
पोखरा । गैरआवासीय नेपाली संघ अन्तर्राष्ट्रिय समन्वय परिषद् (एनआरएनए आईसीसी)ले पोखरा अन्तर्राष्ट्रिय म्याराथनका लागि साढे ७ लाख रुपैयाँ सहयोग गरेको छ ।
मंगलबार सम्पन्न प्रेस मिट कार्यक्रममा प्रमुख अतिथि पोखरा महानगरपालिका नगरप्रमुख धनराज आचार्य र नेपाल भूतपूर्व खेलाडी मञ्चका अध्यक्ष डिलकाजी गुरूङलाई सहयोग रकम हस्तान्तरण गरिएको हो । एनआरएनए आईसीसीकी महिला सचिव राधिका गुरूङ (टिका), आईसीसी सदस्य दिलरास गुरूङ र सल्लाहकार सूर्य गुरूङ, एनआरएनए यूकेका पूर्वअध्यक्ष मुछेत्र गुरुङ, तमु धीं यूकेका संस्थापक अध्यक्ष मिनप्रसाद गुरुङलगायतको उपस्थितिमा रकम हस्तान्तरण गरिएको थियो ।
‘हामी सबैको साझा उद्देश्य भनेको नेपाली खेलकुदको क्षेत्रमा योगदान पुर्याउनु हो र यस कार्यक्रमलाई सफल बनाउन हामी प्रत्येकको प्रयास महत्वपूर्ण छ,’महिला सचिव राधिका गुरूङ (टिका) ले भन्नुभयो ।

नेपाल भूतपूर्व खेलाडी मञ्चले हरेक वर्ष गर्ने पोखरा अन्तर्राष्ट्रिय म्याराथन यस वर्ष २०८१ फागुन ३ (१५ फेब्रुअरी २०२५) मा हुँदैछ । पोखरा म्याराथनको यो १९ औं संस्करणको हो । यो म्याराथनमा स्वदेशी तथा विदेशी धावकले नयाँ रुटमा दौडिने छन् । यसपालिको दौडको सुरुवात पोखरा रङ्गशालाबाट हुनेछ भने समापन भने पोखरा ६ हल्लन चोकमा हुने तय छ । सफल म्याराथनको नारा ‘स्वास्थ्यका लागि, पोखराका लागि’ रहेको छ ।
म्याराथन प्रथम विजेतालाई ५ लाख, दोस्रोलाई ३ लाख, तेस्रोलाई २ लाख, चौथोलाई ५० हजार, पाँचौँ लाई ३० हजार, छैटौँलाई २० हजार, सातौँलाई १५ हजार र आठौँ हुनेलाई १० हजार प्रदान गरिनेछ। गण्डकी प्रदेशका खेलाडीलाई प्रोत्साहन स्वरूप छुट्टै पुरस्कारको व्यवस्था छ ।
महिला तथा पुरुष हाफ म्याराथन, १० किमि पुरुष तथा महिला, ५ किमि छात्र, छात्रा, भेट्रान (५० वर्षमाथि), ह्विलचियर तथा दृष्टिविहीन तर्फ पनि पुरस्कार राखिएको छ । प्रतियोगितामा रन फर फन नामक श्रेणीमा सबै उमेर समूहका सहभागीले आफ्नो क्षमताअनुसार रमाइलो र उत्साहपूर्वक दौडिन सक्ने छन् ।
यो म्याराथनले पोखरा तथा पोखरावासीको गरिमालाई अन्तर्राष्ट्रियस्तरमा चिनाउँदै आएको छ । यसपालि म्याराथनलाई विशेष बनाउन मुख्य म्याराथनमा सहभागीलाई चिप्सको प्रयोग गरिने आयोजकले जनाएको छ । जसले धावकको दौड समय सटिक तरिकाले मापन गर्दछ ।
बेलायती र क्यानडाका नागरिकका लागि चीनले निःशुल्क भिसा नीति लागू गर्ने
सम्झनयोग्य कृति : सम्झनाको चोमोलुङ्मा
यस्तो छ मार्चमा हुने एनआरएनएको विश्व सम्मेलन र महाधिवेशन तालिका
‘द भ्वाइस अफ नेपाल’ सिजन ७ को उपाधि नीताकुमारी थापा मगरलाई
पोखरा अन्तरराष्ट्रिय म्याराथनको उपाधि केन्याका जुलियसलाई
नेपाली विद्यार्थीको शव स्वदेश पठाउन बेलायतमा उठ्यो साढे १० हजार पाउन्ड
नेपालका राष्ट्रपति पौडेलसमक्ष गोर्खा विग्रेडको वार्षिक प्रतिवेदन प्रस्तुत
रामेछाप बस दुर्घटना : मृतकको संख्या १२ पुग्यो [अपडेट]
अमेरिकामा नेपालीसहित तीन मुलुकका आप्रवासीको टिपिएस अन्त्यको बाटो खुल्यो
नेपालको राजधानी काठमाडौँको वायु प्रदूषण अझै अस्वस्थ