
पोखरा । गैरआवासीय नेपाली संघ अन्तर्राष्ट्रिय समन्वय परिषद् (एनआरएनए आईसीसी)ले पोखरा अन्तर्राष्ट्रिय म्याराथनका लागि साढे ७ लाख रुपैयाँ सहयोग गरेको छ ।
मंगलबार सम्पन्न प्रेस मिट कार्यक्रममा प्रमुख अतिथि पोखरा महानगरपालिका नगरप्रमुख धनराज आचार्य र नेपाल भूतपूर्व खेलाडी मञ्चका अध्यक्ष डिलकाजी गुरूङलाई सहयोग रकम हस्तान्तरण गरिएको हो । एनआरएनए आईसीसीकी महिला सचिव राधिका गुरूङ (टिका), आईसीसी सदस्य दिलरास गुरूङ र सल्लाहकार सूर्य गुरूङ, एनआरएनए यूकेका पूर्वअध्यक्ष मुछेत्र गुरुङ, तमु धीं यूकेका संस्थापक अध्यक्ष मिनप्रसाद गुरुङलगायतको उपस्थितिमा रकम हस्तान्तरण गरिएको थियो ।
‘हामी सबैको साझा उद्देश्य भनेको नेपाली खेलकुदको क्षेत्रमा योगदान पुर्याउनु हो र यस कार्यक्रमलाई सफल बनाउन हामी प्रत्येकको प्रयास महत्वपूर्ण छ,’महिला सचिव राधिका गुरूङ (टिका) ले भन्नुभयो ।

नेपाल भूतपूर्व खेलाडी मञ्चले हरेक वर्ष गर्ने पोखरा अन्तर्राष्ट्रिय म्याराथन यस वर्ष २०८१ फागुन ३ (१५ फेब्रुअरी २०२५) मा हुँदैछ । पोखरा म्याराथनको यो १९ औं संस्करणको हो । यो म्याराथनमा स्वदेशी तथा विदेशी धावकले नयाँ रुटमा दौडिने छन् । यसपालिको दौडको सुरुवात पोखरा रङ्गशालाबाट हुनेछ भने समापन भने पोखरा ६ हल्लन चोकमा हुने तय छ । सफल म्याराथनको नारा ‘स्वास्थ्यका लागि, पोखराका लागि’ रहेको छ ।
म्याराथन प्रथम विजेतालाई ५ लाख, दोस्रोलाई ३ लाख, तेस्रोलाई २ लाख, चौथोलाई ५० हजार, पाँचौँ लाई ३० हजार, छैटौँलाई २० हजार, सातौँलाई १५ हजार र आठौँ हुनेलाई १० हजार प्रदान गरिनेछ। गण्डकी प्रदेशका खेलाडीलाई प्रोत्साहन स्वरूप छुट्टै पुरस्कारको व्यवस्था छ ।
महिला तथा पुरुष हाफ म्याराथन, १० किमि पुरुष तथा महिला, ५ किमि छात्र, छात्रा, भेट्रान (५० वर्षमाथि), ह्विलचियर तथा दृष्टिविहीन तर्फ पनि पुरस्कार राखिएको छ । प्रतियोगितामा रन फर फन नामक श्रेणीमा सबै उमेर समूहका सहभागीले आफ्नो क्षमताअनुसार रमाइलो र उत्साहपूर्वक दौडिन सक्ने छन् ।
यो म्याराथनले पोखरा तथा पोखरावासीको गरिमालाई अन्तर्राष्ट्रियस्तरमा चिनाउँदै आएको छ । यसपालि म्याराथनलाई विशेष बनाउन मुख्य म्याराथनमा सहभागीलाई चिप्सको प्रयोग गरिने आयोजकले जनाएको छ । जसले धावकको दौड समय सटिक तरिकाले मापन गर्दछ ।
राहदानीको विषय समाधान उन्मुख छ : नेपाल सरकार परराष्ट्र मन्त्रालय
फिलिपिन्समा टाइफुन ‘कलमेगी’ को कहर, १४० जनाको मृत्यु र सयभन्दा बढी बेपत्ता
माओवादी र एकीकृत समाजवादीसहित १० वामशक्तिबीच एकता घोषणा
पद सम्हालेको एक वर्ष नपुग्दै बेलायतका लागि नेपाली राजदूत घिमिरे स्वदेश फिर्ता
एनआरएनए बृहत् एकताको अवधारणा अनुमोदन
नेपाल सरकारले तत्काल राजदूत नियुक्त गर्दैन : मन्त्री खरेल
बेलायतमा ८ नोभेम्बरमा जीआरएनसीको ‘रिमेम्बरेन्स डे’समारोह
बेलायतका राजकुमार एन्ड्रूको उपाधि खोसियो
एनआरएनए हङकङद्वारा ईको कविता प्रतियोगिता आयोजना, विश्वभरका नेपाली साहित्यकारले भाग लिन पाउने
लन्डन जाने रेलमा छुरा प्रहार : ९ जना गम्भीर घाइते, दुई संदिग्ध पक्राउ