
उदयपुर । किरात बान्तावा रूङमाहाङ राई केन्द्रीय वात्तोङ कार्यसमिति (केवास)को सातौं राष्ट्रिय सम्मेलन आगामी २०८१ चैत पहिलो साता हुने भएको छ ।
सम्मेलन चैत १, २ र ३ गते उदयपुर जिल्लाको बसाहमा आयोजना गरिने भएको हो । सम्मेलनको मूल तयारी समिति र विभिन्न उपसमितिहरू गठन भइसकेका छन् भने सम्मेलनलाई सफल बनाउन सबै इवास (इकाई वात्तोङ संघ) र क्षेवास (क्षेत्रीय वात्तोङ संघ)लाई सहभागिता बढाउन अनुरोध गरिएको आयोजकले जनाएको छ ।
सम्मेलनको प्रचार-प्रसारको लागि ब्रोसर र सर्कुलर सामाजिक सञ्जालमार्फत सबै इवासहरूलाई पठाइएको छ । तर, केही इवासहरूमा केही जानकारी अस्पष्ट भएकोले सम्बन्धित इवासहरूलाई फागुन २५ गतेसम्म परिपत्रमा तोकिएको कामको विवरण मूल तयारी समितिमा पठाउन अनुरोध गरिएको छ।
सम्मेलनमा सहभागी हुने प्रतिनिधिहरूको संख्या वंशीय विधानबमोजिम तोकिएको छ। यदि तोकिएको संख्याभन्दा बढी प्रतिनिधि सहभागी हुन चाहन्छन् भने इवासको निर्णयसहित प्रतिनिधिको संख्या र नामावली पठाउन अनुरोध गरिएको छ। अतिथि, पर्यवेक्षक वा अन्य सहभागीहरूलाई सम्मेलन अवधिवर रहन कुनै रोकटोक गरिने छैन ।
सम्मेलनमा रूङमाहाङ वंशको गौरवमय इतिहासमा सुनौलो इँटा थप्ने महानुभावहरूलाई सम्मान गरिनेछ। जसले सामाजिक, राजनैतिक, शैक्षिक, व्यवसायिक, निजामति कर्मचारी, खेलकुद आदि कुनै पनि क्षेत्रमा उल्लेखनीय योगदान गरेका छन्, तिनीहरूको व्यक्तिगत विवरण इवासको निर्णय सहित पठाउन अनुरोध गरिएको छ।
किरात बान्तावा रूङमाहाङ राई वात्तोङ कार्यसमिति युकेबाट अध्यक्ष बिनोद कुमार राई र सल्लाहकार छेत्राकला राई कार्यक्रममा सहभागी हुनुहुने छ । सम्मेलनलाई सफल बनाउन देश विदेशमा रहेका वंशहरूलाई आर्थिक सहयोग गर्न अनुरोध गरिएको छ। सहयोग रकम आर्थिक विभाग संयोजक एवं केन्द्रीय कोषाध्यक्ष मुगा बान्तावालाई सम्पर्क गर्न वा Gurkhas Finance Ltd., धरान शाखा, खाता नं 00401400129233000001 मा जम्मा गर्न सकिने जनाइएको छ।
सम्मेलनको संयोजक केवास अध्यक्ष रविकुमार राईले सम्मेलनलाई ऐतिहासिक बनाउन सबै वंश छोरीचेली र ज्वाइँचेला भान्जाभान्जीको सहयोग र सहभागिताको अपेक्षा गरिएको छ ।
तयारी बैठकका निमित्त कार्यक्रम संयोजक केन्द्रीय कार्यसमितिका अध्यक्ष र महासचिव कार्यक्रमस्थल बसाहा पुगिसक्नु भएको र बैठकपश्चात् कार्यक्रमस्थलको तयारी सुरु गरिने महासचिब सुनिल रुङमाहाङ राईले जानकारी दिनु भएको छ ।
राप्रपा र राप्रपा नेपालबीच फेरि एकीकरणको सहमति
नेपाल सरकारले अब दुई कार्यदिनभित्रै राहदानी उपलब्ध गराउने
यात्रुलाई अमर्यादित व्यवहार गर्ने ट्याक्सी र चालकलाई पोखरा अन्तरराष्ट्रिय विमानस्थलमा प्रवेशमा रोक
नेपाली दूतावास लन्डनमा पहिलो पटक ध्यान शिविर आयोजना, करिब ४० जना सहभागी
आइसीसी महिला टी–२० विश्वकप ग्लोबल छनोट:खेल तालिका सार्वजनिक
नेकपा एमालेको अध्यक्षमा ओली र महासचिवमा पोखरेल निर्वाचित
नेकपा एमालेको ११ औं महाधिवेशन : धमाधम मतगणना, कसलाई कति मत ?
दुर्घटनामा मृत्यु भएका युबिन तामाङको बेलायतमै अन्त्येष्टि
बेलायतको अल्डरसटमा नेपाली दूतावासको घुम्ती शिविर, राहदानी र कन्सुलर सेवा एकै ठाउँमा
सहकारी ठगी मुद्दा : रास्वपा सभापति लामिछानेलाई रिहा गर्न अदालतको आदेश