
काठमाडौँ । नेपाली साहित्यमा कवि तथा कथाकारका रूपमा स्थापित ब्रिटिस गोर्खा सैन्य सेवाबाट अवकाशप्राप्त रक्ष राई पछिल्लो समय विचारक तथा सिद्धान्तकारका रूपमा चिनिएका छन् । मिजास तेम्बेसँगको सहलेखनमा वि.सं. २०६८ मा ‘नवचेतनाग्रह’ नामक नितान्त नवीन सैद्धान्तिक ग्रन्थ प्रकाशनमा ल्याएका राईले तेम्बेसँगकै सहलेखनमा वि.सं. २०७२ मा ‘डायस्पोरा सिद्धान्तः सिर्जना र समालोचना’ नामक डायस्पोरिक सैद्धान्तिक ग्रन्थ प्रकाशनमा ल्याए । भोक्ताहरूका तर्फबाट प्रकाशनमा आएको संभवतः यो नै पहिलो सैद्धान्तिक ग्रन्थ थियो । त्यसपछि राईको मन सिद्धान्तमै रमायो । वि.सं. २०७९ मा ‘युद्ध सौन्दर्य चिन्तन’ ल्याएका राईले हालै ‘डायस्पोराः अवधारणा र अभ्यास’ नामक सैद्धान्तिक ग्रन्थ लेखेका छन् । ग्रन्थ रत्न पुस्तक भण्डारले प्रकाशन गरेको हो ।
‘डायस्पोराः अवधारणा र अभ्यास’ (गोर्खाली आप्रवासनको सन्दर्भ) नामक यस ग्रन्थमा अवधारणा र अभ्यास गरी दुई खण्ड छन् । अवधारणा खण्डमा सङ्क्षिप्त विश्व आप्रवासन, पुरानो र आधुनिक डायस्पोरा, ग्लोबल तथा समकालीन डायस्पोरा, अवधारणा, विधि र पद्धतिहरूका साथै नेपाली आप्रवासन र डायस्पोरा विषय समेटिएको छ । यसै गरी दोस्रो खण्डमा बेलायती नेपाली डायस्पोराका साथै साहित्य र सिर्जनाका विषयमा लेखिएको छ । प्रख्यात डायस्पोरिक समालोचक प्रा.डा. गोविन्दराज भट्टराईले एक विद्याधारिधि गर सरह परिश्रमले सिँचिएको ग्रन्थ प्रत्येक प्राज्ञिक अनुष्ठानमा पुग्नुपर्ने विचार व्यक्त गरेका छन् । उनले लेखेका छन्, “नेपाल–भारतका नेपाली समुदायले अध्ययन–अध्यापन गर्ने विश्वविद्यालय र कलेजमा यस ग्रन्थ पुगोस् ।” डायस्पोरिक साहित्यको अध्ययन तथा अनुसन्धान गर्न चाहने अध्येता तथा अध्यापकहरूका लागि उपयोगी ६४० पृष्ठको उक्त ग्रन्थकोे मूल्य रु. ११९९ रहेको छ ।
फोटो पत्रकार पूर्णिमा श्रेष्ठ छैटौँ पटक सगरमाथा शिखरमा
बेलायतमा जलवायु सङ्कट गहिरिँदै
सदनमा मन्त्रीहरू नियमित उपस्थित हुन श्रम संस्कृति पार्टीको माग
रुसी तेलसम्बन्धी नयाँ प्रतिबन्ध कार्यान्वयनमा बेलायत सरकारको ढिलाइ
नेपाल मगर संघको १३ औँ राष्ट्रिय महाधिवेशन काठमाडौंमा
‘लाहुरेनी सौन्दर्य’ भित्र के के रैछन् त ? [प्रतिक्रिया]
बेलायतको बदलिँदो राजनीति : जनता किन खोज्दैछन् नयाँ विकल्प ?
ध्यान शिविरहरु संचालन गर्न स्वामी आनन्द अर्हत लन्डनमा
बेलायतमा २४ औं गोर्खा कपमा ५६ टिम भिड्ने, ३ लाख ५० हजार पाउन्डभन्दा बढी खर्च हुने अनुमान
नेपाल सरकारको नीति तथा कार्यक्रमले खोजेको समृद्धि