कास्की । पर्यटकीय राजधानी पोखराका होटलले पर्यटकलाई लक्षित गरी नयाँ वर्षमा होटलको दररेटमा २० प्रतिशत सहुलियत प्रदान गर्ने भएका छन् ।

नेपाली संस्कृतिको संरक्षण, नेपाली खाना तथा आन्तरिक एवं बाह्य पर्यटन प्रवर्द्धन गर्ने उद्देश्यले होटल सङ्घ पोखराद्वारा पर्यटकीय लेकसाइडमा गर्न लागिएको २०औँ फेवा नववर्ष महोत्सव २०८१ का बारेमा जानकारी दिन आज यहाँ आयोजित पत्रकार सम्मेलनमा पर्यटकलाई उक्त छुट दिन लागिएको बताइएको हो ।
यही चैत ३० देखि आगामी वैशाख १ गतेसम्म फेवा किनारमा गर्न लागिएको उक्त महोत्सवमा नेपाली खाना तथा मौलिक संस्कृतिको प्रचारप्रसार एवं पर्यटन प्रवर्द्धन गरी पर्यटकको बसाइ लम्ब्याइने जानकारी सङ्घका अध्यक्ष लक्ष्मण सुवेदीले दिनुभयो ।
देशको अर्थतन्त्र सुस्ताएको अवस्थामा अर्थतन्त्र चलायमान बनाउन महोत्सवले सहयोग पु-याउने जानकारी दिँदै उहाँले महोत्सव सम्पन्न गर्न रु ५० लाख खर्च लाग्ने बताउनुभयो । ‘जाउँ है पोखरा ’ अन्तर्गत सङ्घले घुमघाम पोखरा, शैक्षिक भ्रमण पोखरा, मधुमास पोखरा जस्ता सहुलियत प्याकेज पनि पर्यटकका लागि घोषणा गरेको छ ।
महोत्सव सम्पन्न गर्न २१ वटा समिति गठन गरिएको जानकारी दिँदै उहाँले महोत्सव स्थलमा विभिन्न सांस्कृतिक कार्यक्रम, लोक दोहोरी, खेलकुद, पर्यटक दौड, पप कन्सर्ट, कृषि एवं हस्तकलाका सामग्री प्रदर्शनी गरिने बताइएको छ । महोत्सव पोखराको ड्यामसाइटबाट खहरेसम्मको तीन किलो मिटर दुरीको सडक तथा फेवाताल किनारमा हुनेछ ।
पोखराका होटलमा ४० हजार पर्यटक क्षमता भएकामा हाल स्वदेशी तथा विदेशी गरी ४० प्रतिशत ‘अकुपेन्सी’ पुगेको अध्यक्ष सुवेदीले जानकारी दिनुभयो ।
पोखरा महानगरपालिकाले सन् २०२५ लाई पोखरा भ्रमण वर्ष घोषणा गरेसँगै यतिवेला आन्तरिक एवं भारतीय पर्यटकको सङ्ख्या बढेको छ ।
फोटो पत्रकार पूर्णिमा श्रेष्ठ छैटौँ पटक सगरमाथा शिखरमा
बेलायतमा जलवायु सङ्कट गहिरिँदै
सदनमा मन्त्रीहरू नियमित उपस्थित हुन श्रम संस्कृति पार्टीको माग
रुसी तेलसम्बन्धी नयाँ प्रतिबन्ध कार्यान्वयनमा बेलायत सरकारको ढिलाइ
नेपाल मगर संघको १३ औँ राष्ट्रिय महाधिवेशन काठमाडौंमा
‘लाहुरेनी सौन्दर्य’ भित्र के के रैछन् त ? [प्रतिक्रिया]
बेलायतको बदलिँदो राजनीति : जनता किन खोज्दैछन् नयाँ विकल्प ?
ध्यान शिविरहरु संचालन गर्न स्वामी आनन्द अर्हत लन्डनमा
बेलायतमा २४ औं गोर्खा कपमा ५६ टिम भिड्ने, ३ लाख ५० हजार पाउन्डभन्दा बढी खर्च हुने अनुमान
बेलायतमा डुप्सीङ्ग रिन्पोछेद्वारा बीसीसी गुम्बामा प्रवचन