लन्डन । ‘डब्लुएमएसी वेल्स’ खुला प्रतियोगितामा सन्जितकुमार राईले स्वर्णसहित दुई पदक जित्नु भएको छ ।

नोभेम्बर २४ तारिखमा इबीबीडब्लु भेल लिजर सेन्टर, साउथ वेल्समा भएको प्रतियोगितामा सन्जितले दुई स्पर्धामा समान १–१ स्वर्ण र रजत जित्नुभएको हो ।
सन्जितले ‘क्रिएटिभ फम्स’को ‘मिक्स ब्ल्याकवेल्ट सफ्ट स्टायल’मा स्वर्ण जित्नुभयो । उहाँले २६.७ अङ्क जोड्नुभयो ।
‘ट्रेडिसनल फम्स’को मिक्स ब्ल्याकवेल्टमा रजत जित्ने क्रममा सन्जितले २६.४ स्कोर गर्नुभयो ।
प्रतियोगितामा चार सय ५० खेलाडीको सहभागिता रहेको बताइएको छ ।
प्रतियोगिताको क्रममा सन्जितको डब्लुएमएसी वेल्सका अध्यक्ष क्रिस स्पार्क्ससँग पनि भेट भएको थियो ।सन्जितको यो पाचौँ अन्तर्राष्ट्रिय पदक हो ।
यसअघि सन्जितले सन् २०२२ मा स्लोभेनियामा भएको विश्व मार्सल आर्ट्समा एक स्वर्ण र एक कास्य तथा २०२४ मा अमेरिकाको न्युजर्सीमा भएको ‘ब्याटल अफ ड्रागन मार्सल आर्ट्स च्याम्पियनसिप’मा स्वर्ण जित्नुभएको थियो ।
राष्ट्रिय उमा कुङफु प्रतियोगिताको दुई फरक संस्करणमा सन्जितले २ स्वर्ण जित्नुभएको छ ।
सन्जितले भारत, अस्ट्रिया र जर्मनीमा भएको प्रतियोगितामा निर्णायकको भूमिका निर्वाह गर्नुका साथै विभिन्न घरेलु प्रतियोगितामा मुख्य निर्णायका रुपमा पनि काम गर्नुभएको छ ।
सन्जित नेपाल उमा कुङफु सङ्घका नवनिर्वाचित अध्यक्ष हुनुहुन्छ ।
फोटो पत्रकार पूर्णिमा श्रेष्ठ छैटौँ पटक सगरमाथा शिखरमा
बेलायतमा जलवायु सङ्कट गहिरिँदै
सदनमा मन्त्रीहरू नियमित उपस्थित हुन श्रम संस्कृति पार्टीको माग
रुसी तेलसम्बन्धी नयाँ प्रतिबन्ध कार्यान्वयनमा बेलायत सरकारको ढिलाइ
नेपाल मगर संघको १३ औँ राष्ट्रिय महाधिवेशन काठमाडौंमा
‘लाहुरेनी सौन्दर्य’ भित्र के के रैछन् त ? [प्रतिक्रिया]
बेलायतको बदलिँदो राजनीति : जनता किन खोज्दैछन् नयाँ विकल्प ?
ध्यान शिविरहरु संचालन गर्न स्वामी आनन्द अर्हत लन्डनमा
बेलायतमा २४ औं गोर्खा कपमा ५६ टिम भिड्ने, ३ लाख ५० हजार पाउन्डभन्दा बढी खर्च हुने अनुमान
नेपाल सरकारको नीति तथा कार्यक्रमले खोजेको समृद्धि