काठमाडौँ । नेपाल समाजवादी पार्टी (नयाँ शक्ति)को अध्यक्षमा बाबुराम भट्टराई निर्वाचित हुनुभएको छ । काठमाडौंमा भएको प्रथम महाधिवेशनअन्तर्गतको निर्वाचनमा भट्टराई अध्यक्षमा निर्वाचित हुनुभएको हो ।

भट्टराईले ७६१ मत पाउँदा उहाँका निकटतम् प्रतिस्पर्धी नेत्र चापागाईँले ७३ मत प्राप्त गरेको निर्वाचन समितिले जनाएको छ । त्यस्तै उपाध्यक्ष खसआर्यमा ईश्वर रिजाल, उपाध्यक्ष आदिवासीतर्फ टेकबहादुर बाठामगर विजयी हुनुभएको छ । यसैगरी महासचिव खुल्लामा सोनामसिंह स्याङ्तान विजयी भएको निर्वाचन समितिले घोषणा गरेको छ ।
उपाध्यक्षहरुमा भट्टराईकी छोरी मानुषी यमी भट्टराई, दुर्गा सोब, उमेश शाह र कोषाध्यक्षमा हरिप्रसाद रिजाल निर्विरोध हुनुभएको छ । केन्द्रीय समितिका ९९ मध्ये ९ जना मात्र मनोनयन गर्ने नयाँ शक्तिको विधानमा व्यवस्था छ । ९९ सदस्यीय केन्द्रीय समितिमा पदाधिकारीसहित ७९ पदका लागि मतदान भएको थियो ।नवनिर्वाचित कार्यसमितिलाई बिहीबार नै पद तथा गोपनीयताको शपथ गराएको छ ।
बिहीबार काठमाडौँमा निर्वाचित कार्यसमितिलाई शपथ ग्रहण गराएको हो । अध्यक्ष भट्टराईलाई निर्वाचन समिति संयोजकले र अन्य पदाधिकारी र कार्यसमिति सदस्यलाई भट्टराईले शपथ गराउनुभएको थियो । महाधिवेशनले भट्टराईले प्रस्तुत गरेको सांगठानिक तथा राजनीतिक प्रतिवेदन पारित गरेको छ ।
त्यस्तै प्रवक्ता कृष्ण शर्माद्वारा पेस गरेको विधान संशोधन प्रस्ताव पारित भएको छ ।
फोटो पत्रकार पूर्णिमा श्रेष्ठ छैटौँ पटक सगरमाथा शिखरमा
बेलायतमा जलवायु सङ्कट गहिरिँदै
सदनमा मन्त्रीहरू नियमित उपस्थित हुन श्रम संस्कृति पार्टीको माग
रुसी तेलसम्बन्धी नयाँ प्रतिबन्ध कार्यान्वयनमा बेलायत सरकारको ढिलाइ
नेपाल मगर संघको १३ औँ राष्ट्रिय महाधिवेशन काठमाडौंमा
‘लाहुरेनी सौन्दर्य’ भित्र के के रैछन् त ? [प्रतिक्रिया]
बेलायतको बदलिँदो राजनीति : जनता किन खोज्दैछन् नयाँ विकल्प ?
ध्यान शिविरहरु संचालन गर्न स्वामी आनन्द अर्हत लन्डनमा
बेलायतमा २४ औं गोर्खा कपमा ५६ टिम भिड्ने, ३ लाख ५० हजार पाउन्डभन्दा बढी खर्च हुने अनुमान
नेपालमा सम्मानजनक बुढ्यौली सुनिश्चित गर्न सहकार्य आवश्यक : एनआरएनए अध्यक्ष डा. शर्मा