ग्रेटर नोएडा । अन्तर्राष्ट्रिय महिला दिवसको अवसरमा भारतको ग्रेटर नोएडामा आयोजना गरिएको ‘राष्ट्र शक्ति शिखर सम्मेलन’मा नेपालकी गायिका मिलन नेवार लाई ‘स्वर कोकिला लता मंगेशकर सम्मान २०२५’ले सम्मान गरिएको छ ।

संगीत क्षेत्रमा उहाँले नेपाल र भारतमा पुर्याएको उत्कृष्ट योगदानको लागि सम्मान प्रदान गरिएको आयोजकले जनाएको छ ।
नेवार अहिलेको नेपाली संगीतमा अत्यन्तै व्यस्त र लोकप्रिय गायिकामध्येकी अग्रस्थानमा रहनुभएकी गायिका हुनुहुन्छ । उहाँले नेपाली भाषाबाहेक १० भन्दा बढी भाषामा सयौं गीतमा आवाज दिनुभएको छ । उहाँले दर्जनौं सांगीतिक अवार्डहरूसहित विभिन्न सम्मान प्राप्त गर्नुभएको छ भने दर्जनौं गीतहरू चर्चित रहेको छ ।
सम्पर्क क्रान्ति परिवारद्वारा आयोजित कार्यक्रममा विभिन्न क्षेत्रका प्रतिष्ठित महिलाहरूलाई ‘राष्ट्र शक्ति शिरोमणि सम्मान’, ‘राष्ट्र तेजस्विनी सम्मान’, ‘राष्ट्र यशस्विनी सम्मान’ लगायत विधामा सम्मान प्रदान गरियो ।
कार्यक्रममा महिला सशक्तिकरण, शिक्षा, स्वास्थ्य, सुरक्षा र स्वालम्बनजस्ता विषयहरूमा गम्भीर छलफलसमेत भएको थियो ।

नेपालबाट सम्मान ग्रहण गर्न उपस्थित गायिका नेवारले आफ्नो सम्मानलाई नेपाली संगीत र संस्कृतिको प्रतिनिधित्व गर्ने अवसरको रूपमा लिएको बताउनुभयो । उहाँले यो सम्मान आफ्नो लागि मात्र नभएर सम्पूर्ण नेपाल देशकै लागि भएको महसुस गरेको बताउँदै सबै नेपाली र नेपाली संगीत क्षेत्रका महिलाहरूको सम्मान भएको हिसाबमा आफूले लिएको भन्दै धन्यवाद दिनुभयो । उहाँले यो सम्मानले नेपाली महिलाहरूलाई अन्तर्राष्ट्रिय मञ्चमा पहिचान दिलाउने काम गरेकोमा खुशी व्यक्त गर्नुभयो ।
साथै यो सम्मान आफ्नो सांगीतिक जीवनको एउटा महत्वपूर्ण उपलब्धि भएकोमा गर्व लागेको बताउनुभयो । उक्त अवसरमा भारतका विभिन्न राज्यबाट आएका प्रतिभाशाली महिलाहरूले आफ्ना अनुभव र सफलताका कथाहरू सुनाए ।
सांस्कृतिक प्रस्तुतिहरूले समारोहलाई अत्यन्तै रमाइलो बनाएको थियो।
बेलायतमा नेपाली विद्यार्थी कौशल ठाकुरको मृत्यु, शव नेपाल पठाउन एनआरएनए यूकेद्वारा सहयोगको आग्रह
राष्ट्रिय स्वतन्त्र पार्टीको सभापतिमा रवि लामिछाने निर्विरोध निर्वाचित
बेलायतका प्रधानमन्त्री स्टार्मरको राजीनामापछि बेलायत–इयू शिखर सम्मेलन स्थगित
आकर्षक सुविधाको मोहमा विदेश पलायन हुँदैछन् नेपाली चिकित्सक
बेलायतका प्रधानमन्त्री स्टार्मरको युक्रेन सहायताको प्रशंसा
पूर्वगोर्खा वृद्ध, वृद्धा नेपालीमाथि बेलायतमा आक्रमण
नेपाल पत्रकार महासंघ यूकेको भर्चुअल बैठक : के के भए निर्णय ?
वेपत्ता नागरिकलाई अविलम्ब सार्वजनिक गर्न सरोकारवालाको जोड
नेपाली वृद्धवृद्धामाथि आक्रमण : दोषीलाई कानुनी दायरामा ल्याउन दूतावासको आग्रह
विश्वकप फुटबल : अर्जेन्टिनाको विजयी सुरुआत, अल्जेरिया पराजित