
काठमाडौँ । मानव तस्करसँग सेटिङको आरोपमा पक्राउ परेका गृह मन्त्रालयका सहसचिव तीर्थराज भट्टराई केही घण्टामै छुटेका छन् ।
अख्तियार दुरुपयोग अनुसन्धान आयोगले बोलाएको बखत उपस्थित हुने गरी भट्टराईलाई बुधबार राति कागज गराएर छोडेको हो । उनलाई बिहीबार अख्तियारमा उपस्थित हुन निर्देशन दिइएको छ ।
भिजिट भिसाको आवरणमा मानव तस्करसँग सेटिङ गरेर नेपालीलाई विभिन्न मुलुक पठाएको आरोपमा अनुसन्धानका लागि उनलाई अख्तियारले बुधबार दिउँसो नियन्त्रणमा लिएको थियो । त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थल कार्यालयका प्रमुख अध्यागमन अधिकृत रहेका भट्टराई मंगलबार बेलुका आकस्मिक रुपमा गृह मन्त्रालयमा तानिएका थिए ।
अख्तियारले भट्टराईलाई पक्राउ गर्नुअघि विमानस्थल अध्यागमन कार्यालयबाट कम्प्युटरलगायत विद्युतीय डिभाइस र कागजातसमेत नियन्त्रणमा लिएको छ ।
यो प्रकरणमा अख्तियारले सीआईटी कलेजमा कार्यरत कविता पौडेल, भक्तपुरका खगेन्द्र सुवेदी र काठमाडौं हात्तीसारस्थित ट्राभल एन्जेसी ग्रिनलाइन होलिडेजका सञ्चालक बालकृष्ण खड्काबाट समेत मोबाइल, ल्यापटप तथा अन्य कागजात पनि नियन्त्रणमा लिएको छ ।
नेपाल सरकारले अब दुई कार्यदिनभित्रै राहदानी उपलब्ध गराउने
यात्रुलाई अमर्यादित व्यवहार गर्ने ट्याक्सी र चालकलाई पोखरा अन्तरराष्ट्रिय विमानस्थलमा प्रवेशमा रोक
नेपाली दूतावास लन्डनमा पहिलो पटक ध्यान शिविर आयोजना, करिब ४० जना सहभागी
आइसीसी महिला टी–२० विश्वकप ग्लोबल छनोट:खेल तालिका सार्वजनिक
अमेरिकामा भएको नेपाली गायन र नृत्य प्रतियोगितामा आर्या र खुसी विजयी
नेकपा एमालेको अध्यक्षमा ओली र महासचिवमा पोखरेल निर्वाचित
नेकपा एमालेको ११ औं महाधिवेशन : धमाधम मतगणना, कसलाई कति मत ?
दुर्घटनामा मृत्यु भएका युबिन तामाङको बेलायतमै अन्त्येष्टि
बेलायतको अल्डरसटमा नेपाली दूतावासको घुम्ती शिविर, राहदानी र कन्सुलर सेवा एकै ठाउँमा
सहकारी ठगी मुद्दा : रास्वपा सभापति लामिछानेलाई रिहा गर्न अदालतको आदेश