
लन्डन । तमु धीं यूकेको शनिबार २८ डिसेम्बरमा हुने रजत महोत्सव तथा तमु ल्होछार कार्यक्रमका लागि कलाकारहरू राजबहादुर गुरुङ र आश्रम गुरुङ बेलायत आइपुग्नुभएको छ ।
कलाकारहरु राजबहादुर र आश्रम बिहीबार साँझ लन्डनस्थित हिथ्रो विमानस्थल उत्रिनु भएको हो । उहाँहरूलाई स्वागत गर्न तमु धीं यूकेका नवनिर्वाचित अध्यक्ष जुमकाजी गुरुङ, उपाध्यक्ष एवं ल्होछार संयोजक कमल गुरुङ, उपाध्यक्ष परशु गुरुङ र उहाँकी श्रीमती, पूर्वअध्यक्षहरू रामचन्द्र गुरुङ र ज्ञाम गुरुङ, सल्लाहकारहरू दिलराज गुरुङ र कुमार गुरुङ, कार्यसमिति सदस्य भोज गुरुङ र श्रीमती, सचिव विमल गुरुङ, कार्यसमिति सदस्य दीपक गुरुङसहित कलाकारका आफन्त स्वागत गर्न विमानस्थलमा पुग्नुभएको थियो ।
तमु धीं यूकेले २८ डिसेम्बरमा ह्यारो लेजर सेन्टरमा रजत महोत्सव तथा तमु ल्होछार मनाउँदै छ । ल्होछारका लागि गायिका तृष्णा गुरुङ यसअघि नै आइसक्नुभएको छ । यो पटकको ल्होछारका लागि तमु धीं नेपालका अध्यक्ष हुमबहादुर गुरुङ, तमु धीं जापानका उपाध्यक्ष अरमान गुरुङ, लामा गुरु गुप्ती लगायत पनि बेलायत आइसक्नुभएको छ ।
बेलायतमा नेपाली विद्यार्थी कौशल ठाकुरको मृत्यु, शव नेपाल पठाउन एनआरएनए यूकेद्वारा सहयोगको आग्रह
राष्ट्रिय स्वतन्त्र पार्टीको सभापतिमा रवि लामिछाने निर्विरोध निर्वाचित
बेलायतका प्रधानमन्त्री स्टार्मरको राजीनामापछि बेलायत–इयू शिखर सम्मेलन स्थगित
आकर्षक सुविधाको मोहमा विदेश पलायन हुँदैछन् नेपाली चिकित्सक
बेलायतका प्रधानमन्त्री स्टार्मरको युक्रेन सहायताको प्रशंसा
पूर्वगोर्खा वृद्ध, वृद्धा नेपालीमाथि बेलायतमा आक्रमण
नेपाल पत्रकार महासंघ यूकेको भर्चुअल बैठक : के के भए निर्णय ?
वेपत्ता नागरिकलाई अविलम्ब सार्वजनिक गर्न सरोकारवालाको जोड
नेपाली वृद्धवृद्धामाथि आक्रमण : दोषीलाई कानुनी दायरामा ल्याउन दूतावासको आग्रह
विश्वकप फुटबल : अर्जेन्टिनाको विजयी सुरुआत, अल्जेरिया पराजित