
काठमाडौं । निर्वाचन आयोगले गैरआवासीय नेपाली नागरिकता लिएकासँग साविकको नागरिकता त्यागको विवरण माग गरेको छ ।
आयोगको बिहीबार बसेको बैठकबाट गैरआवासीय नेपाली नागरिकता प्राप्त गर्ने व्यक्तिको उक्त नागरिकता प्राप्त गर्नुपूर्वको नेपाली नागरिकता त्याग गरिएको विवरण गृह मन्त्रालयमार्फत माग गर्ने निर्णय गरेको हो । ‘स्थानीय तह उपनिर्वाचन, २०८१ को मतदाता नामावली अद्यावधिक गर्न निर्वाचन आयोगको कात्तिक १ गतेको निर्णयबाट गैरआवासीय नेपाली नागरिकता प्राप्त गर्ने व्यक्तिको उक्त नागरिकता प्राप्त गर्नुपूर्वको साविकको नेपाली नागरिकता त्याग गरिएको विवरण गृह मन्त्रालयमार्फत माग गरिएको छ,’ सहसचिव एवम् प्रवक्ता नारायणप्रसाद सापकोटाद्वारा जारी विज्ञप्तिमा उल्लेख छ ।
मतदाता नामावली अद्यावधिक गर्ने प्रयोजनका लागि मतदाता नामावली ऐन, २०७३ को दफा २५ को खण्ड (ख) बमोजिम नागरिकता त्याग गरेको विवरण जिल्ला प्रशासन कार्यालयले उपलब्ध गराउनुपर्ने व्यवस्था छ । नागरिकता ऐन, २०६३ (संशोधनसहित) को दफा ७ (क) को उपदफा (२) को खण्ड (ख) मा गैरआवासीय नेपाली नागरिकता लिन चाहने व्यक्तिले साविकमा नेपालको नागरिकता लिएको भए उक्त नागरिकता त्याग गरेको प्रमाण पेस गर्नुपर्ने व्यवस्था भएको हुँदा गैरआवासीय नेपाली नागरिकता प्राप्त गर्नु पूर्वको सम्बन्धित व्यक्तिको नेपाली नागरिकता त्यागको विवरण सम्बन्धित जिल्ला प्रशासन कार्यालयहरूले जिल्ला निर्वाचन कार्यालयमा कात्तिक ५ गतेभित्र उपलब्ध गराउन गृह मन्त्रालयलाई निर्देशन आयोगले दिएको छ ।
जिल्ला प्रशासन कार्यालयबाट प्राप्त विवरणका आधारमा मतदाता नामावलीमा रहेको विवरणसँग भिडाई त्यस्तो नागरिकता त्याग गर्ने मतदाताको नाम मतदाता नामावलीबाट हटाइ मतदाता नामावली अद्यावधिक गरिने आयोगले विज्ञप्तिमा उल्लेख गरेको छ ।
राप्रपा र राप्रपा नेपालबीच फेरि एकीकरणको सहमति
नेपाल सरकारले अब दुई कार्यदिनभित्रै राहदानी उपलब्ध गराउने
यात्रुलाई अमर्यादित व्यवहार गर्ने ट्याक्सी र चालकलाई पोखरा अन्तरराष्ट्रिय विमानस्थलमा प्रवेशमा रोक
नेपाली दूतावास लन्डनमा पहिलो पटक ध्यान शिविर आयोजना, करिब ४० जना सहभागी
आइसीसी महिला टी–२० विश्वकप ग्लोबल छनोट:खेल तालिका सार्वजनिक
दुर्घटनामा मृत्यु भएका युबिन तामाङको बेलायतमै अन्त्येष्टि
सहकारी ठगी मुद्दा : रास्वपा सभापति लामिछानेलाई रिहा गर्न अदालतको आदेश
बेलायतको अल्डरसटमा नेपाली दूतावासको घुम्ती शिविर, राहदानी र कन्सुलर सेवा एकै ठाउँमा
बेलायतको प्लमस्टिडमा मोहन गुरुङको टिमद्वारा ‘एसियन ओरिएन्टल सुपरमार्ट’ सञ्चालन
रास्वपा सभापति रवि लामिछाने धरौटीमा रिहा