
काठमाडौँ । नेपालमा पुनः मङ्कीपक्स सङ्क्रमण देखिएको छ । स्वास्थ्य तथा जनसङख्याका प्रवक्ता डा प्रकाश बुढाथोकीका अनुसार तनहुँका ३६ वर्षीय एक पुरुषमा सङ्क्रमण पुष्टि भएको हो ।
“साउदी अरबबाट बिहीबार स्वदेश आएका निजको राष्ट्रिय जनस्वास्थ्य प्रयोगशालामा परीक्षण गरिएको थियो”, उहाँले भन्नुभयो, “अहिले उनको अवस्था सामान्य छ ।” निजको शुक्रराज अस्पतालमा ‘आइसोलेसन’मा राखेर उपचार भइरहेको छ ।
दुई वर्षअगाडि पनि नेपाल आएका एकजना विदेशीमा मङ्कीपक्स सङ्क्रमणको देखिएको थियो । उहाँले मङ्कीपक्स सङ्क्रमण देखिएपछि सीमा नाका र त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा रहेका ‘हेल्थ डेक्स’लाई सतर्कता अपनाउन सरकारले निर्देशन दिएको प्रवक्ता बुढाथोकीले बताउनुभयो ।
राप्रपा र राप्रपा नेपालबीच फेरि एकीकरणको सहमति
नेपाल सरकारले अब दुई कार्यदिनभित्रै राहदानी उपलब्ध गराउने
यात्रुलाई अमर्यादित व्यवहार गर्ने ट्याक्सी र चालकलाई पोखरा अन्तरराष्ट्रिय विमानस्थलमा प्रवेशमा रोक
नेपाली दूतावास लन्डनमा पहिलो पटक ध्यान शिविर आयोजना, करिब ४० जना सहभागी
आइसीसी महिला टी–२० विश्वकप ग्लोबल छनोट:खेल तालिका सार्वजनिक
नेकपा एमालेको अध्यक्षमा ओली र महासचिवमा पोखरेल निर्वाचित
नेकपा एमालेको ११ औं महाधिवेशन : धमाधम मतगणना, कसलाई कति मत ?
दुर्घटनामा मृत्यु भएका युबिन तामाङको बेलायतमै अन्त्येष्टि
सहकारी ठगी मुद्दा : रास्वपा सभापति लामिछानेलाई रिहा गर्न अदालतको आदेश
बेलायतको अल्डरसटमा नेपाली दूतावासको घुम्ती शिविर, राहदानी र कन्सुलर सेवा एकै ठाउँमा