काठमाडौँ । सहिद सप्ताहको अन्तिम दिन बुधबार काठमाडौँको लैनचौरस्थित सहिद पार्कमा ज्ञातअज्ञात सहिदहरूको सम्झनामा स्मृतिसभा आयोजना गरिएको छ ।

स्मृतिसभा सुरु हुनुअघि शान्ति बाटिकाबाट सुरु भएको प्रभातफेरी जमल, कान्तिपथ, केशरमहल हुँदै लैनचौर पुगेर स्मृतिसभामा परिणत भएको थियो ।
श्रद्धाञ्जलीसभामा महानगरपालिकाका उपप्रमुख सुनिता डङ्गोलले, सहिदहरूको बलिदानीबाट प्राप्त राजनीतिक, आर्थिक, सामाजिक, सांस्कृतिक रुपान्तरण र समावेशी लोकतन्त्र जोगाउन नेतृत्व तहको साझा मत हुनुपर्नेमा जोड दिनुभयो ।
राष्ट्रियता र जनजीविकाको पक्षमा सङ्घर्ष गर्ने क्रममा बलिदान गरेका सहिदहरू विगत, वर्तमान र भविष्यका निम्ति प्रेरणाका स्रोत र पथप्रदर्शकका रूपमा रहेका उहाँले धारणा राख्नुभयो । “सहिदहरूको योगदान स्मरण गर्दै कामपाले संरचना निर्माण गर्ने तथा सहिदको नाममा सेवा सञ्चालन गर्ने काम भइरहेका छन् ।
धर्मभक्त पार्क, माथेमाको नाममा मानव सेवा आश्रम निर्माण, सहिद गङ्गालाल हृदय रोग केन्द्रमा अक्सिजन प्लान्ट स्थापना र सञ्चालनलगायत काम कामपाले गरिरहेको छ”, उहाँले भन्नुभयो । “हुकुमी शासनको अन्त्य गर्न जनताको स्वतन्त्रता र स्वाधीनताका लागि सहिदहरूले आफ्नो प्राण आहुति दिएपछि प्राप्त भएको वर्तमान अवस्था हामीले उपभोग गरिरहेका बताउँदै उपप्रमुख डङ्गोलले लोकतान्त्रिक कानुनी शासन नै सहिदका सपना भएकाले सबैले सुशासन र कानुनी शासनलाई अवलम्बन गर्नुपर्नेमा जोड दिनुभयो ।
सहिद सप्ताह समारोह समितिका संयोजक ख्यामराज तिवारीले भन्नुभयो, “अहिलेको शासन, स्वतन्त्रता र स्वाधीनता सहिदहरूको बलिदानीबाट प्राप्त भएको हुनाले यसको गरिमा बचाउनु राजनीतिकर्मी तथ सबैको दायित्व हो ।” माफी मागेर शासकसामु झुक्नुभन्दा प्रजातन्त्रका लागि प्राण आहुति दिने चार जना र अन्य ज्ञातअज्ञात सहिदहरूको सम्झनामा हरेक वर्ष माघ १० गतेदेखि १६ गतेसम्मलाई सहिद सप्ताहका रूपमा मनाइँदै आइएको छ । विसं २०१२ देखि विद्यमान महानगरको संयोजकत्व गठित समितिले सहिद सप्ताहमा कार्यक्रम आयोजना गर्दै आएको छ ।
यस वर्ष माघ १० गतेअर्थात् पहिलो दिन शुक्रराज शास्त्रीले सहादत प्राप्त गर्नुभएको स्थान टेकु मचलीमा, दोस्रो दिन १३ गते धर्मभक्त माथेमालाई मृत्युदण्ड दिइएको स्थान सिफल उकालोमा र १५ गते विष्णुमती नदी किनारा शोभाभगवतीमा गङ्गालाल श्रेष्ठ र दशरथ चन्दले सहादत प्राप्त गर्नुभएको स्थानमा रहेका सहिदको सालिकमा पुष्पगुच्छा अर्पण तथा स्मृतिसभा गरिएको थियो ।
चार सहिदका सालिकमध्ये महानगरपालिकाले विसं २०७५ मा शास्त्रीको र विसं २०७६ मा माथेमा, श्रेष्ठ र चन्दको पूर्ण कदको सालिक स्थापना गरिसकेको छ । प्राणदण्ड हुनसक्छ भन्ने जान्दाजान्दै नागरिक स्वतन्त्रताका पक्षमा निर्भिक भएर आवाज उठाउने शास्त्री, माथेमा, श्रेष्ठ र चन्दले १९९७ सालमा मृत्युदण्ड पाएपछि उहाँहरूको सपना स्मरण गर्दै सहिद दिवस मनाउने गरिएको हो ।
राणा शासनको विरोध गर्दै जनतालाई प्रजातन्त्रको पक्षमा एकजुट एवं शिक्षित गरेको आरोपमा विसं १९९७ माघ १० गतेदेखि १५ गतेबीच चार जना सहिदलाई प्राणदण्ड दिइएको थियो ।
नेपालको त्रिभुवन अन्तरराष्ट्रिय विमानस्थलमा ‘लाइटिङ’ प्रणालीमा समस्या, उडान प्रभावित
अमेरिकी एयरलाइन्सले एक हजार उडान रद्द गर्यो, सरकारी बन्दको असर बढ्दै
हङकङ इन्टरनेशनल सिक्सेस प्रतियोगिता : नेपालद्वारा भारत ९२ रनले पराजित
नेपाली कांग्रेस नेता एवं पूर्वमन्त्री अफताव आलमको निधन
११ राजदूत फिर्तासँगै परराष्ट्रकै कर्मचारीलाई तोकियो कार्यवाहक, बेलायतमा दुवाडी
बेलायतमा ८ नोभेम्बरमा जीआरएनसीको ‘रिमेम्बरेन्स डे’समारोह
लन्डन जाने रेलमा छुरा प्रहार : ९ जना गम्भीर घाइते, दुई संदिग्ध पक्राउ
बेलायतसहित देशका नेपाली राजदूत फिर्ता बेलाउने सरकारको निर्णय कार्यान्वयन नगर्न सर्वोच्चको आदेश
नेपाल बाहिर रहेका नेपालीलाई मतदान अधिकार प्रदान गर्ने विषयमा छलफल
नेपाल सरकार मन्त्रिपरिषद्द्वारा जेनजी आन्दोलनका मृतक ४५ जनालाई सहिद घोषणा [नामावलीसहित]