
लन्डन । किराँत सुनुवार सेवा समाज बेलायतको आठौं अधिवेशनले नयाँ कार्यसमितिको चयन गरेको छ ।
शनिबार ११ जनवरी २०२५ मा सम्पन्न समाजको अधिवेशनले आकाश सुनुवारको अध्यक्षतामा नयाँ कार्यसमिति चयन गरेको हो । कार्यसमिति अध्यक्षमा आकाश, उपाध्यक्षमा केदार सङ्केत र प्रकाश सुनुवार, सचिवमा परिस्पा सुनुवार, उपसचिव सुमी सुनुवार, कोषाध्यक्ष खजेन्द्र बिक्रम सुनुवार र उपकोषाध्यक्षमा मिलन सुनुवार चयन हुनुभएको पूर्वअध्यक्ष जंगबहादुर सुनुवारले जानकारी दिनुभयो ।
आठौं निर्वाचन आयोगमा पूर्वअध्यक्षद्वय जितेन्द्र सुनुवार तथा यादवकुमार दर्सुचा र पूर्वसचिव छत्र सुनुवार रहनुभएको थियो । निर्वाचन आयोगका संयोजक एवं पूर्वअध्यक्ष जितेन्द्र सुनुवार नयाँ कार्यसमितिको नामावली घोषणा गर्नुभएको थियो ।
अधिवेशनको पहिलो सत्रमा अध्यक्ष मनोजकुमार सुनुवारले आफूले तीन वर्षमा काम समेटेको कार्यपत्र प्रस्तुत गर्नुभएको थियो भने कोषाध्यक्ष इन्द्रकुमार सुनुवारले वार्षिक आय-व्याय प्रस्तुत गर्नुभएको थियो ।
अधिवेशनमा सुनुवार सेवा समाज बेलायतका संस्थापक तथा पूर्वअध्यक्ष विजयकुमार मुखियाले सन् २०१७ सालदेखि २०२२५ सालसम्म संस्थामा कार्यरत सबैलाई धन्यवाद दिनुभयो । त्यसैगरी पूर्वअध्यक्ष जंगबहादुर सुनुवारले कार्यसमितिमा जोसुकै चयन भए पनि संस्थाको विधानलाई आधार मानेर संस्थालाई आगामी दिनहरूमा सकारात्मक तरिकाले अगाडि डोर्याउने छ भन्नेमा आफू ढुक्क भएको बताउनुभयो ।
नयाँ आउने सम्पूर्ण पदाधिकारीहरूलाई कार्यकाल सफलताको लागि अध्यक्ष मनोजकुमार सुनुवारले शुभकामना व्यक्त गर्नुभएको थियो ।
नवनिर्वाचित अध्यक्ष आकाश सुनुवारले आफ्नो समाजको अध्यक्ष बन्नु राष्ट्राध्यक्ष हुनुभन्दा पनि ठूलो मानेको बताउनुभयो । उहाँले भन्नुभयो, ‘टिममा चयन गरिएका समितिका सदस्यहरू केवल सेवक हौँ, जसले तपाईंहरूको हित र भविष्यका लागि काम गर्नुपर्नेछ । मेरो नेतृत्वको यो कार्यकाल तपाईं सबैको एकता र प्रगतिका लागि समर्पित हुनेछ ।’
अधिवेशनमा समाजका सल्लाहकार, बुद्धिजीवी, साहित्यकार, युवा समूह तथा संस्थाका पूर्वपदाधिकारीलगायतको बाक्लो उपस्थिति थियो ।
पर्वत समाज यूकेको च्यारिटी डिनर कार्यक्रम सम्पन्न, झण्डै १४ हजार पाउन्ड संकलन
बेलायतीहरूको प्रेरणादायी यात्रामा आधारित ‘डकुमेन्ट्री फिल्म’ ‘द एभरेस्ट ड्रिम’को ‘प्रिमियर’
उद्यमीबाट सभामुखसम्मको डोलप्रसाद अर्यालको राजनीतिक यात्रा
एनआरएनए यूकेका पूर्वउपाध्यक्ष कँडेल महान्याधिवक्तामा नियुक्त
नेपालको सरकारी कार्यालय र शैक्षिक संस्थामा अबदेखि सातामा दुई दिन बिदा
जितबहादुर सिंजाली मगर साहित्य प्रतिष्ठानद्वारा विभिन्न पुरस्कार घोषणा
थाइल्याण्डमा एसोसिएसन अफ नेपाली ओरिजिनको समिति गठन
लन्डन दूतावासमा २५ अप्रिलमा नेपाली बालबालिकाका लागि ‘वान चाइल्ड, वान प्लान्ट’ कार्यक्रम हुने
राष्ट्रिय आदिवासी जनजाति महिला महासंघको अध्यक्षमा शोभा सुनुवार
संसद्मा रवि लामिछानेको उद्घोष – ‘एकपटकको नेपाली सधैंको नेपाली’को वाचा पूरा गरेरै छाड्छौं