लन्डन । साउथ इस्ट लन्डनस्थित चाल्टर्न नेपाली समाजले आगामी ५ जुलाईमा गर्न लागेको वार्षिक समर बीबीक्यू कार्यक्रम भूकम्प पीडितको सहयोगमा समर्पित हुने भएको छ ।
देशमा भूकम्पले पुर्याएको अकल्पनीय क्षति र पीडाबीच भूकम्प पीडितहरुकै लागी सहयोग जुटाउन यस वर्षको कार्यक्रम समर्पित गरिने जानकारी समाजका सचिव टि एन रिजालले दिएका छन् । यस अघि चाल्टर्न नेपाली समाजले नेपालमा तत्कालिन राहत स्वरुप ६ लाख रुपैयां बराबरको राहत सामग्री देशका विभिन्न भागमा वितरण गरिसकेको छ । अबको कार्यक्रमबाट हुने सहयोग पुनस्थापनाको रुपमा पुग्ने जनाइएको छ ।
चाल्टर्न मेरिडियन स्पोर्ट्स क्लवको खुला ग्राउण्ड्मा आयोजना गर्न लागिएको कार्यक्रममा बीबीक्यू खानासहित सांस्कृतिक कार्यक्रम, डिजे, भलिवल प्रतियोगिता लगायत मनोरन्जनात्मक कार्यक्रम समावेश हुनेछ । सबै सुविधाका लागि जनही दश पाउण्ड र पांच देखि ११ वर्षसम्मका बच्चाका लागि ५ पाउण्डमात्र तोकिएको जानकारी उपाध्यक्ष टंक कंडेलले दिए । अबको दुई साता पछि हुन लागेको उक्त ओपन गेट टुगेदर प्रोग्राममा सहभागी भएर पीडितको राहतमा सघाउन समाजले सबैमा आवहान गरेको छ । यस पटक शुपथ मुल्यमा क्यटरिङ्गको जिम्मेवारी संस्थापक अध्यक्ष सुरज केसीले लिएका छन् ।
सप्ताहन्त चाल्टर्न हाउसमा अध्यक्ष रोमनाथ पाण्डेको अध्यक्षतामा बसेको कार्यसमिति तथा सल्लाहकारहरुको बैठकले कार्यक्रम आयोजनाको विविध पक्षबारे छलफल गर्दै उक्त निर्णय गरेको हो । बैठकले भूकम्प राहतको वितरणमा तत्कालिन अवस्थामा नेपालमा समाजको तर्फबाट भूमिका निभाउने सबैलाई धन्यवाद ज्ञापन गरेको छ । बैठकमै सम्बन्धितहरुबाट नेपालमा राहत वितरण पछिको रिपोर्ट समेत प्रस्तुत गरिएको थियो ।
रुसी तेलसम्बन्धी नयाँ प्रतिबन्ध कार्यान्वयनमा बेलायत सरकारको ढिलाइ
नेपाल मगर संघको १३ औँ राष्ट्रिय महाधिवेशन काठमाडौंमा
क्यालिफोर्नियामा भीषण आगलागी, १७ हजार विस्थापित
अमेरिकाको कोलोराडोमा अन्तर्राष्ट्रिय नेपाली साहित्य सम्मेलन
नेपालको प्रतिनिधिसभा सांसदलाई मर्यादित हुन सभामुखको आग्रह
‘लाहुरेनी सौन्दर्य’ भित्र के के रैछन् त ? [प्रतिक्रिया]
ई–बिडिङ प्रकरणमा पूर्वमन्त्री विक्रम पाण्डेसहित ११ जनालाई धरौटीमा छाड्न आदेश
पूर्वगृहमन्त्री सुधन गुरुङका सम्बन्धमा छानबिन गर्न समिति गठन
बेलायतको बदलिँदो राजनीति : जनता किन खोज्दैछन् नयाँ विकल्प ?
तीन दिने वज्रसत्व महासाधनाका लागि लन्डन आइपुगे धर्मगुरु लुङ्गरिक रिन्पोछे