
काठमाडौं । नेपालमा उच्च पर्वतीय ट्रेनिङ सेन्टरको स्थापनामा सघाउने उद्देश्यले नेपाल रन युकेद्वारा आयोजित ‘सेभेन सेभेन सेभेन नेपाल म्याराथन च्यालेञ्ज’ शनिबारदेखि सुरु भएको छ ।
बेलायतमा हरेक वर्ष ‘नर्थल्ट १० के रन’ गर्दै आएको उक्त संस्थाले नेपालका सात प्रदेशमा सात दिनमा सात म्याराथन सम्पन्न गर्ने गरी सो कार्यक्रम सुरु गरेको हो । पोखरामा आयोजना गरिएको पोखरा अन्तर्राष्ट्रिय म्याराथनबाट सुरु भएको यो कार्यक्रम आगामी फागुन १० गते धरानमा पुगेर समापन हुनेछ ।
“आज हामी पोखरा म्याराथन दौडियौँ । भोलि (आइतबार)बुटबलमा दौडिने छौँ । यसरी सात दिनमा धरानमा पुगेर सातै प्रदेशको सम्पन्न गर्नेछौँ”, आयोजक संस्थाका सदस्य पृथ्वी खड्काले भन्नुभयो । उहाँका अनुसार सातै प्रदेशको म्याराथनमा गरी धावकहरूले दुई सय ९६ किमि दौडने छन् ।

म्याराथनको आम्दानीबाट जुम्लामा निर्माणाधीन हाइअल्टिच्युड ट्रेनिङ क्याम्पका लागि सहयोग गरिने खड्काले जानकारी दिनुभयो । उहाँका अनुसार शनिबार गण्डकी प्रदेशमा पोखरा म्याराथन, फेब्रुअरी १६ मा लुम्बिनीको बुटवलमा, फेब्रुअरी १७ मा सुदूरपश्चिमको धनगढीमा, फेब्रुअरी १८ मा कर्णालीको सुर्खेतमा, फेब्रुअरी १९ मा बागमतीको हेटौँडामा, फेब्रुअरी २० मा मधेशको जनकपुरमा र फेब्रुअरी २१ मा कोशीको धरानमा एकसाथ म्याराथन र हाफ म्याराथन हुनेछ ।
प्रत्येक दिनका दौडहरूमा राजन खत्री नेतृत्वको एथ्लेटिक्स परिवार नेपालले व्यवस्थापन तथा सहयोगी भूमिका निर्वाह गर्ने र प्रत्येक प्रदेशमा स्थानीय सङ्घसंस्थाले सहयोग गर्ने उहाँको भनाइ छ । म्याराथनमा बेलायतबाट सन्तोष राई, रुदेन भुटिया, पृथ्वी खड्का, पाण्डे महतो र नेपालबाट सफल लामा, अर्जुन कुलुङ र विक्रम खनाल सहभागी हुनुहुन्छ ।
यसैगरी, हाफ म्याराथनमा नेपालबाट सङ्गीता थापा, रमेश शाक्य, दीपककुमार रञ्जित, बहादुर तामाङ र राकेश महर्जन छन् । यसमा बेलायतबाट होमा पुन र मकाउबाट सुवास भुजेल हुनुहुन्छ ।
यस्ता छन् एनआरएनएको नयाँ कार्यसमितिको पहिलो बैठकका निर्णयहरु
एनआरएनए आईसीसीको नयाँ कार्यसमितिमा बेलायतबाट अध्यक्ष र प्रवक्तासहित १० जना निर्वाचित
द्वन्द्वका कारण विस्थापन र भोकमरी दुबै बढ्दै : संयुक्त राष्ट्र
नेपाल पत्रकार महासंघ यूकेले आगामी १० जुलाईमा स्थापना दिवस मनाउने
एनआरएनए प्रवक्ताको जिम्मेवारी सोम सापकोटालाई
भूतपूर्व गोर्खा समस्याबारे लन्डनमा सोमबार फेरि त्रिपक्षीय वार्ता हुने
एनआरएनएको नयाँ नेतृत्वका लागि डा. शर्मा, बज्राचार्य र शेरचनको उम्मेदवारी [सूची]
युद्ध अन्त्यका लागि इरानका तीन शर्त
बेलायती मन्त्री सीमा मल्होत्रासँग नेपाली कार्यवाहक राजदूत विपिन दुवाडीको भेटवार्ता
नेपाल आदिवासी जनजाति महासंघको ११औँ महाधिवेशन चैत ५ र ६ मा हुने