गण्डकी । बेलायती अधिराजकुमार एडिनब्राका ड्यूक एड्वर्ड र अधिराजकुमारी डचेस सोफी बिहीबार पोखरा आउनुभएको छ ।


नेपाली सेनाको विमानमार्फत आउनुभएका उहाँहरूलाई पोखरा अन्तरराष्ट्रिय विमानस्थलमा पोखरा महानगरपालिकाका प्रमुख धनराज आचार्य, कास्कीका प्रमुख जिल्ला अधिकारी भरतमणि पाण्डेलगायतले स्वागत गर्नुभएको थियो ।
अधिराजकुमार र अधिराजकुमारीको पोखरा भ्रमणले द्विपक्षीय सम्बन्ध सुदृढ गर्नाका साथै पोखराको प्राकृतिक सौन्दर्य, संस्कृति र आतिथ्यलाई अन्तरराष्ट्रिय रूपमा प्रवद्र्धन गर्ने विश्वास लिइएको महानगर प्रमुख आचार्यले बताउनुभयो ।
पोखरा भ्रमणका क्रममा उहाँहरुले यहाँका पर्यटकीय गन्तव्यको अवलोकन गर्नुहुने र शुक्रबार पोखराको बगरस्थित ब्रिटिस क्याम्पमा हुने कार्यक्रममा सहभागी हुनुहुने बताइएको छ ।
राप्रपा र राप्रपा नेपालबीच फेरि एकीकरणको सहमति
नेपाल सरकारले अब दुई कार्यदिनभित्रै राहदानी उपलब्ध गराउने
यात्रुलाई अमर्यादित व्यवहार गर्ने ट्याक्सी र चालकलाई पोखरा अन्तरराष्ट्रिय विमानस्थलमा प्रवेशमा रोक
नेपाली दूतावास लन्डनमा पहिलो पटक ध्यान शिविर आयोजना, करिब ४० जना सहभागी
आइसीसी महिला टी–२० विश्वकप ग्लोबल छनोट:खेल तालिका सार्वजनिक
नेकपा एमालेको अध्यक्षमा ओली र महासचिवमा पोखरेल निर्वाचित
नेकपा एमालेको ११ औं महाधिवेशन : धमाधम मतगणना, कसलाई कति मत ?
दुर्घटनामा मृत्यु भएका युबिन तामाङको बेलायतमै अन्त्येष्टि
सहकारी ठगी मुद्दा : रास्वपा सभापति लामिछानेलाई रिहा गर्न अदालतको आदेश
बेलायतको अल्डरसटमा नेपाली दूतावासको घुम्ती शिविर, राहदानी र कन्सुलर सेवा एकै ठाउँमा