत नियन्त्रणमा लिएको छ ।
यो प्रकरणमा अख्तियारले सीआईटी कलेजमा कार्यरत कविता पौडेल, भक्तपुरका खगेन्द्र सुवेदी र काठमाडौं हात्तीसारस्थित ट्राभल एन्जेसी ग्रिनलाइन होलिडेजका सञ्चालक बालकृष्ण खड्काबाट समेत मोबाइल, ल्यापटप तथा अन्य कागजात पनि नियन्त्रणमा लिएको छ ।
भेनेजुएलामा शक्तिशाली भूकम्प : कम्तीमा १६४ जनाको मृत्यु, ९७१ घाइते [अपडेट]
वरिष्ठ मुटुरोग विशेषज्ञ डा. लिम्बूको ‘मुटु र रक्तनली रोग’ पुस्तक सार्वजनिक
भेनेजुएलामा शक्तिशाली भूकम्प, कहाँ कहाँ पुग्यो क्षति ?
विश्वकप फुटबलः समूह सी बाट ब्राजिल र मोरक्को नकआउट चरणमा प्रवेश
बेलायतमा ८ अगस्टमा ३२औँ अन्तर्राष्ट्रिय आदिवासी जनजाति महोत्सव हुने
नेपाल पत्रकार महासंघ यूकेको भर्चुअल बैठक : के के भए निर्णय ?
नेपाली वृद्धवृद्धामाथि आक्रमण : दोषीलाई कानुनी दायरामा ल्याउन दूतावासको आग्रह
बेलायतमा नेपाली वृद्धाहरुमाथिको आक्रमणबारे जीआरएनसीले दियो काउन्सिल र प्रहरीलाई जानकारी
वेल्समा नेपाली टोलीबीच मैत्रीपूर्ण फुटबल : १–१ गोलको बराबरीमा सकियो
लन्डनमा रेल दुर्घटना : चालकको मृत्यु, ८९ जना घाइते