
लन्डन । तमु धीं यूकेको शनिबार २८ डिसेम्बरमा हुने रजत महोत्सव तथा तमु ल्होछार कार्यक्रमका लागि कलाकारहरू राजबहादुर गुरुङ र आश्रम गुरुङ बेलायत आइपुग्नुभएको छ ।
कलाकारहरु राजबहादुर र आश्रम बिहीबार साँझ लन्डनस्थित हिथ्रो विमानस्थल उत्रिनु भएको हो । उहाँहरूलाई स्वागत गर्न तमु धीं यूकेका नवनिर्वाचित अध्यक्ष जुमकाजी गुरुङ, उपाध्यक्ष एवं ल्होछार संयोजक कमल गुरुङ, उपाध्यक्ष परशु गुरुङ र उहाँकी श्रीमती, पूर्वअध्यक्षहरू रामचन्द्र गुरुङ र ज्ञाम गुरुङ, सल्लाहकारहरू दिलराज गुरुङ र कुमार गुरुङ, कार्यसमिति सदस्य भोज गुरुङ र श्रीमती, सचिव विमल गुरुङ, कार्यसमिति सदस्य दीपक गुरुङसहित कलाकारका आफन्त स्वागत गर्न विमानस्थलमा पुग्नुभएको थियो ।
तमु धीं यूकेले २८ डिसेम्बरमा ह्यारो लेजर सेन्टरमा रजत महोत्सव तथा तमु ल्होछार मनाउँदै छ । ल्होछारका लागि गायिका तृष्णा गुरुङ यसअघि नै आइसक्नुभएको छ । यो पटकको ल्होछारका लागि तमु धीं नेपालका अध्यक्ष हुमबहादुर गुरुङ, तमु धीं जापानका उपाध्यक्ष अरमान गुरुङ, लामा गुरु गुप्ती लगायत पनि बेलायत आइसक्नुभएको छ ।
जर्मनीका राष्ट्रपति स्टेनमेयर बेलायत भ्रमणमा
बेलायतमा नेपाली पण्डितलाई बालयौन दुराचारको अभियोगमा २५ वर्ष जेल
अमेरिकी डलरको भाउ हालसम्मकै उच्च बिन्दुमा, युके पाउन्ड कति ?
बेलायतमा ज्यान गुमाएका युविन तामाङको परिवारलाई धरान समाज यूकेद्वारा ६ लाख २७ हजारभन्दा बढी सहयोग
इन्डोनेशियामा बाढी र पहिरोबाट मृत्यु हुने सङ्ख्या ५०२ पुग्यो, ५०८ जना अझै बेपत्ता
हङकङमा विशाल आवासीय कम्प्लेक्समा भीषण आगलागी, ४४ जनाको मृत्यु
सुन तस्करी प्रकरण : पूर्वसभामुख महरा २० लाख धरौटीमा रिहा
आप्रवासनका लागि बेलायत आउने व्यक्तिको सङ्ख्या ६९ प्रतिशतले घट्यो
रोयल बरो अफ ग्रीनविच नेप्लिज सोसाइटीमा संरक्षक र सल्लाहकार मनोनीत
लगातारको भारी वर्षापछि श्रीलङ्कामा भीषण बाढी–पहिरो, ५६ जनाको मृत्यु