काठमाडौं । नेपाल क्रिकेट सङ्घ (क्यान)ले नेपालमा आयोजना हुने आइसिसी यु–१९ पुरुष विश्वकप क्रिकेट एसिया छनोट खेल्ने टोलीको घोषणा गरेको छ ।

क्यानले मंगलबार नरेन भट्टको कप्तानीमा १४ सदस्यीय नेपाली टोलीको घोषणा गरेको हो । सो टोलीमा अभिषेक तिवारी, नीरज यादव, साहिल पटेल, सिब्रीन श्रेष्ठ, रोशन विश्वकर्मा, दिलसाद अलि र दर्श सोनार छनोट भएका छन् ।
त्यसैगरी सन्तोष यादव, अशोक धामी, दयानन्द मण्डल, अप्राजित पौडेल, युवराज खत्री र विपिनप्रसाद शर्मा पनि छनोटमा परेका छन् । माथिल्लो मूलपानी अन्तरराष्ट्रिय क्रिकेट मैदानमा नेपालले युएईसँग खेल्दै प्रतियोगिताको सुरुआत गर्नेछ । यी दुईबीचको खेल यही चैत ३१ गते हुनेछ ।
नेपालले आफ्नो दोस्रो खेल आगामी वैशाख ३ गते हङकङसँग खेल्ने जनाइएको छ ।
फोटो पत्रकार पूर्णिमा श्रेष्ठ छैटौँ पटक सगरमाथा शिखरमा
बेलायतमा जलवायु सङ्कट गहिरिँदै
सदनमा मन्त्रीहरू नियमित उपस्थित हुन श्रम संस्कृति पार्टीको माग
रुसी तेलसम्बन्धी नयाँ प्रतिबन्ध कार्यान्वयनमा बेलायत सरकारको ढिलाइ
नेपाल मगर संघको १३ औँ राष्ट्रिय महाधिवेशन काठमाडौंमा
‘लाहुरेनी सौन्दर्य’ भित्र के के रैछन् त ? [प्रतिक्रिया]
बेलायतको बदलिँदो राजनीति : जनता किन खोज्दैछन् नयाँ विकल्प ?
ध्यान शिविरहरु संचालन गर्न स्वामी आनन्द अर्हत लन्डनमा
बेलायतमा २४ औं गोर्खा कपमा ५६ टिम भिड्ने, ३ लाख ५० हजार पाउन्डभन्दा बढी खर्च हुने अनुमान
नेपाल सरकारको नीति तथा कार्यक्रमले खोजेको समृद्धि