लन्डन बेलायत निवासी पूर्वगोर्खा तथा गोर्खा मिडियाका प्रबन्ध निर्देशक मिलन तमुको शब्द रचनामा ‘रोधी घरको आँगन-४’ गीत सार्वजनिक भएको छ ।

गोर्खा मिडिया यूकेको प्रस्तुति रहेको कौडा/चुड्का गीत शुक्रबार आरके गुरुङको युट्युब च्यानलबाट रिलिज गरिएको हो ।
गोर्खा मिडियाका प्रबन्ध निर्देशक तमुको गीत गायक रामकुमार गुरुङ (आरके)को लय संकलन रहेको मौलिक कौरा/चुड्का गीतमा आरके गुरुङ र अनु चौधरीको स्वर रहेको छ ।
गणेशमान घले, जुना गुरुङ सुरज गुरुङ र चाहना राना मगरले अभिनय गरेको भिडियो कमल बहादुर गुरुङले निर्देशन गरेका छन् । भिडियो कास्कीको पर्यटकीय गाउँ ल्वाङमा छायांकन गरिएको हो ।
भिडियोमा तमु धीं यूके, सहारा यूके र हङकङबबाट नेपालबाट आएका टोलीसमेत देखिन्छन् । तमु धीं यूकेका अध्यक्ष जुमकाजी गुरुङ, आमा समूह अध्यक्ष कमलादेवी गुरुङसहित निवर्तमान अध्यक्ष, पूर्व र वर्तमान पदाधिकारी तथा सदस्य, सहारा यूकेका अध्यक्ष कृष्ण गुरुङ तथा सदस्यलगायतको उपस्थिति छ ।
गीतकार तमु र गायक गुरुङद्वयले आफ्नो मौलिक लोक संस्कार संस्कृतिलाई भावीपुस्तासम्म चिनाइराख्ने अभिप्रायले रोधीघरको आँगन बोलको गीतलाई १ दशकदेखि निरन्तरता दिँदै आउनुभएको छ ।
अहिलेसम्मका रोधीघरको आँगन बोलको सबै १, २ र ३ भागलाई दर्शक/स्रोताहरुले धेरै रुचाइदिएकोले र मौलिक गीतलाई निरन्तरतास्वरुप चौथो भाग निर्माण गरिएको गीतकार तथा फोटो पत्रकार रहेका तमुले बताउनुभयो ।
पहिलाको भागहरुलाई जस्तै रोधीघरको आँगन भाग ४ ले पनि धेरै दर्शकस्रोतको मन तान्ने गीतकार र गायकले अपेक्षा राखेको बताउनुभएको छ ।
यसअघिका गीतहरु पनि आरके गुरुङ युट्युब च्यानलबाट सार्वजनिक गरिएको हो ।
बेलायतमा नेपाली विद्यार्थी कौशल ठाकुरको मृत्यु, शव नेपाल पठाउन एनआरएनए यूकेद्वारा सहयोगको आग्रह
राष्ट्रिय स्वतन्त्र पार्टीको सभापतिमा रवि लामिछाने निर्विरोध निर्वाचित
बेलायतका प्रधानमन्त्री स्टार्मरको राजीनामापछि बेलायत–इयू शिखर सम्मेलन स्थगित
आकर्षक सुविधाको मोहमा विदेश पलायन हुँदैछन् नेपाली चिकित्सक
बेलायतका प्रधानमन्त्री स्टार्मरको युक्रेन सहायताको प्रशंसा
पूर्वगोर्खा वृद्ध, वृद्धा नेपालीमाथि बेलायतमा आक्रमण
नेपाल पत्रकार महासंघ यूकेको भर्चुअल बैठक : के के भए निर्णय ?
नेपाली वृद्धवृद्धामाथि आक्रमण : दोषीलाई कानुनी दायरामा ल्याउन दूतावासको आग्रह
वेपत्ता नागरिकलाई अविलम्ब सार्वजनिक गर्न सरोकारवालाको जोड
विश्वकप फुटबल : अर्जेन्टिनाको विजयी सुरुआत, अल्जेरिया पराजित