काठमाडौं । प्रमुख प्रतिपक्षी दल नेकपा माओवादी केन्द्रका नेता एवं पूर्वप्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ ले एनआरएनहरुलाई निःशुल्क भिसा दिने प्रावधान राख्नु हास्यास्पद भएको बताउनुभएको छ ।

प्रतिनिधिसभाको बिहीबारको बैठकमा सम्बोधन गर्नुहुँदै अध्यक्ष प्रचण्डले भिसाको प्रावधान संविधानको मर्म र भावनाविपरीत पनि रहेको बताउनुभएको हो । ‘अहिले आएर एनआरएनहरुलाई निःशुल्क भिसा दिने प्रावधान राख्नु हास्यास्पद छ । संविधानले नै राजनीतिकबाहेकका सबै अधिकार नेपाली नागरिकसरह पाउने कुरा सुनिश्चित गरिसकेपछि फेरि भिसाको प्रावधान संविधानको मर्म र भावनाविपरीत पनि छ,’ उहाँले भन्नुभयो ।
अध्यक्ष प्रचण्डले एनआरएनलाई भिसाको प्रावधान लागू भएमा लगानी दुरुत्साहन हुने र आउँदो पुस्ता एनआरएनलाई नेपालसँग जोड्ने पहलमा पनि आघात पुग्ने धारणा राख्नुभयो । ‘यसले एनआरएन लगानीलाई मात्र दुरुत्साहन गर्दैन, दोस्रो तथा तेस्रो पुस्ताका एनआरएनलाई नेपालसँग जोड्ने पहलमा पनि आघात पुग्छ । त्यसैले संविधानले एनआरएनहरुलाई दिएको अधिकारमा दायाँबायाँ नहुने गरी तत्काल कार्यान्वयनमा ल्याउन म सरकारलाई खबरदारी गर्दछु,’ प्रचण्डको भनाइ थियो ।
उहाँले आफू प्रधानमन्त्री हुँदा गैर आवासीय नेपाली नागरिकता प्रदान गरिएको उल्लेख गर्नुहुँदै सरकारले सर्कुलर नगर्दा कार्यान्वयन हुन नसकेको बताउनुभयो । ‘हामी सबैको सहमतिमा नेपालको संविधानमा गैर आवासीय नेपाली नागरिकताको प्रावधान हामीले राख्यौं । म प्रधानमन्त्री हुँदा मेरै हातले एनआरएनएका तत्कालीन अध्यक्ष कुल आचार्यलाई पहिलो गैर आवासीय नेपाली नागरिकता प्रदान गरेँ । त्यसयता झन्डै चार हजार जना एनआरएनहरुले गैर आवासीय नेपाली नागरिकता लिइसक्नु भएको छ । तर सरकारले मातहतका निकायलाई एउटा सर्कुलरसम्म नगर्दा त्यसको कार्यान्वयन हुन सकेको छैन । यो कागजको खोस्टो सरह भयो भनेर उहाँहरुले गुनासो गरिरहनुभएको छ,’ उहाँको भनाइ थियो ।
राप्रपा र राप्रपा नेपालबीच फेरि एकीकरणको सहमति
नेपाल सरकारले अब दुई कार्यदिनभित्रै राहदानी उपलब्ध गराउने
यात्रुलाई अमर्यादित व्यवहार गर्ने ट्याक्सी र चालकलाई पोखरा अन्तरराष्ट्रिय विमानस्थलमा प्रवेशमा रोक
नेपाली दूतावास लन्डनमा पहिलो पटक ध्यान शिविर आयोजना, करिब ४० जना सहभागी
आइसीसी महिला टी–२० विश्वकप ग्लोबल छनोट:खेल तालिका सार्वजनिक
नेकपा एमालेको अध्यक्षमा ओली र महासचिवमा पोखरेल निर्वाचित
नेकपा एमालेको ११ औं महाधिवेशन : धमाधम मतगणना, कसलाई कति मत ?
दुर्घटनामा मृत्यु भएका युबिन तामाङको बेलायतमै अन्त्येष्टि
सहकारी ठगी मुद्दा : रास्वपा सभापति लामिछानेलाई रिहा गर्न अदालतको आदेश
बेलायतको अल्डरसटमा नेपाली दूतावासको घुम्ती शिविर, राहदानी र कन्सुलर सेवा एकै ठाउँमा