काठमाडौं । तामाङ समुदायको साँस्कृतिक पर्व ल्होछार काठमाडौंको टुँडिखेलसहित विश्वभर बिहीबार मनाइएको छ । बिहीबार ल्होछारको मुख्य दिन काठमाडौंको शान्तिबाटिकाबाट मध्याह्न शुरु भएको ल्होछार र्याली बागबजार, पुतलीसडक प्रदर्शनीमार्ग, भद्रकाली सुन्धारा हुँदै टुँडिखेल पुगेर भेला भएको थियो ।

लगत्तै बागमती प्रदेशका मुख्यमन्त्री बहादुरसिंह लामाबाट ल्होछार कार्यक्रमको उद्घाटन गरिएको छ । लामा तामाङ समुदायबाट मुख्यमन्त्री बन्नुभएका पहिलो व्यक्ति हुनुहुन्छ । मौलिक भेषभूषामा सजिएका तामाङहरुको बाक्लो उपस्थिति रहेको कार्यक्रममा विविध ख्यातिप्राप्त कलाकारबाट प्रस्तुतिसमेत रहेको थियो । महोत्सवको मुख्य दिन बिहिबार स्टेजको दायाँबायाँ ताम्बा, लामा, बोन्बोको परम्परागत सामग्रीसहितको लाइभ स्टल रहेका थिए भने स्वास्थ्य शिविर र तामाङ तथा आदिवासी जनजाति सम्वन्धी पुस्तकहरु समेत राखिएका थिए ।
ल्होछारको पहिलो दिन मंगलबार राष्ट्रपति कार्यालय शितल निवासमा शुभकामना आदानप्रदान गरिएको थियो । टुँडिखेलमा तीन दिने महोत्सव आयोजना गरिएको थियो । बुधबार टुँडिखेलमा बिहान ८ देखि १२ बजेसम्म तामाङ बोन्बोहरुद्धारा विशेष पुजापाठ सम्पन्न भएको छ । दिउँसो १ बजेदेखि ४ बजेसम्म फापरे ह्वाई प्रस्तुत भएको थियो । साँझ ४ देखि ५ बजेसम्म घोडचढी र माने नाच सम्पन्न हुँदा ७ बजेसम्म मैन बत्ती र फायरवर्क गरी ल्होछार इभ मनाउँदै डुक (गरुड) वर्षको बिदाई र डुल (सर्प) वर्षलाई बिदाई गरि नयाँ वर्षलाई स्वागत गरिएको थियो ।
‘मञ्जुश्री संम्वद–२८६१ सोनाम ल्होछार भब्य रुपमा मनाऔं, तामाङ भाषालाई सरकारी कामकाजी भाषा कार्यान्वयनका लागि अघि बढौं’ भन्ने मूल नाराका साथ काठमाडौंस्थित टुँडिखेलमा मनाइएको हो ।
ल्होछार माघ शुक्ल प्रतिपदादेखि पूर्णिमासम्म मनाउने भएपनि विशेष गरेर तामाङ समुदायले पाँच दिनसम्म भव्य रुपमा मनाउने चलन रहेको छ ।औपचारिक कार्यक्रमपछि टुँडिखेलमा चर्चित गायक/गायिकाको प्रस्तुति जारी रहेको छ ।


ल्होछारको पहिलो दिन मंगलबार राष्ट्रपति कार्यालय शितल निवासमा शुभकामना आदानप्रदान गरिएको थियो । दोस्रो बुधबार टुँडिखेलमा तामाङ बोम्बोहरुद्धारा विशेष पुजापाठ, फापरे ह्वाई प्रस्तुत, घोडचढी र माने नाच सम्पन्न गरिएको थियो भने बुधबार ल्होछार इभ अर्थात डुक (गरुड) वर्षको बिदाई र डुल (सर्प) वर्षलाई बिदाई गरि नयाँ वर्षलाई स्वागत गरिएको थियो ।
राप्रपा र राप्रपा नेपालबीच फेरि एकीकरणको सहमति
नेपाल सरकारले अब दुई कार्यदिनभित्रै राहदानी उपलब्ध गराउने
यात्रुलाई अमर्यादित व्यवहार गर्ने ट्याक्सी र चालकलाई पोखरा अन्तरराष्ट्रिय विमानस्थलमा प्रवेशमा रोक
नेपाली दूतावास लन्डनमा पहिलो पटक ध्यान शिविर आयोजना, करिब ४० जना सहभागी
आइसीसी महिला टी–२० विश्वकप ग्लोबल छनोट:खेल तालिका सार्वजनिक
नेकपा एमालेको अध्यक्षमा ओली र महासचिवमा पोखरेल निर्वाचित
नेकपा एमालेको ११ औं महाधिवेशन : धमाधम मतगणना, कसलाई कति मत ?
दुर्घटनामा मृत्यु भएका युबिन तामाङको बेलायतमै अन्त्येष्टि
सहकारी ठगी मुद्दा : रास्वपा सभापति लामिछानेलाई रिहा गर्न अदालतको आदेश
बेलायतको अल्डरसटमा नेपाली दूतावासको घुम्ती शिविर, राहदानी र कन्सुलर सेवा एकै ठाउँमा