काठमाडौँ । नेपाल समाजवादी पार्टी (नयाँ शक्ति)को अध्यक्षमा बाबुराम भट्टराई निर्वाचित हुनुभएको छ । काठमाडौंमा भएको प्रथम महाधिवेशनअन्तर्गतको निर्वाचनमा भट्टराई अध्यक्षमा निर्वाचित हुनुभएको हो ।

भट्टराईले ७६१ मत पाउँदा उहाँका निकटतम् प्रतिस्पर्धी नेत्र चापागाईँले ७३ मत प्राप्त गरेको निर्वाचन समितिले जनाएको छ । त्यस्तै उपाध्यक्ष खसआर्यमा ईश्वर रिजाल, उपाध्यक्ष आदिवासीतर्फ टेकबहादुर बाठामगर विजयी हुनुभएको छ । यसैगरी महासचिव खुल्लामा सोनामसिंह स्याङ्तान विजयी भएको निर्वाचन समितिले घोषणा गरेको छ ।
उपाध्यक्षहरुमा भट्टराईकी छोरी मानुषी यमी भट्टराई, दुर्गा सोब, उमेश शाह र कोषाध्यक्षमा हरिप्रसाद रिजाल निर्विरोध हुनुभएको छ । केन्द्रीय समितिका ९९ मध्ये ९ जना मात्र मनोनयन गर्ने नयाँ शक्तिको विधानमा व्यवस्था छ । ९९ सदस्यीय केन्द्रीय समितिमा पदाधिकारीसहित ७९ पदका लागि मतदान भएको थियो ।नवनिर्वाचित कार्यसमितिलाई बिहीबार नै पद तथा गोपनीयताको शपथ गराएको छ ।
बिहीबार काठमाडौँमा निर्वाचित कार्यसमितिलाई शपथ ग्रहण गराएको हो । अध्यक्ष भट्टराईलाई निर्वाचन समिति संयोजकले र अन्य पदाधिकारी र कार्यसमिति सदस्यलाई भट्टराईले शपथ गराउनुभएको थियो । महाधिवेशनले भट्टराईले प्रस्तुत गरेको सांगठानिक तथा राजनीतिक प्रतिवेदन पारित गरेको छ ।
त्यस्तै प्रवक्ता कृष्ण शर्माद्वारा पेस गरेको विधान संशोधन प्रस्ताव पारित भएको छ ।
राप्रपा र राप्रपा नेपालबीच फेरि एकीकरणको सहमति
नेपाल सरकारले अब दुई कार्यदिनभित्रै राहदानी उपलब्ध गराउने
यात्रुलाई अमर्यादित व्यवहार गर्ने ट्याक्सी र चालकलाई पोखरा अन्तरराष्ट्रिय विमानस्थलमा प्रवेशमा रोक
नेपाली दूतावास लन्डनमा पहिलो पटक ध्यान शिविर आयोजना, करिब ४० जना सहभागी
आइसीसी महिला टी–२० विश्वकप ग्लोबल छनोट:खेल तालिका सार्वजनिक
नेकपा एमालेको अध्यक्षमा ओली र महासचिवमा पोखरेल निर्वाचित
नेकपा एमालेको ११ औं महाधिवेशन : धमाधम मतगणना, कसलाई कति मत ?
दुर्घटनामा मृत्यु भएका युबिन तामाङको बेलायतमै अन्त्येष्टि
बेलायतको अल्डरसटमा नेपाली दूतावासको घुम्ती शिविर, राहदानी र कन्सुलर सेवा एकै ठाउँमा
सहकारी ठगी मुद्दा : रास्वपा सभापति लामिछानेलाई रिहा गर्न अदालतको आदेश