
लन्डन । मगर संघ युकेले हरेक वर्ष गर्दै आइरहेको नेपाली ओपन कन्सर्ट यस वर्ष १४ जुन २०२५ मा हुने भएको छ ।
फानबोरोको रग्बी क्लबमा १४ जुनमा १७औं नेपाली ओपन कन्सर्ट आयोजना गरिने मगर संघ यूकेका अध्यक्ष लालबहादुर पुन (लालु) ले जानकारी दिनुभएको छ । कार्यक्रमको तयारी जारी रहेको अध्यक्ष पुनले बताउनुभयो । उहाँका अनुसार कार्यक्रम बिहानको ११ बजेदेखि सुरु हुनेछ ।
आफ्नो कला, संस्कार, संस्कृतिलाई जीवन्त राख्न र सबै समुदायसँग गीत सङ्गीतबाट एकताको सुत्रमा बाँध्न, सबै उमेरका महानुभाव दर्शक श्रोतालाई मनोरञ्जन दिनकै लागि हरेक वर्ष नेपालबाट आउने ख्याति प्राप्त कलाकारहरुको उपस्थितिमा नेपाली ओपन कन्सर्ट हुने गर्छ । यस वर्ष कुन-कुन कलाकार कन्टर्समा आउने भन्ने आयोजकले जानकारी गराइसकेको छैन ।
गत वर्ष भने मंगोलियन हार्टका गायक राजु लामा,नरेश पुनमगर, मुना मगर, ललित पुन मगर, यज्ञ विक, प्रेम विवश घर्तीलगायतले प्रस्तुति दिनुभएको थियो । साथमा सिक्का ब्यान्डको प्रस्तुति थियो ।
सबैलाई कार्यक्रममा सहभागिताका लागि सुलभ टिकट दर तोकिएको जानकारी कार्यक्रम प्रमुख संयोजक एवं मगर संघ यूकेका वरिष्ठ उपाध्यक्ष रुद्र थापा र संयोजक महासचिव गोमन पुनले बताउनुभएको छ । वयस्कलाई अग्रिम टिकट लिँदा २५ पाउन्ड र गेटमा लिँदा ३० पाउन्ड तोकिएको छ भने बालबालिका र ज्येष्ठ नागरिकलाई अग्रिम लिँदा २० पाउन्ड र गेटमा २५ पाउन्ड तोकिएको छ ।
संघका अध्यक्ष पुनले कार्यक्रम सभ्य, भव्य र सफल बनाउन सबैलाई उपस्थितिका लागि अनुरोध गर्दै स्टल र अन्य विस्तृत जानकारी पछि सार्वजनिक गर्ने बताउनुभयो । कन्सर्टस्थलमा नेपाली खाना र सामग्रीलगायत विभिन्न व्यापारिक स्टल रहनेछन् ।
मगर संघ यूकेले ‘एकताका लागि संगीत’ सन्देशसहित सन् २००७ देखि नै बर्सेनि नेपालबाट कलाकार झिकाएर बेलायतमा ओपन कन्सर्ट गर्दै आएको छ ।
व्हिटसन: बेलायतको परम्परा र आधुनिकताको मिश्रण
सर्वोच्च अदालतद्वारा पूर्वप्रधानमन्त्री शेरबहादुर देउवालाई पक्राउ नगर्न अन्तरिम आदेश जारी
नेपाल मगर संघमा नयाँ नेतृत्व चयन, अध्यक्षमा रक्षाबहादुर रैका
बेलायतमा २४ औं गोर्खा कपको उपाधि राङभाङ समाज यूकेले जित्यो
स्कटल्याण्डको एवर्डिनमा बाल साहित्य गोष्ठी सम्पन्न