
लन्डन । अमेरिकाको राष्ट्रपतिमा रिपब्लिकन उम्मेदवार डोनाल्ड ट्रम्प निर्वाचित हुनुभएको छ ।
डेमोक्रेटिककी उम्मेवार कमला ह्यारिसलाई पराजित गर्दै ट्रम्प दोस्रो कार्यकालका लागि राष्ट्रपतिमा मंगलबार निर्वाचित हुनुभएको हो । समाचार एजेन्सी एपीका अनुसार अधिकांश राज्यको मतगणना सकिएको छ । त्यहीकारण रिपब्लिकनका प्रत्यासी ट्रम्पलाई विजेता घोषित गरिएको हो ।
अमेरिकी राष्ट्रपति चुनावमा डोनाल्ड ट्रम्पले बहुमत हासिल गर्ने क्रममा २ सय ७९ इलेक्टोरल कलेज भोट मिलेको छ । ह्यारिसले २ सय १९ मात्रै इलेक्टोरल कलेज भोट लिन सफल हुनुभयो । उहाँ जो बाइडेन नेतृत्वको प्रशासनमा उपराष्ट्रपति हुनुहुन्थ्यो ।
ट्रम्पले अमेरिकाका सातमध्ये चार स्विङ स्टेट्समा जित निकाल्नुभएको छ । यिनमा जर्जिया, नर्थ क्यारोलाइना, भिस्कान्सिन र पेन्सिलभेनिया रहेका छन् ।
अमेरिकामा कूल ५ सय ३८ इलेक्टोरल कलेज भोट छन् । सिनेटमा १०० र हाउस अफ रिप्रिजेन्टेटिभका ४ सय ३८ मध्ये बहुमतका लागि २ सय ७० मत आवश्यक हुन्छ ।
तीन स्विङ स्टेट नेभाडा, मिशिगन र एरिजोनाको मतपरिणाम भने कमला ह्यारिसको पक्षमा गएको छ । ट्रम्पले आगामी २० जनवरी २०२५ देखि पदभार सम्हाल्नुहुनेछ ।
यसैबीच, नेपालका राष्ट्रपति रामचन्द्र पौडेलले अमेरिकाका नवनिर्वाचित राष्ट्रपति डोनाल्ड ट्रम्पलाई बधाई दिनुभएको छ । मंगलबार भएको राष्ट्रपतीय चुनावमा रिपब्लिकन पार्टीका उम्मेदवार ट्रम्प दोस्रो कार्यकालका लागि विजयी हुनुभएलगत्तै सामाजिक सन्जाल एक्समार्फत राष्ट्रपति पौडेलले बधाई तथा शुभकामना दिनुभएको हो ।
राष्ट्रपति पौडेलले ट्रम्पको कार्यकालमा नेपाल-अमेरिका सम्बन्ध थप सुदृढ हुने विश्वाससमेत व्यक्त गर्नुभएको छ । ‘अमेरिकाको राष्ट्रपतिको रूपमा दोस्रो कार्यकालका लागि तपाईंलाई सफलताको शुभकामना । तपाईंको कार्यकालमा नेपाल–अमेरिका सम्बन्ध थप सुदृढ हुनेमा म विश्वस्त छु,’ उहाँले एक्समा लेख्नुभएको छ ।
बेलायती मन्त्री सीमा मल्होत्रा नेपाल भ्रमणमा
१७ औं अभिव्यक्ति शृङ्खलामा बेलायतवासी साहित्यकार चिम्खोले काइँला
चलचित्र पत्रकारिता दिवसः पत्रकारहरू पुरस्कृत, को को ?
भूपू गोर्खाको मुद्दाबारे बेलायत र नेपालबीच ८ जुनमा उच्चस्तरीय वार्ता हुने
फोटो पत्रकार पूर्णिमा श्रेष्ठ छैटौँ पटक सगरमाथा शिखरमा
‘लाहुरेनी सौन्दर्य’ भित्र के के रैछन् त ? [प्रतिक्रिया]
बेलायतको बदलिँदो राजनीति : जनता किन खोज्दैछन् नयाँ विकल्प ?
बेलायतमा २४ औं गोर्खा कपमा ५६ टिम भिड्ने, ३ लाख ५० हजार पाउन्डभन्दा बढी खर्च हुने अनुमान
श्रम संस्कृति समाज बेलायतमा नयाँ कार्यसमिति निर्विरोध चयन, संयोजकमा मनोज पुन
नेपालमा सम्मानजनक बुढ्यौली सुनिश्चित गर्न सहकार्य आवश्यक : एनआरएनए अध्यक्ष डा. शर्मा